ज्वाला सिंहका मधेश सरकार मारिए

Posted on
  • Jan 23, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १० माघ/ ज्वाला सिंहका मधेश सरकार प्रमुख तबरेज भाइ मारिएका छन् ।
    गए राति जिल्ला प्रहरी कार्यालय बाराबाट खटेका सादा पोशाकका प्रहरीहरुले ज्वाला सिंह समूहका मधेश सरकार प्रमुख तबरेज भाइलाई बाराको दक्षिण झिटकैया नजिकै पसाहा बासघारीमा लगेर कन्चटमा गोली प्रहार गरी मारेको प्रहरीले जनाएको छ ।
    यसैवीच मधेश राष्ट्रिय जनतान्त्रिक पार्टर्ीीmान्तिकारीले सो घटनाको जिम्मेवारी लिएको छ ।
    आज स्थानीय संचारकर्मीलाई फोन गरी क्रान्तिकारीका बारा, पर्सर्ाान्चार्ज सत्याले मृतक तबरेजले मधेश विरोधी कार्य गरेको भन्दै मधेशी जनतासंग चन्दा उठाउदै हिडिरहेको हुनाले आफूले हत्या गरेको जनाएको छ ।

    १२ वर्षीय केटीलाइ करणी गरेको आरोपमा पक्राउ

    वीरगंज, १० माघ/ १२ वषर्ीय केटीलाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले एक केटालाइ पक्राउ गरेको आज जनाएको छ।
    माघ ९ गते राति ९ बजे वीरगंज उपमहानगरपालिका-१५ मुर्ली निवासी श्रीपती देवी साहकी १२ वर्षीया छोरी चुनुकुमारी साहलाई पर्सा, उदयपुरघर्ुर्मी गाविस-९ निवासी १२ वर्षीय सोनालाल महतो कोइरीले जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
    हिजो सांझ सवा सात बजे सोनालालले फिल्म हेरिरहेको बेला चुनु कुमारीलाई जबरजस्ती हात समाती आफनो डेरामा ल्याइ केटीको मुखमा पट्ट िबांधेर जबरजस्ती करणी गरेको पक्राउ परेका सोनालालले बयानको क्रममा बताएको प्रहरीले जनाएको छ।
    आज दुवैजनाको मेडिकल चेकजांच गरी प्रचलित कानुन बमोजिम कारबाही अगाडि बढाइने पर्सा प्रहरीले जानकारी दिएको छ ।
    सोनालाल मुर्लीमा डेरा लिइ श्रीपुर माविमा कक्ष्ँा ७ अध्ययन गरिरहेका थिए ।

    सभासद बेगमको निर्देशन

    वीरगंज, १० माघ/ वीरगंज उपमहानगरपालिका वडा नं. १९ नगवा गाउ“मा उचित ढलको निकास गर्न पर्सर्ााोत्र नं. १ कि सभासद् करिमा बेगमले वीरगंज उपमहानगरपालिका कार्यालयलाई निर्देशन दिएकी छन् ।
    आज सो क्ष्ँेत्रमा ढलका कारण घरघरमा पानी पसेको क्षेत्र अवलोकन गर्दै सभासद् बेगमले नागा बाबाको मठमा पिउने पानीको व्यवस्था मिलाउन १ थान धारासमेत गाड्न लगाइने जनाएको छ ।

    व्यापारीमाथि लुटपाट

    हरी शर्मा
    नवलपरासी १० माघ । हतियारधारि लुटेराहरुको एक समुहले गएराति नवलपरासीका व्यापारिहरुमाथि लुटपाट मच्चाएका छन् ।
    नवलपरासीको रामनगर भुमहिमा लाग्दै आएको साप्ताहिक हाट वजार वाट टेक्टरमा सामान लोड गरि फर्किरहेका परासीका व्यापारिहरु माथि राति ९ वजे रामग्राम नगरपालिकाको जमुवाडमा हतियार देखाएर लुटपाट मच्चाएका हुन ।
    तिन वटा टेक्टरमा फर्किएका १० जना भन्दा वढि व्यापारिहरु संग वाट चार लाख भन्दा वढि रकम लुटेर लगेको स्थानिय व्यापारि चन्द्रिका अग्रहरिले वताउनु भएकोछ ।
    चार पांच जनाको समुहमा आएका लुटराहरुले व्यापारिहरु माथि कुटपिट गर्दै नगद र मोवाईल समेत लुटेर लगेको व्यापारिहरुले वताएकाछन् ।
    लुटपाट पछि नजिकै रहेको इट्टा भट्टा तर्फभाग्दै गरेका लुटेराहरुलाई खोज्ने क्रममा व्यापारिहरुले इट्टा भट्टाका मजदुर माथि कुटपिट गरेको प्रहरिले जनाएकोछ । तर व्यापारिहरुले भने मजदुर माथि कुटपिट नभएको जनाउदै लुटिएका मोवाईल सेट र झोला इट्टा भट्टा नजिक फेला परेको दावि गरेकाछन् ।
    घटनाका सम्बन्धमा जिल्ला प्रहरि कार्यालय नवलपरासीका प्रहरि उपरिक्षक श्याम वहादुर खत्रिले घटनापछि प्रहरि तत्काल घटना स्थलमा पुगेको वताउदै इट्टा भट्टाका मजदुर माथि कुटपिट भएको वताउनु भएकोछ ।
    लुटपाट मच्चाउने समुहको खोजि कार्य भैरहेको समेत नवलपरासी प्रहरिले जनाएकोछ ।

    0 comments: