भारतीय पंक्षीजन्य वस्तु र अन्डा पर्सा-बारामा निर्धक्क आयात

Posted on
  • Jan 25, 2009
  • by
  • mukesh
  • in

  • मुकेश बस्नेत
    वीरगंज, १२ माघ/ सरकारले पंक्षीजन्य बस्तुको आयात-निर्यात र र्सार्वजनिक सवारीसाधनमा ओसारपसार गर्न रोक लगाए पनि नेपाल-भारत सीमा नाकाहरुबाट निर्धक्क कुखुरा र अण्डाहरु भित्रिरहेका छन् ।
    एकाबिहानै भारतको रक्सौलबाट दिनहुं साइकल, मोटरसाइकल, अपा·हरु चढ्ने ह्वील चेयरलगायत अन्य सवारीसाधनमा पंक्षीजन्य बस्तु र अन्डाहरु नेपालको इनरुवा, नगवा, बाराको गण्डक क्ष्ँेत्र, मटिअर्वा, छपकैयालगायत छोटी भंसारबाट भित्रिरहेको प्रत्यक्षदर्शी बताउंछन् ।
    वीरगंजका खुद्रा तथा थोक अन्डा बिक्रेता र व्यापारीहरुले सेतो अन्डालाई कत्थाको झोल र बेसारले रंगेर वीरगंजको र्सार्वजनिक स्थानमा झुक्याएर बेचिरहेको वीरगंज-१६ निवासी विजयकुमार बताउंछन् । रातो अन्डा रु ७ र पकाएर रु १० मा प्रतिअन्डा बेचिरहेको पावरहाउस-१६ स्थित एक अन्डा व्यवसायी महफिलले बताए ।
    वीरगंजमा रहेका केही अन्डा तस्कर र अपाङहरुले ह्वील चियरमा सेतो अन्डाहरु वीरगंजको मुख्य सडकबाटै ओसारपसार गरेर माइस्थानलगायत वीरगंजका थोक पसलेहरुकहां पुर्‍याइरहेको वीरगंज-१४ मर्ुर्ली निवासी प्रमोद कुमारले बताएका छन् ।
    बर्डफलु नेपालमा भित्रिएपछि कुखुराको मासु बिक्रीमा कमी आएको माइस्थानस्थित एक कुखुरा व्यापारीले गुनासो गर्दै भन्छन्- एक साता अगाडि १८० देखि २२० रुपियां किलोसम्म बिक्री भएको कुखुराको मासु हाल आएर १२० रुपियांमा बिक्री गर्दासमेत ग्राहकहरुले खरिद गर्दैनन् ।
    बर्डफलु भित्रिएको हुंदा नेपाल सरकारले पंक्षीजन्य पदार्थ तथा अन्डाहरु ओसारपसारमा रोक लगाए पनि निर्वाधरुपले वीरगंज शहर र आसपासमा भित्रिएको देख्दा बारा र पर्सामा बर्डफलुको प्रकोप फैलिने प्रबल संभावना छ - एक बुद्धिजीवी व्यक्तिले भन्छन्- सम्बन्धित निकायले हालसम्म अन्डा र कुखुरा बेच्ने हरेक स्थानमा अनुगमन गरेको छैन ।
    स्थानीय प्रशासनले यर्सतर्फ अबिलम्ब ध्यान नपुर्‍याए बर्डफलुको चपेटमा बारा, पर्साबासी पर्ने निश्चित भइसकेको चेतावनीसमेत उनले दिएका छन् ।

    दोहोरो चरित्रका कारण सरकार आफै ढल्छ

    वीरगंज, १२ माघ/ राष्ट्रिय जनजाति पार्टर्ीी अध्यक्ष विश्वेन्द्र पासवानले दोहोरो चरित्रका कारण सरकार असफल हुने दाबी गरेका छन् ।
    आज रिपोर्टस क्लब नेपाल पर्सर्ाा वीरगंजस्थित कुमु होटलमा आयोजना गरेको साक्ष्ँात्कार कार्यक्रममा बोल्दै उनले संविधानसभाको चुनावमा हारेका व्यक्तिलाई संवैधानिक समितिको अध्यक्ष बनाउनु संविधान बन्नेमा शंका प्रकट गरेका छन् ।
    सभासद पासवानले एमाले पर्ूव महासचिव माधवकुमार नेपाललाई संवैधानिक समितिको अध्यक्ष बनाउनुले नयां संविधान बन्नेमा शंका उत्पन्न हुने दाबी गरेका छन् । आफनो पक्षमा बहुमत देखेपछि माओवादीले निष्पक्ष निर्वाचन विना षड्यन्त्रपर्ूण्ा ढंगले माधव नेपाललाई अध्यक्ष बनाएको आरोप लगाउदै भने - नेकपा माओवादीको सेना समायोजन गर्नु हुंदैन ।
    पासवानलेे एक राष्ट्रमा दुइ राज्यसम्म बनाउन सकिने भए तापनि मुलुकलाई जातिय राज्यहरुमा टुक्रयाइए देश विखण्डन हुने चेतावनी दिएका छन् । उनले भने आफनो पार्टर्ीीे माग जातिय जनसंख्याको आधारमा पर्ूण्ा समानुपातिक आरक्षणको व्यवस्था हो ।
    पासवानले पत्राकार उमा सिंह हत्या हत्यारा जोसुकै भए पनि त्यसलाई कारबाही नगरी पीडितको आवाज दवाउन मृतकलाई तुरुन्त शहीद घोषणा गरि १० लाख क्षतिपर्ूर्ती दिने प्रवृतिले दण्डहिनता बढेको बताए । उनले भने -दण्डहीनताको अन्त्य, पत्रकारमाथि ज्यादतिको तुरुन्त अन्त्य गर ।
    पासवानले शान्त, समृद्ध लोकतान्त्रिक नेपाल स्थापनामा सबै एक जुट हुन आह्वान गरेका छन् । उनले मधेशमा रहेका भूमिगत सशस्त्र समूहसंग सरकारले वार्ता नगरी नौटंकी गरिरहेको बताउदै व्यक्तिगत स्वार्थको उद्देश्य लिएर खोलिएका भूमिगत संगठनमा लागेका दलितहरुलाई अरुको मोहरा नवन्न आग्रह गरे ।
    रिपोर्टस क्लब नेपाल पर्सर्ाा अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन अरुण विक्रम शाहले गरेका थिए ।

    अस्पतालको निरीक्ष्ँणपछि मेसुले गाली खाए

    वीरगंज, १२ माघ/ नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजको दिनपरदिन खस्किदै गएको अवस्था अनुगमन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. सुधा शर्माले सो अस्पतालका मेसुलाई झपारेकी थिइन् ।
    आज अस्पतालको अनुगमन र् गर्न पुगेकी डा. शर्माले सो अस्पतालमा मेसु सुमन प्रसाददेखि अस्पतालको कुनै पनि युनिटका डाक्टरहरु भेट नभएपछि फोन गरी मेसुलाई झपारेकी थिइन् ।
    अस्पतालमा भएको सेवा तथा सुविधाको अनुगमनपश्चात अस्पतालमा फालिएको फोहरलाई व्यवस्थित गर्न निर्देशन दिएकी थिइन् । आजै उनले जिल्ला जनस्वास्थ्य कार्यालयमा पनि अनुगमन गरेकी थिइन र्।र्

    सरकारी निर्ण्र्ााो तीव्र विरोध

    वीरगंज, १२ माघ/ तराइ मधेशमा रहेको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट बर्दिवासमा सार्ने सरकारी निर्ण्र्ााो त्रि्र विरोध भएको छ ।
    मधेशी जन अधिकार फोरम मधेशका अध्यक्ष भाग्यनाथप्रसाद गुप्ताद्वारा जारी प्रेस विज्ञप्तिमा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट बर्दिवास सार्ने सरकारले गरेको निर्ण्र्ाातुरुन्त फिर्ता गर्न जोडदार माग गरिएको छ ।
    महोत्तरी तथा जलेश्वरवासीहरुद्वारा यस निर्ण्र्ााो विरोधमा चलाएको आन्दोलनप्रति मधेश जन अधिकार फोरम मधेश पर्ूण्ा ऐक्यबद्धता एवं सक्रिय सहभागिताको घोषणा गर्दछु भनिएको छ ।

    भंसार कार्यालयले घुस नलिने प्रतिबद्धता

    वीरगंज, १२ माघ/ माघ १ गतेदेखि वीरगंज भंसार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह भंसारका कर्मचारीहरुले कुनै पनि घुस, दस्तुर नलिने, भ्रष्टाचार नगर्ने र संकलित घुस रकमबाट विभिन्न व्यक्ति, संघसंस्था, राजनीतिक दल र भातृ संगठनलाई कुनै प्रकारको सहयोग नगर्ने प्रतिबद्धता लिएर सदाचार पद्धतिलाई दैनिक जीवन पद्धतिका रुपमा अनुशरण गरेका छन् ।
    भंसार कर्मचारीहरुले गरेको घुस र दस्तुरी नलिने प्रतिबद्धतालाई सबैले सह्रानीय मानेका छन् ।
    वीरगंज भंसार कार्यालयका प्रमुख भन्सार अधिकृत केवलप्रसाद भण्डारीले वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरुका बीचमा आफूले कुनै घुस, दस्तुरी नलिने प्रतिबद्धता जाहेर गरी सबै उद्योगपति, व्यापारीलाई कुनै पनि दस्तुरी भन्सार कर्मचारीहरुलाई नदिन आग्रह गरेको बताए ।
    भंसार प्रमुख भण्डारीले अब उप्रान्त कसैलाई पनि कुनै सहयोग हुन नसक्ने र सदाचार पद्धतिलाई सबैले व्यवहारमा उतार्न आग्रहसमेत गरेका छन् ।

    जनसर्म्पर्क समिति हङकङको कार्यसमितिले पूर्णता पायो


    हङकङ, १२ माघ/ नेपाली जनसर्म्पर्क समिति हङकङको कार्यसमितिले पूर्णता पाएको छ । गत जनवरी २१ मा बसेको बैठकले २१ सदस्यीय समितिलाई पूर्णता दिदै ११ जनालाई सल्लाहकार चयन गरेको अध्यक्ष इश्वर खांणले जानकारी दिएका छन् ।
    खांणका अनुसार थप गरिएकामा सदस्यहरुमा नेत्र पहाडी, सन्तोष गुरुङ, कृष्ण गुरुङ, रेष्मा गुरुङ, राजु र्राई, एकबहादुर राना, निरज लामा, टंक राना, उदय गुरुङ, मणि र्राई, किसन देवान, प्रेम र्राई, शरण सुब्बा छन् । यसअघि अध्यक्ष खांणसहितको कार्यसमिति चयन भइसकेको छ ।
    सल्लाहकारहरुमा राजमान गुरुङ संयोजक छन् भने अन्यमा पूर्व अध्यक्ष सन्तोष घले, कुलप्रसाद गुरुङ, क्याप्टेन वमबहादुर गुरुङ, क्याप्टेन ढोलबहादुर गुरुङ, हर्कनारायण तुलाचन, हेमबहादुर तामाङ, राजेन्द्रकुमार थापा, राजकुमार र्राई, भक्त गुरुङ, हेम लिम्बू र कानुनी सल्लाहकारमा दसुराम पराजुली छन् ।

    प्रमलाई पत्रकारहरुको भांचिएको कलम उपहार

    वीरगंज, १२ माघ/ पत्रकार उमा सिंहको हत्याको विरोधमा नेपाल पत्रकार महासंघले घोषणा गरेको दोश्रँे चरणको आन्दोलन अर्न्तर्गत पर्सर्ाा पत्रकारहरुले प्रधानमन्त्रीलाई भाचिएको कलम उपहारस्वरुप पठाएका छन् ।
    आज नेपाल पत्रकार महासंघ पर्सर्ाााखाका अध्यक्ष्ँ शत्रुघन नेपालको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले पर्सर्ाा प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद कोइरालामार्फ प्रमंलाई सो उपहार पठाएका हुन्।
    पुस २७ गते जनकपुर टुडेमा कार्यरत पत्रकार उमा सिंहलाई अज्ञात सशस्त्र समूहले विभत्स तरिकाले हत्या गरेको विरोधमा देशभरका संचारकर्मीहरुले हत्यारालाई कारबाही नभएसम्म आन्दोलन जारी राख्ने भएको छ ।

    हतियारसहित दुइ पक्राउ

    हरी शर्मा
    नवलपरासी १२, माघ । विभिन्न भूमिगत समूहका नामवाट नवलपरासी जिल्लाका विभिन्न स्थानमा चन्दा आतंक र अपराधिक कृयाकलापमा संलग्न भएको आरोपमा प्रहरीले अखिल तर्राई मुक्ति मोर्चा नवलपरासीका इन्चार्ज सहित दुइजनालाई हतियारसहित पक्राउ गरेको छ ।
    आज रामग्राम नगरपालिकाको उनवच वाट उनिहरूलाई प्रहरिले घेराहालि पक्राउ गरेको हो । पक्राउ पर्नेमा अखिल तर्राई मुक्ति मोर्चा नवलपरासीका इन्चार्ज प्रशान्त भनिने हरि ओम बर्ढइ र भिक्की धोवि रहेको प्रहरि प्रमुख श्याम वहादुर खत्रिले वताउनु भएकोछ । पक्राउ परेका दुवै रामग्राम नगरपालिका वडानं ८ उनवचका रहेको वताईएकोछ ।
    पक्राउ परेकासंगवाट दर्ुइ थान अमेरिकन पेस्तोल, सोमा प्रयोग हुने गोलि, मोवाईल सेटका सिमकार्ड, इन्डीयन हर्ज मोवाईलका सिम, तिन हजार तिन सय भारतिय रूपैया र चार हजार नेपालि रूपेया समेत वरामद भएकोछ ।
    पक्राउ परेका उनिहरू लाई आज प्रहरिले र्सार्वजनिक गरि उनिहरूले प्रयोग गरेको मोवाईल वाट ५ सय ५६ जना विभिन्न सरकारी र व्यक्तिहरू संग मोवाईल मार्फ चन्दा माग गरेको जानकारि दिएकोछ ।

    दिगो शान्ति नआउने- गुरूङ

    हरी शर्मा
    नवलपरासी, ११ माघ । वन तथा भू-संरक्षण मन्त्री किरण गुरूङले देशमा रहेका माओवादी सेना र नेपाली सेना समायोजन नगरेसम्म देशमा दिगो शान्ति नआउने दाबि गर्नु भएकोछ ।
    दर्ुइ सेना रहेकै कारण देशमा दिगो शान्ति नभएको बताउदै मन्त्री गुरूङले स्थायी शान्ति कायम गर्नका लागि दर्ुइ सेनालाई समायोजन गर्नु अत्यावश्यक रहेको बताउनुभयो ।नवलपरासीको प्रगतिनगर-१ दलदलेमा आज नवलपुर अस्पताल प्रा. लि. को उद्घाटन गर्दै मन्त्री गुरूङले सो कुरा बताउनुभएको हो। अहिले ढिलै भएपनि संविधान निर्माण प्रक्रिया शुरू भएकोले यसलाई सबैले सकारात्मक रूपमा लिएर सहयोग गरे बेलैमा जनमुखी संविधान निर्माण हुने बताउदै मन्त्री गुरूङले राजनैतिक दलहरूले दलगत स्वार्थ त्यागेर राष्ट्रिय हितका पक्षमा लाग्न आग्रह समेत गर्नुभयो । अस्पतालले तत्काल विरामी राख्ने १५ शैया सञ्चालन गरेको र निकट भविष्यमै ५० शैयासम्मको अस्पताल बनाउने जानकारि दिईएको थियो ।
    दलदलेमा खोलिएको नवलपुर अस्पताल सञ्चालन पछि नवलपरासीका पहाडि क्षेत्रका १७ गाविस र नवलपुर क्षेत्रका १९ गाविस गरी ३७ गाविसका बासिन्दाहरू लाभान्वित हुनेछन् ।

    0 comments: