दर्ुघटनामा ९ जनाको मृत्यु, सबैको सनाखत

Posted on
  • Jan 26, 2009
  • by
  • mukesh
  • in
  • हरी शर्मा
    परासी, १३ माघ । त्रिर्थयात्रु लिएर गएको टेक्टर दर्ुघटनामा परि गए राति नवलपरासीमा ९ जनाको मृत्यु भएको छ ।
    दर्ुघटनामा परि दर्ुइ दर्जन भन्दा बढि तिर्थयात्रु र्घाईते भएकाछन् । र्घाईते मध्ये पांचको अवस्था गम्भीर रहेको प्रहरिले जनाएकोछ ।
    कपिल्वस्तुको बैदौलि गाउं विकास समिति वडा नं ८ लोहरौलिवाट नवलपरासीको त्रिवेणीमा लाग्ने सोमवारे औसीको तिर्थ भर्न गईरहेको टेक्टर गएराति १ बजे रामग्राम नगरपालिका वडा ८ बैकुण्ठापुरमा अकस्मात पल्टीन पुग्दा सो दर्ुघटना भएको प्रहरिले जनाएकोछ ।
    दर्ुघटनामा परि भारत घरभै आफन्तकोमा आएका ६० वषिर्य सन्तराम पासी र निजकि श्रीमति वासमति पासी, कपिल्वस्तु बैदौलि गाउं विकास समिति वडानं ८ लोहरौलिका ४० वषिर्र्यिसोम्ना काहिन, ९ वषिर्य चम्मन कलवार, ४० वषिर्य भुरहु यादव, सुनमति कलवार, ३५ वषिर्य चतुरा पासी, सोहि गाविस लोहरौलिका ३५ वषिर्य खोडि कलावार को मृत्यु भएको नाम खुल्न नसकेका गुठिहवाका ४० वषिर्य यादव थरका व्यक्तिको मृत्यु भएकोे प्रहरिले जनाएकोछ ।
    करिव ३५ भन्दा वढि तिर्थालु बोकेको लु १ त ९४३२ नम्बरको टेक्टर सडकमा पल्टीन पुग्दा र्घाईते भएकाहरुको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको र गंभिर र्घाईते सात जनाको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको नवलपरासी प्रहरिले जनाएकोछ ।
    रातिको समयमा अत्याधिक हुस्सु लागेका कारण दर्ुघटना भएको वताईएकोछ ।

    प्रहरी र पत्रकारबीच छलफल

    परासी १३, माघ । तर्राईमा बढ्दै गएको अपराधिक गतिविधि र पत्रकारहरुको सुरक्षाका लागि जिल्ला सुरक्षा समिति नवलपरासीले नवलपरासीका पत्रकारहरु संग छलफल गरेकोछ ।
    छलफलमा प्रमुख जिल्ला अधिकारि वालकृष्ण पंथिले जिल्लामा रहेका पत्रकारहरु संगै आम जनताकोे सुरक्षाका लागि सुरक्षा निकाय कटिवद्ध रहेको बताउनु भयो ।
    पत्रकार उमा सिंहको हत्या पश्चात नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले तर्राईका पत्रकारहरुले असुरक्षा महशुश गरिरहेको बताईरहदा जिल्ला स्थित सुरक्षा समितिले पत्रकारहरु संग छलफल कार्यक्रमको आयोजना गरेको हो ।
    जिल्ला प्रहरि कार्यालयका प्रहरि उपरिक्षक श्याम वहादुर खत्रि, शसस्त्र प्रहरि उपरिक्षक गुनाखर खनाल लगाएतका सुरक्षा प्रमुखहरुको सहभागिता रहको सो छलफल कार्यक्रममा आफुलाई असुरक्षित महशुश भएको स्थानमा जादा सुरक्षा निकायमा जानकारि गराउन पनि पत्रकारहरु संग आग्रह गरिएको थियो ।

    प्रधानमन्त्रीको सम्बोधन मन्त्रिपरिषदको होइन-मन्त्री महतो

    काठमाडौं, १३ माघ । आपर्ूर्तिमन्त्री राजेन्द्र महतोले प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदमा कुनै छलफल नगरी राष्टूका नाममा सम्बोधन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले सम्बोधन मन्त्रिपरिषदको नभई प्रधानमन्त्रीको मात्र भएको टिप्पणी गरे ।
    'सम्बोधन प्रधानमन्त्रीको मात्र हो मन्त्रिपरिषदको होइन, 'सदभावना पार्टर्ीी अध्यक्षसमेत रहेका महतोले भने,'मन्त्रिपरिषदमा छलफलनै नगरी प्रधानमन्त्रीबाट भएको सम्बोधनप्रति हाम्रो पर्ूण्ा असन्तुष्टि छ ।' प्रधानमन्त्रीले आफूहरुसंग विना छलफल बोलेकाले महत्वपर्ूण्ा विषयहरु छुटेको बताए । विगतमा जस्तै प्रधानमन्त्रीले प्रतिवद्धता व्यक्त गर्ने काम गरेको उनको भनाई थियो ।
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मन्त्री महतोले सम्बोधनमा मधेशको विषयनै नभएको बताए । गतवर्षो फागुन १६ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंग भएको सहमति कार्यान्वयनबारे कुनै विषय उल्लेख नगरिएको टिप्पणी गरे । मधेशी मोर्चासंगको सम्झौता कार्यान्वयनमा गम्भीरता नरहेको भन्दै वैशाख १० गतेबाट सरकार छाड्ने चेतावनी दिए । उनले भने,'फागुन १५ गतेभित्र सम्झौता कार्यान्वयनको समय दिएका छौं, नभए वैशाख १० गतेसंग कुर्र्छौं अनि सरकार छाडेर आन्दोलन सशक्त बनाउनेछौं ।'
    राज्य पुनःसंरचना हुनेबेलामा जथाभावी प्रशासनिक केन्द्रहरु खोल्न लागेको भन्दै असन्तुष्टि जनाए । बर्दिवासमा केन्द्र खोल्न लागेकोमा आपत्ती जनाउदै भने,'सदरमुकाम सार्ने प्रयास भएको त होइन भन्ने मधेशी जनतामा शंका छ ।' उनले राज्यः पुनसंरचना नगरी जथाभावी प्रशासनिक केन्द्र नखोल्न आग्रह गरे ।
    नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सम्बोधनले जनतालाई शान्तिसुरक्षा र विगतको सम्झौता कार्यान्वयन हुने विश्वास दिलाउन नसकेको बताए । सम्बोधनमा विगतको सम्झौता कार्यान्वयनको उदाहरणसमेत उल्लेख नभएको बताउदै भने,'हामीले वाइसिएलको अर्धसैनिक संरचना खारेजी र कब्जा गरिएका घरजग्गा सम्पत्ति फिर्ताको विषय आउंछ भन्ने ठानेका थियौं, तर आएन ।' विगतको सम्झौता कार्यान्वयन गर्नभन्दा नयां प्रतिवद्धता मात्र तयार गर्न माओवादी लागेको बताए । दण्डहीनताको अन्त्यको विषय उल्लेख भएपनि माओवादी आफै दण्डहीनता बढाउन लागेको आरोप लगाए । उनले भने,'माओवादीले बन्दुके संस्कृतिलाई बढावा दिइरहेको छ ।'
    नेपाली सेना र माओवादी छापामारलाई एउटै कोटामा राखेर हर्ेन खोजेको भन्दै आलोचना गरे । छापामारहरु माओवादीप्रतिमात्र बफादार रहेको भन्दै सिंगो मुलुकप्रति बफादार सेनालाई छापामारसंग तुलना गर्नु बेक्कार भएको बताए ।
    नेकपा एमाले स्थायी समिति सदस्य इश्वर पोखरेलले प्रधानमन्त्रीले आफ्नो राजनीतिक म्याद थप्न सम्बोधन गरेको टिप्पणी गरेका छन् । सम्बोधनमा अर्को कार्यकालका लागि गर्ने कामबारे उल्लेख भएको बताउदै भने,'प्रधानमन्त्रीको सम्बोधन राजनीतिक म्याद थप्ने प्रयास जस्तो छ ।' प्रतिवद्धतामा अर्को प्रतिवद्धता मात्र थपेको भन्दै असन्तुष्टि जनाए । विना परामर्श बोलेको भन्दै कार्यान्वयन भएका कुनै विषय उल्लेख गर्न नसकेको बताए । उनले भने,'सम्बोधनले प्रधामन्त्री कार्यान्वयनप्रति इमान्दार नभएको प्रष्ट हुन्छ ।' विगतमा घोषणा भइसकेको विषयलाई वाक्यविन्यास र शब्दविन्यास थपेर आकर्ष बनाएको टिप्पणी गरे ।
    नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले प्रधानमन्त्रीको सम्बोधनलाई कार्ययोजना भन्दै काम गरेरै देखाउने बताए । राजनीतिक प्रतिवद्धताभन्दा पनि काम गर्ने अभियान थालिएको बताउदै भने,'प्रधानमन्त्रीको सम्बोधन एक्सन प्लान हो, जुन गरेरै देखाइनेछ ।' कार्ययोजना अगाडि बढाउन आज विहान सचिवस्तरीय बैठक बसिकेको उनको भनाई थियो । दलहरुले आरोप प्रत्यारोप गर्नेभन्दा सहमतिका साथ कार्ययोजना कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । सम्बोधनको विरोध गर्नु राष्टूको विकास गर्नहुन्न भन्नुसरह हुनजाने बताए । आरोप प्रत्यारोपभन्दा पनि सहमति बनाउनेतर्फलाग्न आग्रह गरे ।
    राष्टिूय जनशक्ति पार्टर्ीी सहअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सम्बोधन कार्यान्वयन गर्न भन्दा प्रतिवद्धता गर्नमै केन्द्रित रहेको टिप्पणी गरे । प्रधानमन्त्री जस्तो व्यक्तिले बोलेको कुरा पुर्‍याउनुपर्ने बताउदै भने,'बोल्नेमात्र नगर्ने शैलीमा आएको सम्बोधनले प्रधानमन्त्री पदलाई हल्का बनाउन खोजेको देखिन्छ ।' सरकारले आर्थिक अनुशासन कायम राख्न नसकेको, नातावाद कृपावाद बढाएको, ऊर्जा संकट समाधानका लागि ठोस काम गर्न नसकेको भन्दै कुराले केही नहुने बताए । प्रधानमन्त्रीले विगतमा जस्तो धम्कीको भाषा प्रयोग नगरेकाले सकारात्मक भने । तर के सन्देश दिन खोजेको भन्नैमा प्रधानमन्त्री आफै अन्यौलमा रहेको टिप्पणी गरे ।
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सहमति र सहकार्यबाट देशलाई समृद्ध र शान्त बनाउनेतर्फलाग्नुपर्नेमा जोड दिए । उनले दलहरुलाई सहमतिका साथ संविधान निर्माणमा केन्द्रित हुन आग्रह गरे ।

    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला सम्मानित

    काठमाडौं, माघ १२ । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला सम्मानित
    भएका छन् । भारतको ६० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आज नेपाल भारत
    मैत्री समाजले राजधानीमा आयोजना गरेको विशेष कार्यक्रममा उनी
    उपराष्ट्रपति परमानन्द झाबाट सम्मानित भएका हुन् ।
    नेपाल भारतबीचको सम्बन्ध सुदृढ गर्न पत्रकारितामार्फत योगदान
    पुर्‍याएकोले धमलालगायत पांचजनालाई सम्मानित गरेको समाजले जनाएको छ ।
    समाजले पुरस्कृत व्यक्तित्व धमलालाई दर्ुइ देशबीचको सम्बन्ध प्रगाढ बनाउन
    थप योगदान पुर्‍याउने आशा व्यक्त गरे ।

    नेपाल र भारतबीच सम्बन्ध प्रगाढ

    काठमाडौं, माघ १२ । उपराष्ट्रपति परमानन्द झाले नेपाल र भारत सामाजिक,
    आर्थिक, राजनीतिक र सांस्कृतिक दृष्टिले निकट रहेको भन्दै दुइदेशबीचको
    सम्बन्धलाई आपसी हितमा प्रयोग गर्नुपर्ने बताएका छन् । भारतको ६० औं
    गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आज नेपाल भारत मैत्री समाजले राजधानीमा
    आयोजना गरेको गोष्ठीमा बोल्दै उनले नेपाल भारतबीच जनता जनता तहसम्म पनि
    सुमधुर सम्बन्ध रहेको बताए ।
    शान्ति प्रक्रियामा भारतले पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै
    भने,'संविधान निर्माणमा भारतको थप सहयोग पाउनेमा नेपाल आशावादी छ ।'
    नेपालमा लोकतन्त्र संस्थागत गर्न नेपाली जनताको प्रयासमा भारतको सद्भाव
    रहदै आएको र भविष्यमा पनि रहने विश्वास व्यक्त गरे । भारतको गणतन्त्र
    दिवसमा त्यहांका राष्ट्रपति र जनतालाई समेत झाले बधाई दिए ।
    पूर्व प्रधानमन्त्री र्सर्ूयबहादुर थापाले नेपालको शान्ति प्रक्रिया र
    विकासमा भारतले गर्दैआएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले
    आतंकवादको चुनौतीको सामना गर्दै आएको भारतलाई नेपालले आतंकवादविरुद्ध
    लड्न आवश्यक सहयोग गर्ने बताए । उनले गणतान्त्रिक दिवस मनाइरहेको भारतीय
    जनतालाई शुभकामना समेत व्यक्त गरे ।
    नेकपा माओवादीका विदेश विभाग प्रमुख सीपी गजुरेलले आफ्नो दल भारतसंग
    सुदृढ सम्बन्ध बनाउदै अगाडि बढेको बताए । माओवादीको भारत र भारतका
    दलहरुसंग राम्रो सम्बन्ध रहेको बताउदै अनावश्यक रुपमा गलत प्रचार प्रसार
    भइआएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले उपचारका क्रममा रहेका भारतीय
    प्रधानमन्त्री डा.मनमोहन सिंहको श्रि्र स्वास्थ्यलाभको कामनासमेत गरे ।
    नेकपा एमाले स्थायी कमिटि सदस्य भरतमोहन अधिकारीले नेपाल र भारतबीचको
    सम्बन्ध सदीऔं देखि सुमधुर रहदै आएको भन्दै आउदा दिनमा दर्ुइ देशले
    आर्थिक हितका लागि सम्बन्धलाई उपयोग गर्नुपर्ने बताए । उनले शान्ति
    प्रक्रिया र विकासमा भारतको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै
    गणतान्त्रिक दिवसको शुभकामना व्यक्त गरे ।
    राप्रपाका महामन्त्री ध्रुवबहादुर प्रधानले भारत र नेपालबीचको प्रगाढ
    सम्बन्धको चर्चा गरे ।
    समाजका अध्यक्ष प्रेम लस्करीको सभापतित्वमा सम्पन्न कार्यक्रममा
    राजेन्द्रबहादुर श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए ।

    0 comments: