वीरगंज, १० माघ । सभासद् बबन सिंहले पत्रकार उमा सिंहको हत्यारालाई कारबाइ गराउन संचारकर्मीले सशक्त आन्दोलनको कार्यक्रम गर्न आग्रह गरेका छन् ।
नेपाल सदभावना पार्टर्ीीआ) संस्थापक अध्यक्ष स्व. गजेन्द्र नारायण्ँ सिंहको ७ औं स्मृति दिवसको अवसरलाई सम्बोधन गर्दै उनले उमा सिंहको हत्यामा संलग्न १४ जना अपराधीलाइ कारबाही नगरे प्रेस स्वतन्त्रता खतरामा पर्ने औंल्याएका छन् ।
सभासद सिंहले स्व. गजेन्द्र नारायणसिंह मधेशको मसिहा भएको बताउंदै मधेशी जनताप्रति समर्पित रहेको बताए । उनले स्व. सिंहले हतियार बोकेर आन्दोलन नगरी विचारको आन्दोलन गरेको बताउदै उनको विचारलाई शिरोधार्य गर्न आग्रहसमेत गरेका थिए ।
सभासद सिंहले स्व. सिंहलाई मधेशको पिता घोषणा गराउन पहल गर्ने प्रतिबद्धता पनि दिएका थिए ।
यसैवीच आज बिहान रौतहट वेलफेयर प|mन्टले वीरगंज मेडिसिन कलेजमा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा नयां नेपाल निर्माण्ँ गर्ने वाहनामा पार्टर्ीीई आर्थिक रुपमा बलियो बनाउने काम गरिरहेको आरोप लगाएका छन् ।
उनले मुलुकमा अराजकता बढेको बताउंदै अवसरवादीहरुले पार्टर्ीीई सबल र सक्षम बनाउन तर्फलागेको बताउनुभयो । उनले भने माओवादी सभासद्ले बन्दुक बोकेर सदन भित्रै प्रवेश गर्नु, विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्नु कानुनी राज्यको खिल्ली उडाउनुसहर हो ।
सिंहले नेपालमा माओवादीले नै पत्रकारहरुको हत्या र मिडियामाथि आक्रमण्ँ गरेको आरोप लगाउंदै सभासद सिंहले माओवादीविरुद्ध लाग्न संचारकर्मीलाई आग्रह गरेका थिए । उनले भने नेपाली जनताको न्यायको लागि संधै लड्ने छु ।
रौतहटका वेलफेयर प|mन्टका अध्यक्ष्ँ मदनप्रसाद मिश्राको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने अतिथिहरुमा डा. विश्वनाथप्रसादले रौतहटमा अहिलेसम्म बबन सिंहजस्तो मान्छे नजन्मिएको बताउंदै उनलाई सरकारले झूटो आरोप लगाई फसाउन खोजेकोमा दुःख प्रकट गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment