वीरगंज, ११ माघ/एफिनका अध्यक्ष्ँ ओम अस्पतालका डाइरेक्टर डा. भोला रिजालले नेपाल सरकारको दायित्वलाई निजी क्ष्ँेत्रले हातेमालो नगरेसम्म स्वास्थ्य सेवा प्रभावकारी नहुने कुरामा जोड दिएका छन् ।
आज वीरगंजमा अत्याधुनिक सुविधासम्पन्न ३५० शैयाको एशिया प्यासिफिक मेडिकल कलेज टिचिङ हस्पीटलको उद्घाटन गर्दै नेपालका ११ वटा मेडिकल कलेज र ६५ वटा अस्पतालको जर्गेना गर्ने काम नेपाल सरकारको हो भनेका छन्।
स्वास्थ्य तथा जनसंख्या सचिव डा. सुधा शर्माले निजी -र्सार्वजनिक साझेदारीलाई सरकारले प्रोत्साहन गर्ने नीति बनाएको बताएकी छन् ।
सहसचिव डा. लबप्रसाद त्रिपाठीले ग्रामीण क्षेत्रमा गरिब जनताहरुलाई सेवा पुर्याउने लक्ष्य सबैले लिनुपर्ने बताएका छन् ।
नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा. चोपलाल भूषालले नेपाली जनताले स्वास्थ्य सेवा शुल्क बेहोर्न सक्ने छन् वा छैनन् त्यो नेपाल सरकारले अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् ।
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुलेट टि अशोकले अत्याधुनिक अस्पतालको आवश्यकता वीरगंजमा परिपर्ूर्ति भएको बताए ।
एशिया प्यासिफिक मेडिकल कलेज टिचिङ हस्पीटलका अध्यक्ष डा. अशोक साहले काठमाडौंमा उपलब्ध स्वास्थ्य सेवा वीरगंजमै पुर्याउने उद्येश्य र लक्ष्यका साथ अस्पताल स्थापना भएको बताएका छन् ।
अस्पतालकी उपाध्यक्ष रेखा शाहले नेपाल सरकारको नीतिलाई सघाउन एशिया प्यासिफिक मेडिकल कलेजले प्रत्येक महिना ५० जना महिलाहरुलाई निशुल्क प्रसुति सेवा पुर्याउने घोषणा गरेकी छन्।
वीरगंजको आदर्शनगरमा खुलेको एशिया प्यासिफिक कलेज अत्याधुनिक उपकरणहरु भएको मल्टि स्पेशियालिटी हस्पिटल हो । ल्याप्रो स्कोपिक र्सजरी, ल्याप्रोस्कोपिक यूरोलोजिकल र्सजरी, गाइनो र्सजरी, परिवार नियोजन सेवा, हृदयरोग, अल्ट्रासाउण्ड, डायबिटिज क्लिनिक, अत्याधुनिक पैथोलोजी लैब आदि सुविधा उपलब्ध छन् ।
बसबाट खसेर प्रहरी घाइते
वीरगंज, ११ माघ/ वीरगंज-१४ मर्ुर्ली चौकमा बसबाट खसेर एक सशस्त्र प्रहरी घाइते भएका छन् ।
आज बाराको पथलैयाबाट वीरगंजतर्फ आउंदै गरेको ना ३ ख १५३६ नं.को चलिरहेेको बसबाट हाम फाल्ने क्रममा सशस्त्र प्रहरी हवल्दार उत्तम पन्त सडकमा खसेर घाइते भएका हुन् । जिल्ला ट्राफिक कार्यालय पर्सर्ाा घाइते पन्तलाई नारायणी उपक्ष्ँेत्रीय अस्पतालमा उपचारको लागि पुर्याएको थियो ।
५६ औं विश्व कुष्ठरोग दिवस
वीरगंज, ११ माघ/५६ औं विश्व कुष्ठरोगको दिवसको अवसरमा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आज आज वीरगंजको नारायणी उपक्ष्ँेत्रीय अस्पतालमा आयोजित सो अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले कुष्ठरोग दैवि श्रापको रुपमा नभएको बताएका छन् । उनीहरुले कुष्ठरोगीलाई समयमै उपचार गरे यसबाट कुनै खतरा नहुने कुरामा जोड दिएका थिए ।
पर्सर्ााजल्लाको कूल ५९३६६८ रहेकोमा कुष्ठरोगको अवस्था २०६५/६६ को प्रथम चौमासिकको आधारमा कुष्ठरोग र्सर्ने ५८ र नर्सर्ने २६ रहेका छन् । रोगको प्रकोप दर ५ भन्दा बढी भएका गाविस मनियारी, बसन्तपुर, विरञ्चीबर्वा, परशुरामपुर, श्रीसिया, रामगढवा रहेका छन् भने अस्पताल १ प्राथमिक स्वास्थ्य केन्द्र ४ र स्वास्थ्य चौकी ८ र उपस्वास्थ्य चौकी ७१, कुष्ठरोग उपचार सेवा केन्द्र ८४ रहेको अन्तक्रिया कार्यक्रममा जानकारी गराइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्सर्ाा ल्याप्रोसी मिसन नेपालको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
रक्तदान कार्यक्रम सम्पन्न
वीरगंज, ११ माघ/ नेपाल रेडक्रस सोसाइटी महिला उपशाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आज गोपालप्रसाद गजुरेलको क्लिनिकमा आयोजित रक्तदान कार्यक्रममा १८ जना महिला, पुरूषहरूले रक्तदान गरेका थिए ।
नेपाल नाइ संघको जिल्ला अधिवेशन
वीरगंज, ११ माघ/ नेपाल टे्रड युनियन कांग्रेस स्वतन्त्रसंग आबद्ध नेपाल नाइ संघको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएकोछ ।
आज माइस्थान अतिथि सदनमा आयोजित अधिवेशन नेपाल नाइ संघका अध्यक्ष सीयाराम नेपालीको अध्यक्षतामा सो सम्पन्न भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment