भंसार कर्मचारीद्वारा सशस्त्र प्रहरीको रणनीति असफल पार्ने प्रयास

Posted on
  • Feb 11, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २९ माघ/ वीरगंज भंसारमा रहेका केही भ्रष्ट कर्मचारीहरुको मिलोमतोमा नक्कली प्रज्ञापन पत्रमार्फ खुलेआम तस्करी भइरहेको छ भने सशस्त्र प्रहरीले तस्करी नियन्त्रण गर्न तयार पारेको रणनीतिहरु असफल पार्ने प्रयाससमेत गरिरहेको समाचार स्रोतको दाबी छ ।
    पहिलेझैं नेपाली सेनाले भंसार राजस्व गस्तीको जिम्मा लिंदा प्रज्ञापन पत्र, गेटपास र मालवाहक सवारीसाधनको मालसामानको एक-अर्को प्रमाण भिडाइ गेटमा चेकजांच गरी छाड्ने प्रथाबाट अहिले सशस्त्र प्रहरीलाई वञ्चित गराएको हुनाले अहिले भंसार कर्मचारीले मात्र चेकजांच गरी पठाउने गरेका छन्।
    उक्त कर्मचारीहरुको मिलोमतोमा नक्कली प्रज्ञापन पत्र बनाइ तस्करहरुलाइ सहयोग गरिरहेको समाचार स्रँेतको दाबी छ । तस्करीका सामान ओसारपसारमा सशस्त्र प्रहरीले नियन्त्रण गर्छ तब भंसार कर्मचारीहरुको मिलोमतोमा भंसार भित्रैबाट पास गर्ने गरेकाले नै आजभोलि नेपालभित्र नै नक्कली प्रज्ञापनपत्रसहित लाखौं लाखको तस्करीको सामानहरु पक्राउ परिरहेको र्सवविद्धितै छ।
    यसैगरी गत माघ १५ गते भंसार नतिरी नक्कली प्रज्ञापन पत्रबाट पास भएको ना ३ ख ८१०६ नं.को मालवाहक एक ट्रकलाइ पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएकोमा तस्करहरुको डर, धाक, धम्कीको कारण राजस्व अनुसन्धान पथलैयाले चेकजांच नगरी राजस्व विभाग पठाएकोमा आजसम्म उक्त ट्रक चेकजांच नगरी राखिएकोले तस्करहरुलाई प्रमाण जुटाउन मौका दिइएको कुरा वीरगंजका एक स्थानीय व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा भन्छन्- ँयस घटनाले तस्कर र वीरगंज भंसारको कर्मचारीबीच खैलाबैला मच्चिएको छ।’
    यसैवीच नेपाल सरकारको सुरक्ष्ँा सुदृढ र तस्करी नियन्त्रण गर्ने नीति अनुसार पर्सा जिल्लामा ७ वटा सुरक्ष्ँा वेश क्याम्प र ७ वटा बोर्डर पोष्टहरु स्थापना भएको छ ।
    पर्सा निर्वाचन क्षेत्र नं. १ वीरगंज उपमहानगरपालिकाको घण्टाघर नजिक जिल्ला प्रशासन कार्यालयको हाताभित्र, क्षेत्र नं. २ बेलवा, क्षेत्र नं. ३ बहुअर्वाभाठा, क्षेत्र नं. ४ पोखरिया, क्षेत्र नं. ५ को भिखमपुर र हाइवे र औद्योगिक क्षेत्रको लागि परवानीपुर र बागेश्वरी त्रितौनामा सुरक्ष्ँा वेश क्याम्प राखिएको सीमा सुरक्षा सशस्त्र प्रहरीका प्रमुख स.प्र.उ.प्रहलाद केसीले जानकारी दिएका छन् ।
    सीमा सुरक्ष्ँा, तस्करी नियन्त्रण र वर्डप\mलु रोकथामको लागि ७ वटा बोर्डर पोष्टहरु छपकैया, अलौं, अमरपट्ट,ि पकाहा मैनपुर, सबैठवा, भिस्वा, सुवर्ण्र्ाारमा राखिएको छ।
    सुरक्षा वेश क्याम्प स्थापना भएको एक महिनाको अवधि भित्र सशस्त्र प्रहरीले अपराध नियन्त्रण, भंसार चोरी पैठारी, काठ तस्करी, सीमा सुरक्षा आदि सक्रियरुपमा गर्न थालेको केसीले दाबी गरेका छन्।
    विगत एक महिनामा लक्ष्य अनुसार राजस्व उठेको र यस महिनाको २७ गते नै लक्ष्यभन्दा आम्दानी २५ करोड भन्दा बढी रकम संकलन भएको भंसार सूत्रबाट जानकारी आएको छ।
    यसैगरी सशस्त्र प्रहरीले वीरगंज उपमहानगरपालिकाभरि पेट्रोलियम, मोबाइल, चेकिङ गस्ती गरेपछि सुरक्षा स्थितिमा सुधार भएको केसीले बताए ।
    केसीका अनुसार सुरक्षा सुदृढ गर्ने नीति अनुसार सशस्त्र प्रहरी परिचालनमा मुख्यतया जघन्य अपराध, भंसार, चोरी पैठारीलाई दृष्टिगत गरी सादा पोशाकमासमेत सूचना संकलन तथा अपराधीको पहिचानको लागि परिचालन, कार्यालय तथा कर्मचारीको सुरक्षा, काठ तस्करी र बर्डफलु नियन्त्रण गर्नको लागि चराचुरु·ी, पशुपंक्षीहरु भारतबाट नेपाल प्रवेश नहोस् भनी कडा निगरानी गरिएको छ । यी सम्पर्ूण्ा कार्यहरु प्रमुख जिल्ला अधिकारीको नीति निर्देशन र सम्बन्धित पक्षसंग सहकार्यमा गर्दै आएको केसीले बताए ।

    0 comments: