वीरगंज, १२ माघ/ फिरौति मागेको आरोपमा दुइ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
माघ १२ गते पर्सर्ााे बीउमनपा-१८ अस्थायी बसोबास गरी भारत बिहार गोपालगंज सिधौलिया बजार बस्ने वर्ष४० को आशनारायण प्रसाद कलवार र बारा विश्रामपुर-१ बलिरामपुर बस्ने ३० वषर्ीय लालबाबू महतोलाई जिल्ला प्रहरी कार्यालय पर्सर्ाा पक्राउ गरेको हो । उनीहरुको साथबाट बरामद गरिएका मोबाइल नं. १, सिम थान १, अन्य कागजात, व्याड बरामद गरिएको छ ।
निजहरुले महोत्तरी ढल्केवर बस्ने तुलसी लामा, वीरगंज बाइपासमा रेष्टुरेन्ट खोली बस्ने प्रेम लामा र बाइपासस्थित लामा होटलको मालिक र विभिन्न व्यक्तिहरुलाई फोन धम्की दिइ फिरौति मागेको प्रहरीसमक्ष्ँ बयान दिएको प्रहरीले जनाएको छ ।
उनीहरुले मोबाइल नं. ९८०७२०७२७० र ९८०४३०८२५२७२ बाट धम्की दिंदै वीरगंजको पानीटंकी १० स्थित एक होटलबाट रु २५ हजार, बाइपासस्थित एक होटलबाट रु २ हजार, बारा कलैया भट्टबिाट ७ हजार, अन्य स्कूल र व्यापारीबाट रु २० हजारलगायत विभिन्न संघसंस्थाबाट फिरौति उठाएको प्रहरीको आरोप छ ।
यसैगरी हिजो सवा सात बजे भारतको कानपुर घर भइ हाल बाराको रामपुर टोकनी-३ बस्ने वर्ष२८ को चुनु आलम राकी भन्ने दिलसान राकी र भारत, पश्चिम बंगाल कलकत्ताको पोताहा बस्ने हफिजुल जमिन्दारलाई शंकास्पद अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका चारैजनालाई अनुसन्धानको लागि ज्रि्रका पर्सर्ाा हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
सडक दर्ुघटनामा ५ जना घाइते
वीरगंज, १३ माघ/ वीरगंजबाट हेटौडातर्फगइरहेको यात्रुवाहक बस अमलेखगंजको २ नं. पुलमा दर्ुघटना हुंदा ५ जना घाइते भएका छन् ।
आज बाराको पथलैयाबाट हेटौडातर्फगइरहेको ना ३ ख ८५१६ नं.को यात्रुवाहक बस अमलेखगंजको २ नं. पुल नजिक दर्ुघटना हुंदा बारा अमलेखगंज-४ की कालीमाया लामा, भक्तदेवी थापा, शैलेन्द्र थापा, वडा नं. ५ का कृष्णबहादुर खडका, वडा नं. ३ की सरस्वती तिमल्सिना घाइते भएका छन् ।
घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भइरहेको छ ।
बम विस्फोटमा थप १ जनाको मृत्यु
वीरगंज, १३ माघ/रौतहटको बम विस्फोटमा परी थप एकजनाको उपचारको क्रममा आज बिहान वीरगंजमा मृत्यु भएको छ ।
रौतहटको कटहरिया बजारमा हिजो सांझ ४ः१५ बजे भएको बम विस्फोटमा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने आज बिहान नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा रौतहट सिहर्वा वडा नं. १ का हरि महतो नुनियाको मृत्यु भएको हो ।
घाइते कटहरिया-३ कि इस्लामिक खातुन, सुकुली खातुनको नारायणी उपक्ष्ँेत्रीय अस्पताल, वीरगंजमा भइरहेको छ ।
१५० केजी गांजा पक्राउ
वीरगंज, १३ माघ/ जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा पोखरियाको मसिहानी गाविस-३ चिलझप्टीमा १५० केजी गाजा बरामद गरेको छ ।
हिजो सांझ तस्करहरुले भारततर्फलैजांदै गरेको सो गांजा प्रहरीलाई देखेपछि गांजा तस्करहरु भागेको प्रहरीले जनाएको छ ।
भारतद्वारा ६ थान एम्बुलेन्स र १ थान स्कूल बस विभिन्न संघसंस्थालाई हस्तान्तरण
वीरगंज, १३ माघ/ ६० औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावासले ६ थान एम्बुलेन्स र १ थान स्कूल बस विभिन्न संघसंस्थालाई हस्तान्तरण गरेको छ ।
आज वीरगंजस्थित भारतीय महावाणिज्य दूत त्रिभुवन अशोकले जिल्ला अस्पताल कलैया बारा, प्राइमरी स्वास्थ्य चौकी गौशाला महोत्तरी, इलाका हेल्थपोस्ट सेढवा पर्सर्ााउपस्वास्थ्य चौकी निर्मलबस्ती पर्सर्ााउपस्वास्थ्य चौकी पौराहा रौतहट र नेपाल रेडक्रस सोसाइटी चितवन र १ थान स्कूल बस नेपाल रेल्वे मावि डुमरवाना बारालाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा महावाणिज्यदूत अशोकले भारतका राष्ट्रपति श्रीमती प्रतिभा पाटिलले भारतबासीको नाममा दिनुभएकोसन्देश पढेर सुनाएका थिए ।
पत्रकारद्वारा मैनबत्ती बालेर विरोध पर््रदर्शन
वीरगंज, १२ माघ/ पत्रकार उमा सिंहको हत्याको विरोधमा नेपाल पत्रकार महासंघले घोषणा गरेको दोश्रँे चरणको आन्दोलन अर्न्तर्गत आज अन्तिम दिन पर्सर्ाा पत्रकारहरूले वीरगंजको माइस्थान चोकमा मैनबत्ती बालेर विरोध पर््रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ पर्सर्ाााखाका अध्यक्ष्ँ शत्रुघ्न नेपाल लगायत पर्सर्ेे संचारकर्मीले पत्रकार स्व. उमा सिंहको सम्झनामा मैनबत्ती बालेका हुन् ।
वातावरण हाम्रो प्राकृतिक सम्पदा
वीरगंज, १२ माघ/ भंसार र वातावरण हाम्रँे प्राकृतिक सम्पदाको संरक्ष्ँण गरौं नाराकासाथ ५७ औं विश्व भंसार दिवस मनाइएको छ ।
आज वीरगंज भंसार कर्मचारी, एजेन्ट संघका पदाधिकारी, सशस्त्र प्रहरी बल राजस्व सुरक्ष्ँा वेशका सुरक्ष्ँाकर्मी, वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरुको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वीरगंज भंसारका प्रमुख अधिकृत केवलराज भण्डारी, भंसार अधिकृत शिव भण्डारी, वीरगंज भंसार एजेन्ट संघका अध्यक्ष विजयप्रसाद साह, सहसचिव बालकृष्ण बस्नेत, वीउवासंघका कावा अध्यक्ष्ँ सुशील धुरका, भंसार अधिकृत गंगा शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि भंसार एरियामा सरसफाई गरेको थियो भने भंसार कर्मचारी उषा देवी श्रीवास्तव, नासु घनश्याम यादव र डम्बर बहादुर, नरेश तथा एजेन्टतर्फवीरगंजबाट रामचन्द्र बोहरा र सुख्खा बन्दरगाहबाट विजय टिवडेवाललाई उत्कृष्ट सेवाग्रहीको उपाधिबाट सम्मानित गरि प्रमाणपत्र वितरण गरिएको थियो ।
हरहिसाब नदिएको भन्दै तालाबन्दी
वीरगंज, १२ माघ/ आदर्श गाउं विकास समितिको कार्यालय जीतपुर, बारामा सचिवले आर्थिक वर्ष०६५/६६ को हरहिसाब दुरुस्त नराखी बेपत्ता भएका छन् ।
आज विभिन्न दलका प्रतिनिधि र स्थानीय बासिन्दाले हरहिसाबको माग गर्दै सो गाविसमा तालाबन्दी गरी राजमार्ग अवरुद्ध गरेका थिए ।
गाविस सचिव आशमहम्मद मियां र महेन्द्र पटेलले आ. व. ०६५/६६ को हालसम्म ४९ लाख रुपियांको हरहिसाब नदिएर बेपत्ता भएको आरोप लगाउंदै दलका प्रतिनिधिहरुले तालाबन्दी गरेका हुन् ।
आत्मसमर्पण गर्दैमा जनमोर्चा मेटिन्न
काठमाडौं, १३ माघ/ जनमोर्चा नेपालका अध्यक्ष दानबहादुर विश्वकर्माले केही व्यक्तिले आत्मसमपर्ण गर्दैमा जनमोर्चा नमेटिने बताएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालमा बोल्दै उनले स्वार्थमा परेकाहरु माओवादीमा गएको आरोप लगाउदै जनमोर्चाको अभियानलाई अझ सशक्त र संगठित बनाउदै लाने बताए ।
'स्वार्थीहरुले छाड्दैमा जनमोर्चा मेटिदैन,' विश्वकर्माले भने,'अब जनमोर्चा नयां शिराबाट सशक्त र संगठित भएर राष्ट्रियता, लोकतन्त्र र साम्यवादका लागि अगाडि बढ्छ ।' पार्टीलाई संगठित गर्ने क्रममा हालै माओवादी, एमाले र विभिन्न दलबाट प्रवेश गर्नेहरुको लहर चलेको बताए । उनले केन्द्रीय समिति विस्तार गरिएको बताए । भुपबहादुर पुन, शान्तिप्रसाद न्यौपाने, जगतबहादुर पाठक, खिलबहादुर भण्डारी, कलावति बिक र देवका पाण्डे, माओवादीबाट वि द्रोह गरेका जनक अधिकारी उपाध्यक्ष र केन्द्रीय सदस्यहरु लहानु चौधरी, राजेन्द्र खनाल, हुमाकान्त तिवारी र विके श्रेष्ठ र एमालेबाट वि द्रोह गरेका तारा ढुंगेल र स्वतन्त्र व्यक्तिबाट टेकबहादुर गोताबलाई केन्द्रीय सदस्य चयन गरेको बताए ।
विश्वकर्माले एक मधेश एक मदेशको बहानामा नेपाललाई टुक्राउने षड्यन्त्र भइरहेको, सीमा मिचिएको, भारतीयलाई नागरिकता दिइएको भन्दै त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment