तीन लाख बराबरको लत्ताकपडा पक्राउ

Posted on
  • Feb 27, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १६ फागुन/ तीन लाख मूल्य बराबरको अबैध लत्ताकपडा राजस्व गस्ती टोलीले पक्राउ गरेको छ ।
    आज बिहान घण्टाघरमा पोका बनाई टांगामा लुकाई राखेको अवस्थामा भन्सार राजस्व गस्ती टोलीले पक्राउ गरी वीरगंज भंसार बुझाएको प्रहरी नायब निरीक्षक सितासरण्ँ कण्ठले बताउनुभयो ।

    प्रहरीले दमन गरेको आरोप

    वीरगंज, १६ फागुन/ प्रहरीले विद्यार्थीमाथि अनावश्यक बल प्रयोग गरी लाठी प्रहार गरेको आरोप नेपाल मानवअधिकार संगठन पर्सर्ाा लगाएको छ ।
    बिहीवार संगठनका अध्यक्ष विजयकुमार उपाध्यायले एक प्रेस विज्ञप्ति जारी गरी फागुन १५ गते भ्यान चालक र विद्यार्थीबीच भएको झडपमा प्रहरीले अनावश्यक दमन गरेको आरोप लगाउदै गम्भीर ध्यानाकर्षा भएको बताएका छन् ।
    विज्ञप्तिमा सो घटनामा करिब एक दर्जन घाइते हुन पुगेको र प्रहरीलाई पुनः त्यस्ता मानवअधिकार विरोधी घटना नदोहोर्‍याउन र सचेतसमेत गराएको उल्लेख छ ।

    महिला बेचेको आरोपमा महिला पक्राउ


    बारा,१६ फागुन / जागिर लगाई दिने भन्दै भारतमा महिला बेचेकोआरोपमा एक महिला पक्राउ परेकी छन् ।
    बेचिएकी एक महिलाले प्रहरीमा दिएको उजुरीका आधारमा बारा, डुमरवाना- ७ की ३० वर्षर्ीी सीता भनिने सरिता तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
    पक्राउ गरिएकी सरितालाई गत २०६२ सालमा चितवन पिप्लेकी एक महिलालाई भारतमा बेचेको आरोप लगाइएको इलाका प्रहरी कार्यालय सिमरामा राखिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले बताए ।

    0 comments: