वीउमनपामा ब्रहमलुट

Posted on
  • Jan 23, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १० माघ/ वीरगंज उपमहानगरपालिकाले नगर क्षेत्रबाट घरजग्गा कर, उद्योग व्यवसाय कर, नक्सा पास कर लगायत विभिन्न शर्ीष्ाकका कर र दस्तुरहरुको नाममा संकलित रकमहरुमा ब्रह्मलुट भएको आरोप राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीर्सर्ाा लगाएको छ ।
    आज नेपाल पत्रकार महासंघ पर्सर्ाा पत्रकार सम्मेलन गरी उपमनपाले आव ०६४/६५ को १ वर्षो अवधिमा चिया, नास्ता, भोजभतेर एवं सवारी गाडी भाडाको रुपमा अनियन्त्रित ढंगले ७१ लाख ९ हजार ८ सय ७३ रुपियां ६४ पैसा लूट मच्चाएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौं, स्थानीय विकास मन्त्रालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय पर्सर्ाा पत्राचार गरी ध्यानाकर्षा गराएको छ ।
    पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा राजनैतिक नेतृत्व खाली रहेको अवस्थामा भरपुर दुरुपयोग गर्दै नगरपालिकाका कार्यकारी अधिकृत लगायत कर्मचारी समूहहरुद्वारा जनताले तिरेको रकममा भ्रष्टाचार गरेको आरोप लगाउदै भ्रष्टाचारीहरुलाई कडाभन्दा कडा कारबाहीको माग गरेको उल्लेख छ ।

    उमा सिंहको तेह्रौ वाषिर्कोत्सव

    वीरगंज, १० माघ/ पत्रकार उमा सिंहको तेह्रौ पुण्यतिथिको अवसरमा नेपाल पत्रकार महासंघ पर्सर्ाा आज श्रद्धाञ्जलि सभाको आयोजना गरेको छ ।
    महासंघको सभाकक्षमा आयोजित श्रद्धाञ्जलि सभामा नेपाल पत्रकार महासंघ पर्सर्ाा अध्यक्ष शत्रुघन नेपालले स्व. उमा सिंहको तस्बिरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।
    यसैगरी नेपाल पत्रकार महासंघले आज स्व. उमा सिंहको तेह्रौ पुण्यतिथिको अवसरमा देशव्यापी श्रद्धाञ्जलि सभाको आयोजना गरेको थियो ।

    विद्यार्थीको टाउको शिक्ष्ँकले फोडे

    वीरगंज, १० माघ/ नेपाल स्काउट प्रावि इटियाही पर्सर्ाा शिक्ष्ँक आनन्दकुमार चौरसियाले सोही स्कूलको कक्षा १ मा पढ्ने ६ वषर्ीय विद्यार्थी प्रदीप पटेललाई रिसको झोकमा बे्रन्चमा ठोक्काइ टाउको फुटाएका छन् ।
    घटनापश्चात घाइतेका परिवार र स्थानीय बासीले सो प्राविमा तालाबन्दी गर्नुका साथै पीडितका आफन्तले पत्रकार महासंघ पर्सर्ाा घटना र्सार्वजनिक गरेका थिए ।

    राष्ट्रिय वाणिज्य बैंकको वाषिर्कोत्सव

    वीरगंज, १० माघ/ राष्ट्रिय वाणिज्य बैंक वीरगंजले आप\mनो ४४ औं वाषिर्कोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
    जिल्ला प्रशासन कार्यालय पर्सर्ाा प्रजिअ शंकरप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालयका निमित्त क्षेत्रीय प्रबन्धक कालीचरण बस्नेतले बैंकको आयब्यय प्रस्तुत गर्नुभएको थियो ।
    सो बैंकले २०६५ असारमा १ अर्ब ७७ करोड मुनाफा हासिल गर्नुको साथै ५ वर्षो अवधिमा कूल ५ अरब ८५ करोड मुनाफा हासिल गरी प्रतिस्पर्धी बैंकिङ बजारमा सबल बैंकको रुपमा उभ्याउन सफल भएको जनाएको छ ।
    बैंकले १२ स्थानमा एटिएम सेवा उपलब्ध गराएको छ भने यसै वर्षभत्र ३० स्थानमा थप एटिएम सेवा सुचारु गर्ने जनाएको छ । उर्जा संकटको दर्ीघकालीन समाधानमा सहयोग पुर्‍याउन हालसम्म कूल १७ मेघावाट विद्युत उत्पादनको निमित्त वित्तीय योगदान पुर्‍याउदै आएको बैंकले जनाएको छ ।

    समाजवादीको आरोप

    वीरगंज, १० माघ/ समाजवादी पार्टर्ीीर्सर्ाा आज एक प्रेस विज्ञप्ति जारी गरी तर्राईका ठाउ“-ठाउ“मा सशस्त्र प्रहरीको क्याम्प स्थापित गरी तराइबासीलाई चेकजाच गर्ने निहुमा अनावश्यक दुःख दिइरहेको आरोप लगाएका छन् ।
    आज समाजवादी पार्टर्ीी जिल्ला अध्यक्ष हरेराम पंडितले जारी गरेको विज्ञप्तिमा माघे सक्राति समय छोरीबेटीकोघरमा माइतीबाट आएकोखानेकुरा लगायत अन्य सरसामानहरु चेकजांचको निहुमा दुःख दिएको घटनाप्रति सो पार्टर्ीीे ध्यानाकर्षा भएकोमा त्यस्ता कार्य तुरुन्त रोक्न अनुरोध गरेका छन् ।

    0 comments: