वीरगंज, २५ पुस/ मधेशी जन अधिकार फोरम मधेशका अध्यक्ष भाग्यनाथ गुप्ताले मधेश आन्दोलन जारी रहेको बताउंदै मधेशवादी अन्य दलहरुले मधेशीलाई फेरि पनि धोका दिएकोले सम्पर्ूण्ा मधेशीहरुलाई र्सतर्क रहन आहवान गरेका छन् ।
आज स्थानीय पुरानो टिवडेवाल धर्मशालामा मधेशी महिला फोरम मधेश, मधेशी विद्यार्थी फोरम मधेश, मधेशी युवा फोरम मधेशको त्रिदिवसीय संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
मधेशका २२ जिल्लामा करिब ५ सय विद्यार्थी, युवक र महिला प्रतिनिधिहरुको सहभागिता रहेको उक्त सम्मेलनमा समग्र मधेश एक स्वायत्त प्रदेशलाई स्थागित गराउन जारी गरिनुपर्ने आन्दोलनका सम्बन्धमा राजनीतिक प्रतिवेदन मधेशी जन अधिकार फोरम मधेशका अध्यक्ष भाग्यनाथ गुप्ताले प्रस्तुत गर्ने छन् ।
यस अघि मधेशको एक जुलुसले नगर परिक्रमा गरी जय मधेश नारा घन्काएका थिए । समग्र मधेश स्वायत्त प्रदेश मधेशीहरुको मागलाई स्थापित गराउन दबाबमूलक र्याली पर््रदर्शन भएको आयोजकहरुले बताएका हुन् ।
राप्रपाको प्रथम क्ष्ँेत्रीय सम्मेलन उद्घाटन
लोडसेडिङ माओवादी र एमालेको कारण
वीरगंज, २५ पुस/ राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी अध्यक्ष पशुपति शम्शेर जबराले शान्ति सुरक्ष्ँा र लोडसेडिङको अभावले गर्दा मुलुकका सम्पर्ूण्ा उद्योगहरु बन्द भइरहेको आरोप लगाउनुभयो ।
उहाले भन्नुभयो नयां नेपाल निर्माण गर्ने सरकारको अभिव्यक्तिलाई लोडसेडिङले उजागर गरेको छ । नयां नेपाल होइन मैनबत्ती बालेर खोज्नुपर्ने नेपाल भएको छ ।
आज राप्रपाको क्षेत्रीय सम्मेलनको उदघाटन गर्दै उहांले १३ वर्षअगाडि आफूले वीरगंजमा भएको आमसभामा मधेशी रेजिमेन्ट सेनामा हुनुपर्ने कुरा स्मरण गराउदै राप्रपा मधेश र मधेशीको सम्मानमा सदा अगाडि बढ्ने र मधेशीलाई कहिल्यै धोका नदिने बताउनुभयो ।
५ महिनादेखि चलेको सरकारले नेपाली जनताको अमन, चयन, सुरक्ष्ँा जनताले चाहेको थियो त्यसको विपरित भएको छ। अहिले दिनहु हत्या, हिंसाको घटना बढीरहेको बताउनुभयो ।
माओवादीले धर्म भनेको अफिम रहेको कारण धर्ममाथि हस्तक्षेप गरेको बताउदै राणाले आस्तिकहरुको मुलुकलाई नास्तिकमा परिणत गरेको बताउनुभयो । उहाले पशुपतिमा रहेको सम्पत्ति हडप गर्ने उद्देश्यले पार्टर्ीी पशुपति विकास कोषको अध्यक्ष्ँमा गोपाल राइलाई अध्यक्ष्ँमा नियुक्त गरेको भन्दै गोपाल राइ इसाइ भएको आरोप लगाउनुभयो ।
उहाले देशको सुरक्ष्ँा सेनाले गर्ने हो, सेनामाथि हस्तक्षेपको निर्ण्र्ााफिर्ता लिन आग्रह गर्नुभयो ।
उद्घाटन सत्रमा पर्ूव प्रधानमन्त्री एवं राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द, केन्द्रीय कोषाध्यक्ष्ँ एवं वीरगंज उपमहानगरपालकाका पर्ूव मेयर विमल श्रीवास्तवलगायतको उपस्थिति थियो ।
दुइ दिने मध्यमाञ्चल तराइ मधेश विशेष क्षेत्र प्रथम क्षेत्रीय सम्मेलनमा नारायणी, सगरमाथा र जनकपुर ११ जिल्लाका करिब ५०० प्रतिनिधिहरुको सहभागिता रहेको र स्थानीय महिलाहरुको उल्लेख्नीय उपस्थितिले सम्मेलन स्थल नगरसभा गृह खचाखच भएको थियो ।
सो सम्मेलनमा मोहनप्रसाद यादवले मधेशको समस्या एवं चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
राप्रपाले संविधान निर्माण गरी संविधानसभामा प्रसतुत गर्ने भएकोले संविधानमा तर्राईको एजेन्डा समावेश गराउन विशेष सुझाव र छलफलका लागि सम्मेलन गराइएको राप्रपा श्रोतले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment