हरि शर्मा
नवलपरासी, १७ फाल्गुन । अखिल तर्राई मुक्ति मोर्चाका क्षेत्रीय व्युरो
सदस्य सहामुद्दिन मियांलाई आज नवलपरासीवाट प्रहरीले पक्राउ गरेको छ ।
मोर्चाका नवलपरासी अध्यक्षसमेत रहेको धिरु उपनामका सहामुद्दिन मियांलाई
प्रंहरीले रामपुर खडौनाको पुसौलीबाट पक्राउ गरेको हो ।
सोही ठाउं घर भएका मियांलाई प्रहरीले घेरा हाली पक्राउ गरेको
नवलपरासीबाट प्रहरी उपरीक्षक श्यामवहादुर खत्रिले बताउनु भएको छ । पक्राउ
परेका मियांसंग एक थान पेस्तोल र सोमा प्रयोग हुने गोली समेत प्रहरीले
बरामद गरेको छ ।
विगत एक महिना पहिले सोहि समूहका नवलपरासी इन्चार्ज हरि ओम शर्मा
प्रशान्तलाई प्रहरीले पक्राउ गरेको थियो ।
विगत केहि महिनादेखि नवलपरासी प्रहरीले विभिन्न भूमिगत समूहका जिल्ला
स्तरका नेता र कार्यकर्तालाई पक्राउ गर्न सफल हंुदै आएको प्राप्त
जानकारीमा उल्लेख छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment