वीरगंज, ११ माघ/ मधेशी जन अधिकार फोरम नेपालको केन्द्रीय सदस्य आशा चतर्ुर्वेदीले मधेशी महिला संचारकर्मी उमा सिंहको बर्बरतापर्ूवक हत्या गर्ने हत्यारा र अन्य महिला संचारकर्मीमाथि फोन धम्की दिनेलाई सरकारले तुरुन्तै कारबाही गर्नुपर्नेमा जोड दिएकी छन् ।
आज रिपोर्र्टर्स क्लब नेपाल पर्साले होटल सिजनमा आयोजना गरेको साक्ष्ँात्कार कार्यक्रममा बोल्दै उनले महिलाहरुको हक-अधिकार सुनिश्चित गर्न आन्दोलनमा उत्रन आहवान गरेकी छन् ।
पिछडिएका महिलाहरुलाई सरकारले निःशुल्क शिक्ष्ँा, उपचार, रोजगारको व्यवस्था मिलाउन आग्रह गर्दै उनले भनिन- मैले आफनो हक अधिकारको लागि घरदेखि नै आन्दोलन गरेको थिएं । चतर्ुर्वेदीले महिलाहरुको हक, अधिकारको लागि फोरम सधैं सक्रिय रहेको बताउंदै लाज, शरम छोडेर आफू राजनीतिमा आएको बताइन् । उनले भनिन- महिलाहरुको हक अधिकार सुनिश्चित गर्न नै म पार्टर्ीी आएको हंु ।
मधेश आन्दोलनमा जेल जीवनसमेत बिताएकी चतर्ुर्वेदीले महिलालाई राजनीतिको आवश्यकता रहेको भन्दै उनले भनिन- महिलाहरु घरको चुलोचौकामा मात्र सीमित नभइ बाहिरी संसारको गतिविधि पनि अवलोकन गरे महिलाहरुको आत्मविश्वास बढछ ।
कार्यक्रममा अर्का अतिथि सुनीता साह र मिनी सिंहले महिला अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएकी थिइन् ।
रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
रिपोर्टस क्लब नेपाल पर्साको प्रेस विज्ञप्ति
वीरगंज, ११ माघ/ अज्ञात समूहले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य यशोदा तिम्सिना र नेपाल समाचारपत्रका सहसम्पादक लेखनाथ अधिकारीलाई ज्यान मार्ने धम्की दिएको घटनाको रिपोर्र्टर्स क्लब नेपाल पर्सर्ाा घोर भर्त्सना एवं निन्दा गरेको छ ।
आज क्लबका अध्यक्ष कन्हैया गुप्ताले एक प्रेस विज्ञप्ति जारी गरी घरमै पुगी तिम्सिना र अधिकारीलाई धम्की दिइनुलाई सिंगो प्रेसमाथिकै धम्की भन्दै क्लब अपराधिहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरेको उल्लेख छ ।
पत्रकारहरु असुरक्षित हुने क्रम बढ्दै जादा राजधानीमै धम्की र आक्रमणको प्रयास हुनुले शान्तिसुरक्षाको गम्भीर अवस्थालाई टड्कारो देखाएको छ । क्लब सरकारसंग पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि ठोस कदम चाल्न जोडदार माग समेत गरेको छ ।
यसैगरी कान्तिपुर टेलिभिजनका पत्रकार विजय पौडेललाई त्रिपुरेश्वरमा एक समूहले आक्रमण गरेको घटनाको रिपोर्र्टर्स क्लब नेपाल घोर भर्त्सना एवं निन्दा गर्दछ । मोटरसाइकल रोकी हातपात गरी मोबाइल सम्म खोसिदा पनि सुरक्षा नहुनुले पत्रकारहरु असुरक्षित बन्दै गएको स्पष्ट हुन्छ ।
पत्रकारमाथि आक्रमण र धम्की दिनेमाथि तत्काल कारबाही र दण्डहीनताको अन्त्य गरी पत्रकार प्रेसमाथि आक्रमण गर्नेहरुमाथि कडाभन्दा कडा कारबाही गरी सुरक्षाको सुनिश्चितता गर्न माग गर्दै पत्रकारहरुको असुरक्षा कायम रहे जारी आन्दोलनलाई अझ सशक्त बनाउदै गम्भीर कदम उठाउने चेतावनी दिएको विज्ञप्तिमा उल्लेख छ ।
दलित जनजाति पार्टीको महाधिवेशन २७-२९ माघमा
काठमाडौं, ११ माघ/ दलित जाजाति पार्टीको प्रथम महाधिवेशन माघको २७, २८ र २९ मा राजविराजमा हुनेभएको छ । र्सवपक्षीय लोकतान्त्रिक नयां संविधान, पूर्ण समानुपातिक आरक्षणको सुनिश्चिततासहितको नेपाल नाराका साथ महाधिवेशन गर्न लागेको पार्टी अध्यक्ष विश्वेन्द्र पासवानले बताए ।
पासवानका अनुसार महाधिवेशनमा भाग लिन भारतका दलित आन्दोलनका नेताहरु पनि आउदैछन् । विभिन्न देशबाट नेताहरुलाई निम्तो दिइसकेको बताउदै महाधिवेशनमा शुभकामना दिन आउने सूचना प्राप्त भइसकेको बताए ।
महाधिवेशले नेतृत्व र केन्द्रीय समितिको निर्वाचनबाट चयन गर्ने कार्यक्रम बनाएको छ । पासवानले महाधिवेशनले लोकतन्त्रको संस्थागत विकास, राष्ट्रियता, मुलुकको अखण्डता र समानुपातिक आधारमा अधिकारको सुनिश्चितताबारे छलफल गरी आगामी कार्यनीति तय गर्नेछ ।
दलित अधिकारका लागि सक्रिय उक्त दलको प्रथम अधिवेशनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
धादिङमा जिल्लास्तरीय हाजिरीजवाफ
धादिङवेसी, ११ माघ । धादिङमा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । धादिङवेसीमा सम्पन्न प्रतियोगितामा सरस्वती मावि प्रथम, बागेश्वरी मावि द्वितीय र ब्रार्इर्टस इंग्लिस बोर्डिङ स्कुल तृतीय भएका छन् ।
धादिङ अस्कल युनीयनको आयोजनामा भएको प्रतियोगिताका विजयीहरुलाई प्रमुख अतिथि रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले पुरस्कार वितरण गरेका छन् । पुरस्कार वितरणपछि बोल्दै धमलाले सृजनशील प्रतियोगिताले विद्यार्थीमा बौद्धिक क्षमता वृद्धि हुने बताए । उनले प्रतियोगिताका आयोजकलाई धन्यवाद व्यक्त गर्दै सूचनाको पहुंच वृद्धि र जिज्ञासु बनाउन थप कार्यक्रम ल्याउन आग्रह गरे ।
अस्कल क्याम्पसका प्राध्यापक केदार छतकुल्लीले विद्यार्थीको बौद्धिक प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिताहरु आयोजना भइरहनुपर्नेमा जोड दिए । धादिङका बुद्धिजीवी कृष्णप्रसाद दाहाल र लोकनाथ लोहनीका अलावा माओवादी नेता आभाषले पनि बोलेका थिए ।
सैनिक जवाननै अपहरणकारी
काठमाडौं, ११ माघ । अपहरण गरी फिरौती रकम माग गर्ने, उद्योगपतिहरुमाथि चन्दा आतंक मच्चाउने समूहलाई पक्राउ गर्ने क्रममा प्रहरीले सैनिक जवानलाई समेत फेला पारेको छ । राजधानीको धुम्वाराहीबाट फेला परेकामध्ये सिन्धुपाल्चोकका कान्छा राउत सेनामा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राउतसहित, ध्रुव घिमिरे र वसन्त खड्कालाई चन्दा आतंक मच्चाइरहेको सुराकीका आधारमा फेला पारी खानतलासी लिन खोज्दा गोली प्रहार गरेका थिए । जवाफी फायरिङमा वसन्त खडकाको खुट्टामा गोली लागेको छ।
अभियुक्तहरुको साथबाट अमेरिकन पिस्तोल १ थान, चाइनिज पेस्तोल १ थान र सात राउण्ड गोलीसमेत फेला पारिएको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरीले राजधानीका विभिन्न स्थानबाट डकैतीमा संलग्नहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लुद्रबहादुर घर्तीमगर, किसान वगाले, प्रल्लहाद थापामगर, सन्तोस गुरुङ, रविन्द्र थापामगर छन् । डकैती समूहका दिनेशविक्रम थापा, नारायणबहादुर घर्तीमगर र प्रेमबहादुर लामा फरार छन् ।
उक्त समूहबाट कटुवा पेस्तोल १ थान, सेमी अटोमेटिक पेस्तोल १ थान, गोली ७ राउण्ड र त्यसको म्यागाजिन १ थान फेला परेको छ । प्रहरीले चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । काठमाडौंको विशालनगरस्थित बिना प्रजापतीको घरमा चोरी गरिरहदा सुरज स्याङतान, मदन परियार र भरत वि.क. पक्राउ परेका हुने । पक्राउ परेकामा परियार मात्र १४ वर्षका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment