दलितलाई मधेशी नभन

Posted on
  • Feb 27, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १६ फागुन/ दलित जनजाति पार्टर्ीी केन्द्रीय अध्यक्ष विश्वेन्द्र पासवानले दलित तर्राईको मूलबासी भए पनि मधेशी भनि सम्बोधन नगर्न आग्रह गरेका छन्।
    आज रिपोर्टस क्लब नेपाल पर्साले वीरगंजको वृन्दावन बेकरीमा आयोजना गरेको साक्ष्ँँत्कार कार्यक्रममा
    बोल्दै दलितलाई मधेशी भनेर सूचिकृत गरेकोमा विरोध जनाएका छन्।
    राज्यले तर्राईका दलित, जनजाति, मुस्लिमलाई मधेशी समुदायमा वर्गीकरण गरेकोमा आपत्ति जनाउंदै पासवानले वर्गीकरण संशोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।
    दलित, जनजाति पार्टर्ीीे तर्फाट सभासदसमेत रहनुभएका पासवानले नेपालभित्र २ प्रान्तिय राज्य स्थापना गर्नुपर्ने सुझाव दिंदै उनले मधेशवादी दलले उठाएको मधेश एक प्रदेशको अवधारणा अवैज्ञानिक रहेको आरोप लगाए।
    ँअब बन्ने संविधानलाई समावेशी बनाउनर्ुपर्छ’ पासवानले भने- संविधान निर्माणका लागि सुझाव संकलन गर्न जनमत टोलीको प्रश्नावली स्पष्ट छैन।
    सरकारले भूमिगत संगठनसंग वातर्ँका लागि उचित व्यवहार र वातावरण नबनाएकोमा असन्तुष्टि प्रकट गरेका थिए।
    दलित जनजाति पार्टर्ीी भातृ संठगनहरुको फागुन २१ गते वीरगंजमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको जानकारी दिदै महाधिवेशनमा ५८ जिल्लाबाट ७ सय प्रतिनिधिहरु सहभागी हुने पासवानले बताएका छन्।
    रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो।

    गांजा, अफिम फडानी गर्न गएको सुरक्ष्ँाकर्मी र स्थानीयबासीबीच झडप, तीन गम्भीर घाइते

    वीरगंज १६ फागुन/ गांजा, अफिम फडानी गर्न गएको सुरक्ष्ँाकर्मीको टोली र स्थानीयबासीबीच झडप हुंदा तीनजना गम्भीर घाइते हुनुको साथै प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ।
    आज दिउंसो बाराको वडा नं. ८ पटर्ेवा गाविसमा गांजा तथा अफिम खेती फंडानी गर्न गएको शसस्त्र, जनपद प्रहरीको टोली र स्थानीयवासिन्दावीच भनाभन भएपछि
    प्रहरीले लाठीचार्ज गर्दा हरिन्द्र कुशवाहा , हरिचन कुश्वाहा र सुरेन्द्र साह र्घाईते भएका हुन्।
    घाइते तीनैजनाको अवस्था गम्भीर रहेको छ भने झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पांच राउण्ड हवाई फायर समेत गरेको थियो। अहिले पनि सो क्षेत्र तनावग्रस्त छ।
    यसैवीच रौतहटको सरभुजौवा गा.बि.स. ५,६ र ७ मा लगाइएको करिब ५ बिघा अबैध लागूऔषध अफिम खेती प्रहरी टोलीले बिहीवार नष्ट गरेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय,मकवानपुरले जनाएको छ।

    झुन्डिएर आत्महत्या

    रौतहट, १६ फागुन/ झुन्डिएर एक वृद्धले आत्महत्या गरेका छन्। आज रौतहटको पौराही १ बस्ने बर्ष६५ को कृष्ण ब. स्याङतान घर भित्र झुण्डिएर आत्महत्या गरेका हुन्।
    आत्महत्याको कारण हाल सम्म पनि नखुलेको र घटनास्थलमा मृतक र मृतकको श्रीमती बाहेक अन्य कोही पनि नरहेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय,मकवानपुरले जनाएको छ। घटना स्थलमा प्रहरी टोली खटर्ीगई आबस्यक अनुसन्धान भईरहेको प्राप्त समाचारमा उल्लेख छ।
    यसैवीच मानसिक सन्तुलन ठिक नभएको एक वृद्धले झुन्डिएर आत्महत्या गरेका छन्।
    आज बिहान १० बजे ठोकर्पा ९ बस्ने बर्ष६१ को थर्कप्रसाद न्यौपानेले घरदेखि करिब २०० मिटर तल निवुवाको रुखमा डोरीको पासो लगाई झुण्डी आत्म हत्या गरेका हुन्। घटना स्थलमा प्रहरी टोली गई आबस्यक अनुसन्धान भइरहेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

    नक्कली नोटसहित तीनजना पक्राउ

    धनुषा, १६ फागुन/ नक्कली नोट १२ हजार ५ सयसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
    आज बिहान ९ बजे धनुषाको वफइ गा.बि.स.-७ स्थित राम दुलार मण्डलको घरमा डेरा लिई बसेका जगदिश्वर मण्डलको कोठामा खानतलासी गर्दा रु.१२५०० को नेपाली जाली नोट सहित मनोज कुमार दास, बिल्टु दास र निजको श्रीमती रामकासी देवी दासलाई प्रहरीले पक्राउ गरेको छ।
    विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

