इन्टर स्कूल भोजपुरी नृत्य प्रतियोगिता
Posted on Jan 24, 2009 by mukesh in
वीरगंज, ११ माघ/ लायन्स क्लब अफ वीरगंज र मारवाडी महिला मंचको संयुक्त आयोजनामा भोजपुरी नृत्य प्रतियोगिता सम्पन्न भयो ।
वीरगंजका विभिन्न १२ वटा विद्यालयका छात्रछात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।
भोजपुरी नृत्य प्रतियोगितामा प्रथम ओसीस इंगलिस स्कूल, दोश्रो ग्रेस बोर्डिङ स्कूल र तेस्रो ज्ञानज्योति स्कूल भएका छन् भने वेस्ट डे्रसको उपाधि पनि प्रथम पुरस्कारविजेता ओसिस इंगलिस स्कूलले हात पार्न सफल भएका छन्।
लायन्स क्लब अफ वीरगंजका अध्यक्ष मनोहर टिवडेवालको सभापतित्वमा सम्पन्न प्रतियोगिताको प्रमुख अतिथि डिष्ट्रिक गर्भनर लायन संजय खेतान रहेका थिए ।
मलेशियामा रहेका नेपालीको रोजगार सुरक्षाका लागि पहल शुरु
काठमाडौं, ११ माघ । श्रम तथा यातायात व्यवस्थामन्त्री लेखराज भट्टले मलेशियामा रहेका नेपाली कामदारको रोजगारको सुरक्षाका लागि सरकारले पहल शुरु गरिसकेको बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेपाली कामदारलाई र्फकननपर्ने अवस्था सृजनाका लागि मलेशियाली सरकारसंग विभिन्न माध्यमबाट कुरा अगाडि बढाइएको बताए । उनले भने,'भरसक र्फकन नपर्ने अवस्था सृजना गरिनेृछ, होइन भने विकल्पका रुपमा अन्य मुलुकमा रोजगारीका लागि जाने वातावरण बनाइनेछ ।'
विश्व आर्थिकमन्दीले वैदेशिक रोजगारमा नकारात्मक प्रभाव पर्न नदिन सरकारले विभिन्न विकल्पहरु अगाडि बढाएको बताए । विकल्पहरु खोज्नेक्रममा जापानलगायत बढी रेमिटेन्सको सम्भावना रहेका मुलुकमा नेपालीलाई रोजगारीका लागि पठाउन पहल भइरहेको उनको भनाई थियो ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षातकारमा बोल्दै मन्त्री भट्टले मन्त्रिपरिषदमा वैदेशिक रोजगारमा परेको प्रभावबारे छलफल हुने बताए । प्रधामन्त्री प्रचण्ड र अर्थमन्त्री डा.बाबुराम भट्टर्राईसंग बसी नकारात्मक प्रभाव रोक्नेबारे कुराकानी भएको समेत बताए ।
श्रम विभागका महानिर्देशक मोहनकृष्ण श्रेष्ठले मलेशियाले विदेशी कामदारलाई प्रतिबन्ध लगाएबाट आफूहरु गम्भीर भएको बताए । मेलेशियाली राजदूतावासमार्फ नेपाली कामदारलाई प्रतिबन्ध नलगाउन र नफर्काउन आग्रह गरिने बताए । मलेशियामा रहेको नेपाली राजदूतावासलाई पनि कामदार नफर्काउने वातावरण निर्माणका लागि सक्रिय बनाउने उनको भनाई थियो । मलेशियाबाट नेपाली कामदार प्रतिबन्धित भए मासिक साढे दर्ुइ अर्बको रेमिटेन्समा असर पर्नसक्ने बताए । मलेशियामा मासिक ३५ सय नेपाली कामदार जानेगरेकोमा असर परिसकेको बताए ।
मनी ट्रान्सफर व्यवसायी चन्द्रप्रसाद ढकालले मलेशियामा नेपालीहरु जान रोकिए हाल नेपाल भित्रिइरहेको मासिक साढे दर्ुइ अर्ब रेमिटेन्समा नकारात्मक असर पर्ने बताए । तत्कालका लागि रेमिटेन्समा कुनै असर नपरेको उनको भनाई थियो । सरकारले पहल गरे नेपाली कामदार प्रतिबन्ध नहुने अवस्था आउनसक्ने बताए । मलेशियाले सेवा र उत्पादन क्षेत्रमा विदेशी कामदारलाई रोकेको बताउदै भने,'सुरक्षा क्षेत्रमा कामदारलाई प्रतिबन्ध लगाएको छैन, नेपालीहरु बढी रहेकाले ठूलो असर पर्दैन ।' उनले निर्माण र कृषि क्षेत्रमा पनि नेपालीलाई रोजगारको अवसर सृजना गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तिलक रानाभाटले विश्वआर्थिक मन्दीले वैदेशिक रोजगारमा नकारात्मक असर पर्नथालेको बताए । मलेशियामा विदेशी कामदार प्रतिबन्ध भएलगत्तै त्यस क्षेत्रमा सक्रिय ४ सय रोजगार व्यवसाय संस्थाहरु प्रभावित भइसकेको बताए । कामदार प्रतिबन्ध लागेपछि होटल, वायुसेवालगायतका क्षेत्रमा पनि असर पर्नथालेको बताउदै भने,'सरकारले तत्काल पहल गरेर नेपाली कामदारलाई फर्काउनबाट रोक्न या अन्य विकल्प प्रदान गर्नुपर्छ ।'
वैदेशिक रोजगार व्यवसायी संघका पर्ूव अध्यक्ष दानबहादुर तामाङले सरकारले रोजगारीका सिलसिलामा रहेका नेपालीहरुलाई र्फकन नपर्ने अवस्था सृजना गर्नुपर्ने बताए । तत्काल समस्याको समाधान ननिकाले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्ने ध्यानाकर्षा गराउदै भने,'मलेशियामा रहेका नेपाली राजदूतलाई कामदार र्फकन नपर्ने अवस्था सृजनाका लागि सक्रिय बनाउनर्ुपर्छ ।'
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले वैदेशिक रोजगारलाई सुरक्षित बनाउनुपर्ने बताए । उनले बढी रेमिटेन्स भित्रिने देशहरुमा सरकारले रोजगारका लागि जानसकिने वातावरण निर्माण गर्नुपर्ने बताए ।
रिपोर्र्टर्स क्लब नेपालमा कालोपट्टी बांधेर कार्यक्रम
काठमाडौं, ११ माघ/ पत्रकार उमा सिंह हत्याको विरोधमा देशभरका पत्रकारहरुले कालोपट्टी बांधेर काम गरेका छन् । आज रिपोर्र्टर्स क्लब नेपालमा पनि अध्यक्ष ऋषि धमलासहितले कालोपट्टी बांधेर कार्यक्रम गरेका छन् ।
श्रममन्त्री लेखराज भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी पत्रकारहरुले पनि कालोपट्टी बांधेका थिए। अध्यक्ष धमलाले उमा सिंहका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment