वीरगंज, १७ फागुन/ विभिन्न १० बुंदे मांग राख्दै आन्दोलनरत नेपाल
संस्थागत विद्यालय शिक्ष्ँक युनियनले फागुन २३ गते सम्पर्ूण्ा निजी
शैक्षिक संस्था बन्दको घोषणा गरेको छ।
आज नेपाल पत्रकार महासंघ, पर्सामा एक पत्रकार सम्मेलन गरी युनियनका
केन्द्रीय संर्घष्ा समितिका संयोजक रविनन्दन सिंहले जानकारी गराएका हुन्।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा व्यापारी र निजीकरणको
अन्त्यगरी संस्थागत विद्यालयको राष्ट्रियकरणबाहेक अरु विकल्प नभएको भन्दै
युनियनको पहिलो चरणको आन्दोलन अर्न्तर्गत सांकेतिक रुपमा फागुन २३ गते
शुक्रवार राष्ट्रव्यापी एक दिने सम्पर्ूण्ा निजी शैक्षिक संस्था -पर्ूव
प्राथमिकदेखि माविसम्म)को विद्यालयहरु बन्दको घोषणा गरेको उल्लेख छ। उक्त
दिन ११ बजे शान्तिवाटिका, रत्नपार्कमा उपस्थित भइ शिक्ष्ँक तथा
कर्मचारीहरुको मांगप्रति ऐक्यबद्धता जनाइ बन्दलाई सफल पार्न अभिभावक,
विद्यार्थी, शिक्ष्ँक तथा कर्मचारीलाई आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment