ग्राहकहरूलाई भ्रममा पारी खाता खोल्न लगाएको गुनासो उठेको छ।
गत आश्विन महिनामा सामान्य आय भएका व्यक्तिहरूको सुविधालाई ध्यानमा राखी
सो बैंकले विशेष वचत योजना अर्न्तर्गत एक सय रूपियांमा खाता खोल्न सकिने
र रकम झिक्नु पर्दा रू १ सय नै खातामा रहनुपर्ने बताइए तापनि हाल सो
बैंकले बिना सूचना आन्तरिक पोलिसी परिवर्तन भएको भन्दै विशेष वचत
अर्न्तर्गतको सो खातावाल ग्राहकहरूले जम्मा गरेको रकमबाट रू १ हजार खाता
व्यालेन्स रहनुपर्ने भनि रकम रोक्का गरिरहेको गुनासो गरेका छन् ।
विशेष योजनाको नाममा प्रलोभन देखाइ सो बैंकमा खाता खोल्न लगाउंदा रू १
सयमा खाता खोली रकम जम्मा गर्ने ग्राहकलाई एक हजार रकमको भार मात्र
नथोपरी खाता बन्द गर्न चाहने ग्राहकहरूलाई पांच सय रकम थप शुल्क लाग्ने
भनि कटौति गरिरहेको बताइंदैछ।
सोही बैंकका एक ग्राहक स्रोतका अनुसार भ्रमको सिर्जना गरी बैंक चलाउने
योजना बनाएको ग्लोबल बैंक वीरगंजले अख्तियार गरेको नीतिबाट आश्विनमा खाता
संचालन गर्ने सामान्य आय भएका ग्राहकहरू मर्कामा परेको बताइंदैछ।
यसरी भ्रमको खेती गरी ग्राहक बढाउने योजनामा लागेको सो बैंकले
र्सार्वजनिक सूचना बिना अख्तियार गरेको कदमले आज ग्राहकलाई मर्का परे पनि
भोलिका दिनमा सो बैंकलाई नै असर पर्ने कुरामा दुइमत रहदैन। सो घटनाका
सम्बन्धमा अर्का एक खातावाल ग्राहक भन्छन्- खाता खोलेपछि तत्काल एटिएम
कार्ड वितरण गर्ने प्रलोभन देखाई ६ महिना वितिसक्दा पनि एटिएम कार्डसमेत
वितरण नगरी सो बैंकले आजभोलि भन्ने गरेको छ। यसरी भ्रम बांडेर
बैंकहरूको प्रतिस्पर्धात्मक बजारबीच स्थापित हुन खोज्ने ग्लोबल बैंकले
भोलिका दिनमा ग्रँहकको बचत रकम समेत असुरक्ष्ँित पार्न बेर नलाग्ने
ग्राहकहरूको भनाइ छ ।-साभार राष्ट्रिय दैनिक
योग शिविर हुने
वीरगंज, १७ फागुन/ लायन्स क्लब अफ वीरगंजले यही फागुन १९ गतेदेखि २५
गतेसम्म एक हप्ते योग शिविर संचालन गर्ने भएको छ।
पतञ्जलि योगपीठ हरिद्वारको निर्देशनमा उक्त योग शिविरको आयोजना हुने
जानकारी लायन्स क्लब अफ वीरगंजका अध्यक्ष मनोहर टिवडेवालले दिनुभएको छ।
प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म पहिलो शिविर, ७ बजेदेखि ९
बजेसम्म दोश्रो शिविर र ४ः३० बजेदेखि ६ः३० बजेसम्म तेश्रो शिविर संचालन
हुने भएको छ।
योग गुरू रामदेवजी महाराजद्वारा प्रशिक्ष्ँित योग गुरू र उनका चारजना
शिष्यहरूद्वारा शिविरमा प्रशिक्ष्ँण दिने कार्यक्रम रहेको छ भने हप्ताको
दर्ुइ दिन योग गुरू रामदेवजी महाराजका प्रमुख शिष्य बिहार इन्चार्ज योग
गुरू अजितजी महाराजद्वारा योग प्रशिक्षण दिइने भएको छ। आफूहरूले गरेको
योगा सही ढंगले भए न नभएको मार्ग नदर्शन गराउनलाई शिविरमा सहभागिता
भएकाहरूकोलाई योग गुरूहरूद्वाराप्रत्येक दिन दिउंसो दर्ुइ बजेदेखि ४
बजेसम्म समय दिनेभएको छ।
0 comments:
Post a Comment