    बालिकालाई बलात्कार गर्ने पक्राउ

    सिन्धुली, १६ फागुन/ क.न.पा.-११ बस्ने बर्ष२१ को गंगा ब.कार्कीले सोही ठाउं बस्ने अन्दाजी ११/१२ वर्षी रुपा बुढाथोकीलाई बा.१९प. १०६८ नं.को मोटरसाइकलमा लगेर हर्दियास्थित जंगलमा लगि बलात्कार गर्ने प्रयास गरेका छन्।
    बालिकाले रोइकराएपछि क.न.पा. ११ भिमान बस्ने रमेश कार्की र बिनिता रत्नले थाहा पाएर निज बालिकाको उद्धार गरी गंगाबहादुर कार्कीलाई प्रहरी समक्ष बुझाएको छ।

    ढुंगाले थिचिएर एकजनाको मृत्यु

    दोलखा, १६ फागुन/ बाटो खनिरहेको अवस्थामा भिरबाट ढुंगा खसेर लागेपछि एकजनाको मृत्यु भएको छ।
    आज बिहान ८ बजे लामाबगर-४ स्थित ठोङ-ठीङ भन्ने स्थानबाट ढुंगा खसेर सुरी-९ घर भई बाटो खन्ने काम गर्दै आइरहेको वर्ष७० को पदम ब. पाण्डेको थिचिएर मृत्यु भएको हो।
    घटनाको अनुसन्धान भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय,मकवानपुरले जनाएको छ।

    जिल्ला शिक्ष्ँा कार्यालय बारामा तालाबन्दी

    कलैया, १६ फागुन/ शिक्ष्ँकहरुको दरबन्दी सही तरिकाले वितरण नगरेको आरोप लगाउदै तर्राई मधेस बिधार्थी प|mन्टले जिल्ला शिक्ष्ँा कार्यालय, बारामा तालाबन्दी गरेका छन्।
    बिहीवार प|mन्टका जि.अध्यक्ष बृजकिशोर गिरीको नेतृत्वमा रहेको एक टोलीले जिल्ला शिक्षा कार्यालय, बारामा तालाबन्दी गरेको हो। सो स्थानमा प्रहरी टोली खटी गई ताला खुलाउने प्रयास भईरहेको मध्य क्षेत्र प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।
    शिक्ष्ँामा राजनीति गर्न पाइदैन

    चितवन, १५ फागुन/ प्राज्ञीक बिद्यार्थी परिषदले जिल्ला प्रशासन कार्यालय भरतपुरमा ज्ञापन पत्र बुझाएको छ।
    बिहीवार रमेश कंडेलको नेतृत्वमा रहेको एक टोलीले स्वदेशी शिक्षा लागू गर, शिक्षामा राजनैनीतिकरण गर्न पाईदैन लगायतको नारा लगाउंदै ज्ञापन पत्र बुझाएर कोणसभामा परिणत भएको थियो।

    छुट्टाछुट्टै दर्ुघटनामा ६ जनाको मृत्यु, १२ घाइते

    धनुषा, १६ फागुन/ बसको छतबाट खसेर पांचजनाको मृत्यु हुनुको साथै १० जना घाइते भएका छन्।
    बिहीवार सांझ ५ः३० बजे ना.१ ख.९८०८ नं.को बिवाहको गाडी वेङगाडावर स्थित लालगढ भन्ने ठाउंमा सडकमा हिंडिरहेको एक पागल ब्यक्तिलाई बचाउन एक्कासी ब्रेक लगाउंदा पागलसहित छतमा यात्रारत ३ जना यात्रीको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य दर्ुइ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।
    घाइतेहरुको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ भने गाडी प्रहरीको नियन्त्रणमा भए पनि चालक भने फरार भएको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।
    यसैवीच बिहीवार ज.२ प. ८५८० नं.को मोटरसाइकलले निबुवाटार-८ बस्ने सुकराम गुम्बाको छोरा बर्ष८ को सुरज गुम्बालाई ठक्कर दिंदा उनी र्घाईते भएका छन्। घाइतेको भैसे उपस्वास्थ्य चौकीमा उपचार नभएपछि उनलाई भरतपुर रिफर गरिएको छ।
    मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
    बिहीवार ज.न.पा -१ रेलवे स्टेशन नजिक ना.२ख.३४७५ नं.को टयांकरले ललिया-७ बस्ने बर्ष५५ को रामनारायण साह तेलीलाई ठक्कर दिदा निजको घटना स्थलमा नै मृत्यु भएको हो।
    ठक्कर दिने टयांकर र चालक प्रहरीको नियन्त्रणमा छ भने घटनाबारे अनुसन्धान भइरहेको प्राप्त समाचारमा उल्लेख छ।
    यसैवीच बिहीवार ज.न.पा.-४ स्थित ज.१प.२८७५ नं.को मोटरसाइकलले बिश्वकर्मा चोकमा बस्ने बर्ष४५ की किश्वरी सुवेदीलाई ठक्कर दिई र्घाईते बनाएकोे छ।
    उनको उपचार स्थानीय मेडिकलमा भइरहेको छ भने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको मध्य क्षेत्र प्रहरी कार्यालय,मकवानपुरले जनाएको छ।

    0 comments: