बौद्धिक विकासको यन्त्र मास्टर किंग प्रतियोगिता हुने

Posted on
  • Feb 2, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २० माघ/ यही माघ २५ गते वीरगंजको नगरसभा गृहमा हुन गइरहेको मास्टर किंग प्रतियोगिताको सम्पर्ूण्ा तयारी पूरा भएको छ ।
    आज रिपोर्टस क्लब नेपाल पर्साको संयोजकत्वमा होटल कुमु प्यालेसमा नटराज डान्स स्कूलले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संचालिका एवं आयोजक चांदनी भट्टराइले प्रतियोगितालाई सुन्दरतामुखी नबनाई बौद्धिक विकासको यन्त्रको रुपमा प्रयोग गरेको बताएकी छन्।
    उनले यस प्रतियोगितालाई सामुदायिक नृत्य, रेम्प एवं परिचय, टेलेन्ट राउन्ड, प्रश्नोत्तर राउन्ड गरी चार भागमा विभाजित गरी सोही अनुसार अंकभार दिइएको जानकारीसमेत गराएकी थिइन् ।
    पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा प्रतियोगितामा नृत्यतर्फसंतोष परियार, कविता पुडासैनी, ऐश्वर्या वर्ण्र्ााल, सूरज परियार, रेम्प एटिकेट तथा मैनरतर्फइशा खड्गी व्यक्तित्व विकासको लागि ओमप्रकाश श्रेष्ठ, राकेश मिश्रा, प्रशान्तकुमार, अनिश महतो तथा पल्लवी हरलालकाले प्रशिक्षण दिइरहेका छन् ।
    प्रतियोगितामा विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग पुर्‍याएकोमा धन्यवाद प्रकट गरेकी थिइन् ।
    होटल कुमु प्यालेसमा इटिक्यूवेट र टेबल म्यानरको दोश्रँे चरणको तालिम दिइरहेको जानकारी गराउदै प्रतियोगीहरुको क्रियाकलापको मूल्याकंन गर्न दर्ुइ तहको निर्ण्ाायकहरु, विशेष निर्ण्ाायक २, दोश्रोतहमा जुरी, अंक बराबर हुन गएमामा अथवा कुनै विवाद उत्पन्न भएमा जुरीकोनिर्ण्र्ाामान्य हुनेछ । प्रतियोगीहरुले पाउने १०० अंक भारमा ४० अंक भार दर्शकहरुकोलागि छुट्याइएको र भोटिङ पैडकोमद्दतबाट गरिने जनाएको छ ।
    संचालिका भट्टराइले वीरगंजमा हुन गइरहेको बालकहरुको व्यक्तित्व विकासको यस कार्यक्रमलाई सफल बनाउन संचारकर्मीलाई आग्रह गरेकी थिइन् भने कार्यक्रम संचालन रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताले गरेका थिए ।

    0 comments: