वीरगंज, २५ पुस/ अम्बे सिमेन्ट उद्योग परवानीपुरका व्यवस्थापन पक्षले कुटपिट गरेको आरोप लगाउंदै मजदुरहरुले १ घण्टा चक्काजाम गरेका थिए ।
आज बिहान ८ बजेदेखि ९ बजेसम्म परवानीपुर-वीरगंज सडकखण्ड अम्बे सिमेन्टका मजदुरहरुले अवरुद्ध गरेका थिए ।
व्यवस्थापन पक्षले बाहिरबाट केही मानिस बोलाइ गए राति १० बजे मजदूरहरु हस्मिन राम, उमेशप्रसाद कर्ुर्मी, राजेन्द्रप्रसाद सहनीलाई कुटपिट गरी घाइते बनाएको विरोधमा मजदूरहरुले चक्काजाम गरेका हुन् ।
व्यवस्थापन पक्ष र मजदुरबीच आपसी सहमतिपछि सो सडकखण्ड सुचारु भएको थियो ।
किर्ते बिल बनाइ प्रअद्वारा रकम हिनामिना
वीरगंज, २५ पुस/ पर्साको रामनगरी गाविसस्थित दे.दे. माविका प्रधानाध्यापक राजेश पंडितले किर्ते बील बनाइ रकम हिनामिना गरेको आरोप विद्यालय व्यवस्थापन समितिले लगाएको छ ।
२०६१ मंसिर महिनादेखि हाजिर भएका प्रअ पंडित महिनामा १५/२० दिन मात्र विद्यालयमा आउने गरेको तथा सादा कागजको बील बनाएर खर्च देखाइ रकम निकालेको आरोप लगाउदै विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारीहरुले जिल्ला शिक्ष्ँा कार्यालय, पर्सर्ाा सामाजिक लेखा परीक्षण गराइ पाउ भनी उजुरी दिएपछि स्थानीय स्तरमा छानबिन समिति गठन गरिएको हो ।
सो समितिका एक सदस्यका अनुसार प्रअले खर्च गरेको रकम धेरैजसो बील भ्याट नै नभएको तथा मोटरसाइकल, मोबाइल रिचार्ज, खाना, नास्ता, पेट्रोल लगायतको खर्च देखाइ नक्कली बिल बनाइ रकम लिएको बताइन्छ । हाल प्रअ पंडित नक्कली भ्याट बिल बनाउने दाउमा भौतारिरहेको समाचार स्रोतले जनाएको छ ।
मोहर्रम पर्वः तामसपूर्ण तमासा
वीरगंज, २५ पुस/ मुस्लिम समुदायको महान पर्व मोहर्रमको उपलक्ष्यमा वीरगंजका मुस्लिम समुदायले तामसपूरर््ण्ा तमासा प्रदर्शन गरेका थिए ।
बिहीवार आ-आफना घरबाट भाला, खुकुरी, तरबार, लाठी लिएर निस्किएका ससाना बालबालिका, युवा र वृद्धाहरुले नगरका विभिन्न भागमा भेला भइ दिनभर तमासा प्रदर्शन गरेका थिए ।
मुस्लिम नवजवान कमिटीका अध्यक्ष महम्मद सर्फुदिन ँपप्पु’ले महम्मदका नाती इमाम हसन हुसेनले विश्वमा भलाइको सन्देश फैलाइरहेको अवस्थामा तत्कालीन राजाले कर्बलामा उनको हत्या गर्न लगाएको र इमामले शहादत प्राप्त गरेको सम्झनामा प्रत्येक वर्षमहर्रम पर्व दाहा मनाइने गरिएको बताएका छन् । गहवा, रामटोल, मुर्ली, छपकैया, लाठ गल्ली वरपरका मुस्लिम समुदायको गोलले लाठी, भाला, खुकुरी ड्रमसेट, तासाबाजाको तालमा बडो उत्साह र साहसका साथ सडकमा नचाएर सडकमा हिंडने बटुवाहरूलाई मनोरञ्जन गराइ मुस्लिम एकता र वीरताको पर््रदर्शन गरेका थिए ।
महावीर रोड नजिक प्रदर्शित खेल तमासामा तरबारले पेट वारपार गरेका, खुट्टामा साङलाले बा“धिएको, शरीरभरि कृत्रिम रगतले लतपतिएका एक युवकले तरबार नचाएको दृश्य बडो आर्श्चर्यलाग्दो थियो ।
भ्यू टावर रेखदेखको जिम्मेवारी जिविसलाइ
तुलसा बस्नेत
दामन, २५ पुस/ मकवानपुरको दामनमा रहेको भ्युटावर रेखदेखको जिम्मा जिल्ला विकास समिति मकवानपुरले दामन गाउं विकास समितिलाई दिएको छ ।
जिविस मकवानपुरले तत्कालका लागि रेखदेख र सञ्चालनका लागि दामन गाविसलाई जिम्मेवारी दिएको हो ।
जिविसले योजना र नीति बनाएर सञ्चालनको प्रक्रिया सुरु गर्नुपर्ूव गाविसलाई रेखदेखको जिम्मा दिएको जिविसका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले भन्नुभयो ।
र् पर्यटकीय विकासका लागि २०१३ सालमा स्थापना गरिएको भ्युटावर पर्यटन मन्त्रालयले जिविस मकवानपुरलाई स्वामित्व हस्तान्तरण गरेकेा थियो । २०३६ देखि स्वर्गीय रुपचन्द्र बिष्टले सञ्चालन गर्नुभएको भ्युटावर २०४९ सालदेखि ठेक्कामा र्सलाहीका सुवास काफ्लेलाई सञ्चालनार्थ दिइएको थियो । काफ्लेले १६ वर्षेखिको ठेक्कावापतको रकम नबुझाएपछि मन्त्रालयले जिविस मकवानपुरलाई भ्युटावर हस्तान्तरण गरेको हो ।
विश्वका १४ सर्वोच्च हिमशिखरमध्ये दामनको भ्युटावरबाट ८ वटा हिमशृङ्खला देख्न सकिन्छ ।
पश्चिम नेपालमा जारी कमलरी प्रथाको अन्त्य तथा कमलरीको पुनस्थापनको माग गर्दै कमलरी प्रतिनिधिहरुले आज उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमसँग भेटघाट गर्दैछन् ।
कमलरी मुक्तकालागि साझा मंच
काठमाडौं, २५ पुस/ आज बिहान ११ बजे सिहदरबारमा गृहमन्त्रिलाई आफ्ना समस्याकाबारे जानकारि गराउने कमलरि मुक्तिका लागि साझा मञ्चका अध्यक्ष उर्मिला चौधरी जानकारी दिनुभयो ।
थारुहरुको महान पर्व माघीको अबसरमा हुदै आएको कमलरि लेनदेनको प्रथा रोक्न, कमलरी मुक्तीको घेाषणा गरी पुनस्थापना, शिक्षा दिक्षा, एबँ गास वास कपासको व्यवस्था गर्न गृहमन्त्रिको ध्यानाकर्षा गरिने चौधरिले बताउनुभयो ।
राप्तीरोड महोत्सव सुरु
तुलसा बस्नेत
दामन, २५ पुस/ आज हेटौंडामा राप्तीरोड महोत्सव तथा खाना महोत्सवको आयोजना हुँदैछ ।
गत वर्षेखि सुरु गरिएको महोत्सवको स्टल निर्माण र प्राविधिक कामहरु गएराति नै सकिएको बताईएको छ । फ्लाइङ इगल युथ क्लब तथा होटल व्यवसायी सङ्घ मकवानपरको आयोजनामा हुने यसवर्षो राप्तीरोडमा महोत्सवमा ५० स्टल रहेन क्लबको अध्यक्ष निरज बैद्यले बताउनुभयो ।
नेकपा मालेका महासचिव एवम् सभासद् सिपी मैनालीले उद्घाटन गरेपछि महोत्सव बिहान ९ बजे देखि सुरु हुदैछ।
यसैवीच हाम्रो आधार आर्थिक सामाजिक बिकासको पर्ुवाधार भन्ने नारका साथ आजबाट तनहुँ महोत्सव सुरु हुदैछ । १० दिन सम्म चल्ने महोत्सवको सवै तयारी पुरा भएको आयोजकले बताएका छन् ।
महोत्सवका लागि एक सय ५५ वटा स्टल रहने छन् । महोत्सवमा चितवनको सौराहाबाट ल्याइने हात्ताी मुख्य आर्कषणको केन्द्र रहने महोत्सवका निर्दैशक शन्तिरामा वाग्लेेले जाकारी दिनुभयो । महोत्सवमा आन्तरीक तथा बाह्य गरी दुइ लाख पर्यटक भित्राउने र दुइ करोडको बराबरको अर्थिक कारोवार हुने महोत्सव मुल समारोह समितिले जनाएको छ ।
तनहु उधोग बणिज्य संघ, जिल्ला बिकास समिति , व्यास नगरपालीकाको आयोजना तथा तनहु उधोग बाणिज्य संघ दमौली बजार एकाइ ,नेपाल आदीवासी जनजाती समन्वय परिषिद्को , सहआयोजनाका हुने महोत्सको सभामुख सुभासचन्द्र नेम्वाङले गर्ने कार्यक्रम रहेको छ ।
समग्र चितवनको पहिचान गराउने चितवन महोत्सव २०६५ आजबाट सुरु हुदै छ । चितवनको नारायणी नदी किनारमा सुरु हुने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले बिहान साढे ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ । उद्योग वाणिज्य संघ नारायणगढको सकृयतामा २०५३ साल देखि हरेक दूइ दूइ वर्षा संचालन हुदै आएको महोत्सवको जिल्ला विकास समिति चितवन, भरतपुर नगरपालिका , रत्ननगर नगरपालिका र उद्योग वाणिज्य संघ रत्ननगर चितवन महोत्सवको संयुक्त आयोजक छन् ।
पुस २५ गते देखि माघ ५ गते सम्म संचालन हुने महोत्सवमा दर्ुलभ बन्य जन्तु पाटेबाघ को संरक्षणमा संवेदन शिल वनाउन महोत्सव परिसरमा बाघको मर्ुर्ति बनाइएको छ । साहित्यिक गतिविधिलाइ महोत्सवमा प्राथमिकता दिन कार्यक्रमको आयोजना गरिएको छ । महोत्सवको २ लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । त्यस्तै ७ करोड बराबरको कारोबार हुने आयोजकले अनुमान गरेको छ । नारायणी नदी किनारको करिव १० विगाह भन्दा वढी क्षेत्रमा संचालन भएको महोत्समा यस पटक ४ सय ११ वटा स्टल रहने उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष तथा महोत्सव तयारी मूल समितिका संयोजक मित्रराज दवाडीले जानकारी दिनु भएको छ । चितवन, नवलपरासी, मकवानपुर, धादिङ, गोरखा, तनहुलगायतका क्षेत्रका ठूलोचाडको रुपमा रहेको महोत्सवमा यस क्षेत्रको व्यापार व्यवसाय पर््रवर्घन गर्न माछा परिसर, प्रतियोगितात्मक कृषि उद्यम परिसर, अटो परिसर, महिला उद्यम परिसर, पोल्ट्री परिसर, रेष्टुरेण्ट परिसर , व्यापार मेला , शिक्षा स्वास्थ्य सम्वन्धी परिसर, सूचना संचार सम्वन्धी जानकारी मुलक परिसर रहने छन् । मेलाको मुख्य आकर्षाका रुपमा चितवनमा पनि माछाको राम्रो उत्पादन हुन्छ भन्ने जानकारी दिन माछा सम्वन्धी सम्पर्ूण्ा जानकारी दिने परिसर रहको उद्योग वाणिज्य संघ नारायाणगढका प्रथम उपाध्यक्ष उत्तमलाल चुकेले बताउनु भयो । महोत्सबको पहिलेका संस्करणमा जस्तै नारायणगढको पुतलीबजार फुड फेस्टिबललाई यसपाली पनि निरन्तरता दिइने भएको छ । चितवनको गरिमामय प्रस्तुतीका रुपमा रहेको चितवन महोत्सवमा जिल्लाका आदीवासी थारु समुदाय, विपन्न वर्ग चेपाङ समुदाय, थकाली समुदाय लगायत जात जातीको भेष भुषा र उनिहरुको दैनिक जीवनको सम्पर्ूण्ा जानकारी दिने उद्येश्यले महोत्सवमा घर निर्माण गरी जानकारी गराउन खोजीएको छ ।
मलाई नेपाल र नेपालीको असाध्यै माया लाग्छ- गोबिन्दा
ऋषि धमला
काठमाडौं, २४ पौष । बलिउडका लोकप्रीय नायक गोविन्दाले पशुपतिको दर्शनका लागि नेपाल आएको बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा उनले भगवान पशुपतिनाथप्रति ठूलो आस्था रहेको भन्दै हिजो सरकारले पूजारीबारे गरेको निर्ण्र्ााे आफू निकै हषिर्त भएको बताए ।
'पशुपत्रि्रति अगाध आस्था राख्ने भएकैले म नेपाल आइरहन्छु,' गोविन्दाले भने,'पशुपतिनाथको पूजारी नियुक्तिबारे सरकारले हिजो गरेको निर्ण्र्ाााट म निकै उत्साही भएको छु ।' पशुपत्रि्रति अगाध आस्था रहेकैले पछिल्लो विवादको हल्लाका बाबजुद पनि आएको बताए ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा गोविन्दाले नेपाल र नेपालीको असाध्यै माया लाग्ने बताए । उनले भने,'मलाई नेपालको असाध्यै माया लाग्छ ।'
पशुपतिकै कारण नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ भएको बताए । भारतका हिन्दुहरुले पशुपतिनाथप्रति उच्च आस्था राख्नेगरेको चर्चा गर्दै आफूले फिल्म रिलिज हुनुपर्ूव पशुतिनाथसंग आशिर्वाद लिन आएको बताए । उनले भने,'मेरो छवटा फिल्म रिलिज हुदैछ, त्यसपर्ूव म आशिर्वादका लागि आएको हुं ।' चार वर्षम्म फिल्म रिलिज नभएको र फिल्म रिलिजपर्ूव पशुपतिनाथ आउने भाकल गरेकाले आएको बताए ।
नेपाल आफ्नो ससुराली समेत भएको भन्दै यहांका जनताप्रति ठूलो प्रेम रहेको बताउदै । प्रष्ट नेपाली बोल्ने श्रीमती सुनीतासंग उनले ठट्यौली पारामा भने,'मलाई यीनले नेपाली बोल्न र नेपाल आउन प्रोत्साहित गरिरहन्छिन् ।'
नेपालमा पशुपतिनाथको शक्ति रहेकाले यहां शान्ति, विकास र स्थायित्व भइछाड्ने बताए । उनले भने,'श्री पशुपतिनाथको कृपाले नेपालमा अवश्य पनि शान्ति, विकास र राजनीतिक स्थायित्व हुन्छ ।' उनले नेपालका प्रधानमन्त्री प्रचण्डसंग भेट्ने इच्छासमेत व्यक्त गरे ।
आफू नितान्त व्यक्तिगत भ्रमणमा आएपनि नेपालीहरुले देखाएको माया र सद्भावबाट निकै खुशी भएको बताए । उनले नेपाली चलचित्र खेल्ने इच्छासमेत व्यक्त गरे । नेपाली संगित सुनेको र चलचित्र पनि हेरेको बताए । नेपाल र भारतबीचको सांस्कृति सम्बन्धकै कारण विकास र प्रगतिमा आपसी सहयोग आदानप्रदान भइरहने बताए ।
पत्रकारहरुको प्रश्नमा उनले आफ्नी छोरी नर्वदाले निकट भविष्यमै नायिकाका रुपमा फिल्म दुनियांमा प्रवेश गर्न लागेको बताए । नर्वदा चलचित्रसम्बन्धि विभिन्न प्रशिक्षणमा व्यस्त भएको बताए । संगै रहेका छोरा यर्सवर्द्धनलाई देखाउदै भने,' उसलाई पनि नायक बनाउन मेरो चाहना छ ।' गाविन्दाले ेपाल र भारतबीचको सम्बन्ध सुमधुर बनाउन रिपोर्र्टर्स क्लब नेपाल र यसका अध्यक्ष ऋषि धमलाले ठूलो योगदान गरेको भन्दै प्रशंशा गरे ।
गोविन्दाकी श्रीमती सुनीताले नेपाल आफ्नो माइतीघर भएकाले बारम्बार आउन मनलाग्ने बताइन् । उनले कुनै ठूलो काम गर्न खोज्दा पशुपतिनाथको दर्शन गर्ने गरेको खुलासा समेत गरिन् ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेपालप्रति गोविन्दाले देखाएको मायाप्रति धन्यवाद व्यक्त गरे । नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ बनाउन गोविन्दाको भ्रमणले सांस्कृतिक महत्व राख्ने बताए । उनले गोविन्दाको सरल स्वभावको प्रशंशा गर्दै नेपालमा उनका लाखौं फ्यान रहेको बताए । श्री पशुपतिनाथले गोविन्दाको कामना पूरा गरोस् भनी शुभकामना व्यक्त गरे ।
कलाकार रवि शर्माले गोविन्दाको नेपाल भ्रमणले दर्ुइ देशबीच सांस्कृतिक सम्बन्ध अझ प्रगाढ हुने आशा व्यक्त गरे ।
लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ मूल्य र मान्यताअनुरुप हुने गरी आमसञ्चार माध्यमहरूप्रति राज्य र सरकारको दृष्टिकोण, धारणा, नीति, कानुन र व्यवहार परिवर्तन गर्न नेपालका स्वतन्त्र रेडियोहरूद्वारा प्रस्तुत ज्ञापनपत्र
१. दैनिक १६ घण्टा लोडसेडिङ हुन थालेको हुँदा ब्याट्री चार्ज गर्न पनि बिद्युत नपुग भएको छ । एउटै जेनेरेटर लगातार १६ घण्टा चलाउन प्राबिधिक हिसावले नसकिने भएकाले दर्ुइ दर्ुइवटा जेनेरेटर राखेर रेडियो सञ्चालन गर्नसक्ने क्ष्।मता नेपालका स्वतन्त्र रेडियोहरुसँग छैन । जेनेरेटर चलाउँदा ध्वनि प्रदुषण भएर रेडियो स्टेसन वरिपरिका बासिन्दालाई मर्का पर्ने कारण धेरै रेडियोहरुले जेनेरेटर भएर पनि चलाउन पाएका छैनन् ।
सत्प्रतिसत नागरिकमा पहुँच रहेको तथा ८० प्रतिसतभन्दा धेरै नागरिकको एकमात्र सूचनाको माध्यम रेडियो सञ्चालन हुन नसक्दा नागरिक, सूचनाको हकवाट वञ्चित हुनुपर्ने अवस्था आएको छ । जसले गर्दा नागरिकको संबिधान प्रदत्त मौलिक हक हनन् भएको छ ।
अतः संविधानप्रदत्त नेपाली जनताको सूचनाको हकको निर्वाध प्रचलनका लागिः
स्वतन्त्र रेडियोहरुमा तत्काल फिडरलाइनवाट बिद्युत आपर्ुर्ति ब्यवस्था मिलाउन जोडदार माग गर्दछौं । फिडरलाइन जडान गर्न नसकिने स्थानमा रहेका रेडियोहरुलाई जेनेरेटर खरिदमा पुरै भन्सार महसुल, कर र मूल्य अभिबृद्धि कर छुटको ब्यवस्था, जेनेरेटर किन्न सहुलियत दरमा दिर्घकालिन कर्जाको ब्यवस्था र इन्धन खरिदमा ७० प्रतिसत अनुदान उपलब्ध गराउन माग गर्दछौं ।
अथवा रेडियो स्टेसनहरुलाई सोलार प्रणाली खरिद गर्न लाग्ने मूल्यमा ८० प्रतिसत अनुदान उपलब्ध गराउन माग गर्दछौ ।
स्वतन्त्र रेडियोहरुलाई नेपाल बिद्युत प्राधिकरणको खरिद मूल्यमा बिद्युत महशुल लाग्ने ब्यवस्था मिलाउन माग गर्दछौँ ।
२. स्वतन्त्र रेडियोहरुले बिगतमा राखेका मागहरु पूरा गर्न पटक पटक प्रतिवद्धता जनाएको सरकारले स्वतन्त्र रेडियोहरुसँग छलफल नै नगरी राष्ट्रिय प्रसारण नियमावली संशोधन गरेर लागू गरेको छ, यस्तो प्रबृत्तिले सरकारको बिश्वसनियता घटाउने निश्चित छ । राष्ट्रिय प्रसारण नियमावली तत्काल खारेज गरेर सबै प्रसारकहरुको सहमतिमा राष्ट्रिय प्रसारण ऐन र नियमावली निर्माण गर्न माग गर्दछौँ ।
३. लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माणका क्रममा हुने बहस र छलफलमा पढ्नलेख्न नजान्ने, साधारणभन्दा साधारण नेपालीलाई समावेश गराउँदै यो संविधान निर्माणमा मेरो पनि संलग्नता छ, भन्ने भावना नेपालका रेडियोहरूले मात्र जगाउन सक्दछन् ।
नेपालका स्वतन्त्र रेडियोहरूको पहुँच र शक्तिलाई नयाँ संविधान निर्माणको बहस प्रक्रियामा सामेल गर्ने गरी विशेष भूमिकाका लागि राज्यले सहयोग गरोस् ।
४. मन्त्रिपरिषद्ले आ.व.२०६५।०६६ को निम्ति स्वतन्त्र रेडियोहरुको इजाजत नवीकरण गर्न लाग्ने शुल्क मिनाह दिने निर्ण्र्ाागरेको अवस्थामा पनि सूचना तथा सञ्चार मन्त्रालयले पुनः विवादास्पद निर्ण्र्ाागरी केही रेडियोलाई नवीकरण शुल्क लिने केहीलाई नलिने भेदभावपर्ूण्ा ब्यवहार गरेको छ । २०६५ असार मसान्तभित्र सञ्चालनमा आएका रेडियोहरुले सूचना तथा सञ्चार मन्त्रालयमा जानकारी गर्राई निरीक्षणको निम्ति अनुरोध गरेको तर मन्त्रालयवाट निरीक्षण गर्न नगएको अवस्थामा पनि रेडियोलाई नै दण्डित गर्ने नियम वनाउनु आफैंमा हास्यास्पद र गैरजिम्मेवारपर्ूण्ा ब्यवहार हो ।
पुस मसान्तसम्म सञ्चालनमा आएका सबै स्वतन्त्र रेडियोहरुको नवीकरण शुल्क र त्यसमा लाग्ने जरि�
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment