वीरगंज, २४ पुस/ युथ फोर्स पर्साका कार्यकर्ताले एक र्सवसाधारणलाई अनाहकमा कुटपिट गरी अपहरण बनाएर ३ लाख फिरौति रकम लिएको घटना खुलासा भएको छ ।
आज रिपोर्टस क्लब नेपाल पर्साको साक्ष्ँात्कार कार्यक्रममा वीरगंज-१३ निवासी अमितकुमार वर्ण्र्ाालले सो आरोप लगाएका हुन् ।
पुस २० गते काम विशेषले रात्रि बसमा वीरगंज बसपार्कबाट काठमाडौं जाने क्रममा युथ फोर्स बताउने केही व्यक्तिले लागू औषध ओसारपसार गर्ने आरोप लगाई वर्ण्र्ााललाई अपहरण गरी घण्टाघरको पाख्रिन लजमा मरणासन्न हुने गरी कुटपिट गर्नुका साथै ३ लाख फिरौति लिएको घटना र्सार्वजनिक गरेका थिए ।
साक्ष्ँात्कार कार्यक्रममा वर्ण्र्ाालले आफूलाई युथ फोर्स पर्साका कार्यकर्ता बताउने अजय कुशवाहा -कमान्डर), अनिल चौधरी, अच्छेलाल र रामबाबू भन्ने अभिषेक -पर्सा, एसपीका घुमुवा) ले अनाहकमा कुटपिट गरेर अपहरण गरी बेपत्ता बनाइ ३ लाख फिरौती लिएर छाडेको बताए ।
युथ फोर्सका अरविन्दले आफूलाइ घटनाको जांचबुझ गर्ने बताए । उनले फिरौति रकम फिर्ता गराउने वचनबद्धतासमेत व्यक्त गरेका थिए ।
पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी गरेपछि अपहरित वर्ण्र्ााललाई थुनिएको पाख्रिन होटलका कर्मचारीहरुलाई प्रहरीले हिरासतमा लिएको बुझिन आएको छ ।
अन्यायमा परेका पीडितले न्याय पाउनका लागि पत्रकार सम्मेलनको आयोजना गरी सहयोग र फिरौति रकम ३ लाख फिर्ता गराइदिन आग्रह गरेका थिए ।
संचार साक्षरता अभियान अन्तरक्रिया
वीरगंज, २४ पुस/ अस्मिता महिला प्रकाशन समूह, संचार तथा श्रोत संस्था काठमाडौं नेपाल र फिनल्यान्ड राजदूतावास काठमाडौंको संयुक्त आयोजनामा संचार साक्षरता अभियान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
आज वीरगंजको कलवार कल्याणकारी समितिमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा अञ्जु क्षेत्री, मञ्जु थापा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुघन नेपाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दास, दिपेन्द्र चौहान, प्रहरी सहायक निरीक्ष्ँक सानुमाया महर्जन, चन्द्रकिशोर झालगायतलेे बोलेका थिए ।
अस्मिता काठमाडौंकी अञ्जु न्यौपानेले नेपाली संचार माध्यममा लैंगिक संवेदनशीलता विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन ।
कार्यपत्रमा स्थानीय ६ वटा दैनिक, २ साप्ताहिक, राष्ट्रिय दैनिक पत्रिका, एफएम, टेलिभिजनमा प्रकाशित समाचारहरुको बारेमा अध्ययन तथा विश्लेषण गरिएको थियो ।
रुढीवादी सोचाइ र अन्धविश्वासले पिछडिएका नेपाली महिलाहरुलाई आफनो मानसमा जमेको धुलो बढारेर छुट्टै अस्तित्व र पहिचानका लागि संर्घष्ा गर्नु निकै चुनौतिपर्ूण्ा काम भएको उल्लेख छ । नेपालमा पत्रकारिता क्ष्ँेत्रमा पुरुषहरुकै बढी बाहुल्य भएकोले सम्भवत पुरुषकै आत्मनिष्ठताको प्रभाव पत्रकारिता लेखनमा परेको पाइन्छ । पत्रकारितामा महिला भोगाइ, सोचाइ र भावनालाई समेटेर महिलाकै दृष्टिकोणबाट प्रस्तुत गर्दा राम्रो हुने र संचार जगत तथा राजनीतिमा महिलाको गुणात्मक सहभागिताको लागि संरचनागत परिवर्तनका साथ पुरुष पत्रकार संगसंगै महिला पत्रकारहरुको पनि दायित्व देखा परेको उल्लेख गर्दै महिलाहरुलाई लैंगिक दृष्टिकोण सम्बन्धी तालिम संचार माध्यममा महिलाको अपरिहार्य भूमिका हुने कुरामा जोड दिइएको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment