असहाय, वृद्ध, विधवा भत्ताको दुरूपयोग

Posted on
  • Feb 23, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १२ फागुन/ वीरगंज उपमहानगरपालिका वडा नं. १९ नगवाका पर्ूववडा सचिव मदन कर्ुर्मीले सो वडामा बस्ने असहाय, विधवा, अपा· एवं वृद्धहरूको भत्ता सुविधा कार्ड बनाउंदा नजराना असूल गरी कम उमेरकाहरूलाई उमेर पुगेको सिफारिस गरी वीउमनपाका अधिकृत सुमन श्रेष्ठमार्फ स्वीकृत गराएको पोल आज खुलेको छ ।
    सो भत्ताका लागि नयां कार्ड बनाउने प्रक्रिया थालनी गर्दा पहिले भत्ता पाइसकेकाहरूको उमेर नपुगेको भनि विवाद उत्पन्नभए पश्चात सो सम्बन्धमा नगवा-१९ का वाइसिडिएलले जांचबुझ गर्दा पर्ूवसचिव कर्ुर्मी वीउमनपाका अधिकृत श्रेष्ठको किर्ते पोल खुलेको थियो ।
    अधिकृत श्रेष्ठले प्रमाणित गरेको ४८ वटा कार्डहरूमध्ये २९ वटालाई वर्तमान वडा सचिव भिखारी रायले उमेर पुगेको लिस्टमा राखी अन्य १९ वटाको उमेर नपुगेको जनाए पश्चात् सो विवादले उग्ररूप लिएको थियो ।
    सो घटनाबारेमा नेकपा माओवादी क्षेत्रीय सदस्य तथा वाइसिडिएलका जिल्ला सदस्य संजय पटेल, रामनारायण साह, रमेशप्रसाद चौरसिया, संजय साह, श्यामशंकर चौरसियाले छानबिन गर्दा उल्लेखित असहायक, विधवा र वृद्धहरूको कार्ड बनाउन रकमको खेल भएको तथ्य उजागर भएपछि निजहरूले एक विज्ञप्ति प्रकाशित गरी सो बारेमा जानकारी गराएका छन् ।

    0 comments: