पत्रकार उमा सिंहको हत्यामा माओवादी सभासद जगत यादव र श्रवण यादवको हात रहेको सभासद बबन सिंहको आरोप
Posted on Jan 22, 2009 by mukesh in
वीरगंज, ९ माघ/ संविधानसभा सभासद् बबन सिंहले जनकपुरकी महिला पत्रकार उमा सिंहको हत्यामा नेकपा माओवादीका सभासद् जगत यादव र श्रवण यादवको हात रहेको पुष्टि गरेका छन् ।
आज स्थानीय होटल मकालुमा रिपोर्टस क्लब नेपाल पर्सा शाखाद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सारथी, पंथिक, मार्गनिर्देशक पत्रकार जगतमाथि हमला गर्ने माओवादी अपराधी हो, अपराधीबाट अपराध समाप्त हुंदैन भनेका हुन् ।
उनले आफू एकदमै असुरक्षित भएको बताउदै माओवादी र फोरमविरुद्ध लड्ने चेतावनी दिएका छन् । सभासद सिंहले भने सामन्तवादी, आतंकवादी माओवादीले संविधानसभाको निर्वाचन पश्चात शासन सत्ता कब्जा गरेको छ । राजा ज्ञानेन्द्र सामन्त थिए, माओवादी महासामन्त हो ।
उनले वर्तमान वेश्या सरकारलाई लिपिष्टिक लगाएर, कर्ुता सुरुवाल पहिर्याएर बिदाइ गर्न जरुरी छ भन्दै आतंकवादीको कुनै जात र धर्म नहुने हुनाले माओवादीबाट हिमाल, पहाड र तर्राईका जनताहरुको मलाई डर हुंदैन भन्नुभयो । गौर हत्याकाण्ड र काठमाडौंको बम काण्डमा मेरो नाम जोडियो, उनले भने-गणतन्त्र गुण्डातन्त्र भयो ।
उनले माओवादीले राष्ट्रियताको नाममा आतंक फैलाएको छ, चीनको इशारामा सरकार चलेको आरोप लगएका छन् ।
उनले माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादव कोही कसैको विरोधी होइन, मधेशको नाममा मधेशी बदनाम भइरहेको बताउनुहुंदै म मर्न सक्दछु तर सरकारसंग शिर झुकाउन सक्दिन बताएका थिए ।
कार्यक्रम रिपोर्टस क्लब नेपाल पर्सा शाखाको अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न भएको थियो ।
पत्रकारहरुद्वारा हस्ताक्षर संकलन
वीरगंज, ९ माघ/ पत्रकार उमा सिंहको हत्याको विरोधमा स्थानीय संचारकर्मीले हस्ताक्षर संकलन गरी विरोध जुलुस पर््रदर्शन गरेका थिए ।
आज होटल मकालु अगाडि भेला भएका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय, पर्सामा संकलित हस्ताक्षर बुझाएको हो ।
पत्रकार उमा सिंहको हत्यारालाई कारबाही गर, दण्डहीनताको अन्त्य गर लेखिएको सेतो कपडामा पर्सर्ेे संचारकर्मीहरुले हस्ताक्षर गरेका थिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दास, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष शत्रुघ्न नेपालले नेतृत्व गरेको विरोध जुलुसमा गृहमन्त्री राजीनामा दे, संचारमन्त्री राजीनामा दे, निकम्मा सरकार मर्ुदावाद, शान्ति सुरक्षाको बहाली गर, प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर आदि नारा लगाएका थिए ।
देशव्यापी रुपमा उमा सिंहको हत्याको विरोधमा दोश्रो चरणको संर्घष्ाको कार्यक्रम अर्न्तर्गत बिहीवार विरोध र्याली पर््रदर्शन गरिएको छ ।
यसैवीच नेपाल समाजवादी पार्टर्ीीर्साले पत्रकार उमा सिंहको हत्यारालाई कारबाहीको माग गर्दै वीरगंजको घण्टाघरमा धर्ना बसेका थिए ।
नेपालगन्जमा घरेलु हिंसाको मुद्दामा दर्ुइजना दोषी ठहर भएपछि पीडित तथा अन्य व्यक्तिहरू खतरामा
नेपालगंज, ९ माघ /उच्चायुक्तको कार्यालय-नेपाल बा“के जिल्ला अदालतद्वारा माघ ६ गते निर्ण्ँय गरिएको हसरुन इद्रिसीको मुद्दामा आफनो संलग्नतालाई लिएर पीडित, मानवअधिकार रक्षक तथा अन्यले पाएको धम्कीका रिपोर्टहरूबारे अत्यन्त चिन्तित भएको छ ।
आज एक प्रेस विज्ञप्ति जारी गरी अदालतले इद्रिसीका पति तथा निजको परिवारका एक सदस्यलाई इद्रिसीलाई २०६४ कात्तिक २० गते आगो लगाएर हत्या गर्ने उद्योग गरेकोमा दोषी ठहर गरेको विषयको महत्त्वलाई उच्चायुक्तको कार्यालय-नेपालले ध्यानमा लिएको छ। त्यो घटनामा उनी गम्भीर रूपमा जलेकी थिइन्।
पीडित, उनको परिवार, प्रत्यक्षदर्शी, पीडितलाई प्रतिनिधित्व गर्ने वकिलहरू तथा अन्य मानवअधिकार रक्षकहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरी तथा प्रमुख जिल्ला अधिकारीलगायतका राज्यअधिकारीहरूलाई राष्ट्रयि कानुनअर्न्तर्गतका आङ्खना दायित्वहरूअनुरूप उपायहरू लिन यो कार्यालय जोडदार आग्रह गर्दछ।
इद्रिसीको घटनाले घरेलु हिंसाको गम्भीर मुद्दातर्फध्यानाकर्षण्ँ गराएको छ। उच्चायुक्तको कार्यालय-नेपाल अन्तर्रर्ााट्रयि मापदण्डअनुसारको घरेलु हिंसासम्बन्धी सशक्त कानुनलाई प्राथमिकताका साथ पारित गर्ने कुरा सुनिश्चित गर्न सरकारलाई प्रोत्साहन गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment