सैन्यभर्तीमा विवाद नगर-मार्टिन

Posted on
  • Feb 2, 2009
  • by
  • mukesh
  • in
  • काठमाडौं, २० माघ । संयुक्तराष्ट्रसका महासचिव वाङ कि मुनका विशेष प्रतिनिधि इयान मार्टिनले नेपाली सेनाको भर्तीमा विवाद नगर्न आग्रह गरेका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै भर्ती रोक्ने नरोक्नेबारे दलहरुले सहमतिबाट निर्ण्र्ााा पुग्नुपर्नेमा जोड दिए ।
    'नेपाली सेनाको भर्तीमा उत्पन्न विवाद अन्त्यको टुंगो नेपालका दलहरुले लगाउने हो,' मार्टिनले भने,'शान्ति सम्झौताको पालनालाई कमजोर नबनाई अगाडि बढाउनु सबैभन्दा उत्तम हुन्छ ।' भर्तीका विषयमा शान्ति सम्झौतामा उल्लेख भएअनुरुप कार्य गर्न उनको आग्रह थियो ।
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मार्टिनले सेना समायोजनका लागि दलहरुले मापदण्ड र प्रक्रिया जतिसक्दो छिटो बनाउनुपर्ने बताए । समायोजनलाई छिटो सम्पन्न गराउन त्यसबारे आवश्यक बहसको आवश्यकतामा जोड दिए । सेना समायोजन शान्ति प्रक्रियाको महत्वपर्ूण्ा अंग भएको उल्लेख गर्दै भने,'सेना समायोजनको विशेष समिति बनिसकेकाले छिटोभन्दा छिटो मापदण्ड बनाएर समायोजन सम्पन्न हुनेमा म आशावादी छु ।' सेना समायोजन लम्याउदा शान्ति प्रक्रिया पनि अप्ठ्यारोमा पर्नेतर्फसचेत गराए । समायोजन गर्दा अन्तराष्ट्रिय अनुभव र नेपालको अवस्थालाई समेत अध्ययन गरेर गर्नुपर्ने सुझाव दिए । नेपाली सेनामा माओवादी छापामारलाई समायोजन गरिए तर्राईका सशस्त्र समूहले पनि सेनामा समायोजनको विषय उठाउनसक्ने अवस्था रहदैन भन्ने प्रश्नमा उनले भने,'मापदण्ड दलहरुले सहमति बनाउने विषय हो ।'
    अनमिनले सेनाको रेखदेख र हतियार व्यवस्थापनको मात्र जिम्मेवारी पाएको भन्दै सोहीअनुरुपको काम सफलतापर्ूवक गर्दैआएको बताए । नेपाली सेनासंग अनमिनको सम्बन्ध चिसिएको बारे सोधिएको प्रश्नमा उनले संयुक्त सुपरीवेक्षण कमिटिमा मिलेर काम गर्दै आएको उदाहरण दिदै भने,'जेएमसीसीमा हामी मिलेर काम गरिरहेका छौं, यो नै हामीबीच सम्बन्ध चीसो छैन भन्ने उदाहरण हो ।' सेना समायोजनका विषयमा उठेका बहसलाई स्वाभाविक र आवश्यक मान्नुपर्ने बताए ।
    मार्टिनले नेपालको शान्ति प्रक्रियामा कठिन चुनौतीहरु बांकी रहेपनि छिटोभन्दा छिटो तार्किक निष्कर्षा पुग्नेमा ढुक्क भएको बताए । दलहरुले शान्ति सम्झौताको महत्वपर्ूण्ा बुंदाहरुको पालना नगर्दा चुनौतीहरु तर्ेर्सिएको बताए। 'दलहरुले शान्ति सम्झौताको पालनामा गम्भीरता नदेखाउदा चुनौतीहरु बढ्दै गएको छ,' अनमिनका पर्ूव प्रमुख समेत रहेको मार्टिनले अगाडि भने,'दलहरु शान्ति सम्झौता पालनामा गम्भीर भई शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउन सक्षम हुनेमा म विश्वस्त छु ।' नेपालको शान्ति प्रक्रियालाई विश्वमै पृथक भन्दै अनेकन चुनौतीहरु पार गरेर अहिलेको अवस्थासम्म आइपुगेको स्मरण गराए ।
    शान्ति प्रक्रिया अगाडि बढिरहदा अनमिनको हेलिकोप्टर दर्ुघटनामा पर्दा आफूले सबैभन्दा अप्ठ्यारो महशुश गरेको बताए । संविधानसभा निर्वाचनका समयमा तर्राईका जिल्लाहरुमा पनि चुनौतीहरु भोगेको स्मरण सुनाए । उनले भने,'समग्रमा मैंले नेपालको शान्ति प्रक्रियालाई अत्यन्त उपलब्धिमूलक र सफलताको बाटोमा गति पाएको ठानेको छु ।'
    नेपालको शान्ति प्रक्रियामा अन्तराष्ट्रिय जगतबाट महत्वपर्ूण्ा सहयोग प्राप्त भएको बताए । अन्तराष्ट्रिय समुदायबाट नेपालको शान्ति प्रक्रियामा एउटै धारणा आउनुलाई सकारात्मक भने । सुरक्षा परिषदमा पनि अन्तराष्ट्रिय समुदायबाट नेपालबारे सकारात्मक सहयोग प्राप्त भएको उनको भनाई थियो ।
    १० वर्षो सशस्त्र गतिविधिबाट माओवादी शान्ति प्रक्रियामार्फ् लोकतान्त्रिक रुपान्तरण हुनुलाई शान्ति प्रक्रियाको महत्वपर्ूण्ा उपलब्धि भने । शान्ति प्रक्रिया अगाडि बढेपनि नेपालमा पर्ूण्ा सुरक्षा र मानवअधिकारको सुनिश्चितताको चुनौती कायमै रहेको उल्लेख गरे । दण्डहीनताको अन्त्य गरी मानवअधिकारको सुनिश्चिततामा दलहरुलाई जिम्मेवार रुपमा प्रस्तुत हुन आग्रह गरे । वेपत्ताको खोजी, सत्यनिरुपण, द्वन्द्वबाट विस्थापितको पर्ुनस्थापनाका लागि पनि गम्भीर हुन जोड दिए । उनले भने,'विस्थापितलाई सुरक्षित र शान्तिपर्ूण्ा ढंगबाट स्थापित गराउनर्ुपर्छ, दलहरुले त्यसका लागि काम अगाडि बढाइसकेकाले छिटो काम सम्पन्न हुनेमा आशावादी छु ।'
    मार्टिनले रिपोर्र्टर्स क्लब नेपालले शान्ति प्रक्रियामा खेलेको भूमिकाको प्रशंशा गरे । क्लबले शान्ति सम्झौता अगाडि र पछाडि पनि बहसका माध्यमबाट जनतालाई सुसूचित गराएको भन्दै सेना समायोजनमा पनि त्यस्तै बहस चलाउन आग्रह गरे । उनले भने,'रिपोर्र्टर्स क्लब नेपालले नेपालको शान्ति प्रक्रियालाई सफल बनाउने दिशामा सधै आफूलाई समर्पित गरेको पाएको छु ।'
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले मार्टिनको कार्यकालमा नेपालको शान्ति प्रक्रिया सफलतातर्फअगाडि बढेको भन्दै प्रशंशा गरे । साढे तीन वर्षो बर्साईंमा मार्टिनले सधै शान्ति स्थापनाका लागि आफूलाई समर्पित गरेको भन्दै उनी नेपालका सच्चा असल मित्र भएको बताए ।

    0 comments: