अपहरणकारीको चंगुलबाट दुइ बालक भाग्न सफल

Posted on
  • Jan 12, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, २८ पुस/ दुइ साहसी बालक अपहरणकारीको चंगुलबाट तीन दिनपछि फुत्केर भाग्न सफल भएका छन् ।
    आज फुत्किएर भाग्न सफल भएका वीरगंज उपमहानगरपालिका-३ छपकैया मालपोत कार्यालय नजिकका अपहरित १२ बषर्ीय सिजन भन्ने आकाश श्रेष्ठ र १० वषर्ीय आकृतराज कर्ण्र्ाान्ने सोनु रहेका छन् ।
    अपहरणकारीले उनीहरूलाई बाराको बरियारपुर गाविस-३ स्थित रामचन्द्र कुशवाहाको घरमा लुकाएर राखेको अवस्थामा त्यहीबाट भाग्न सफल भएका थिए । अपहरणकारीको चंगुलबाट मुक्त भएका सिजनले त्यहीबाट आप\mनो बुवालाई टेलिफोन गरेर बुवा हामी अपहरणकारीको पंजाबाट उम्किएर पुलीस चौकी आइपुगेका छौं, अपहरणकारीलाई एक पैसा पनि नदिनुहोला भनेका थिए ।
    अपहरणकारीले ती दर्ुइ बालकका परिवारसंग ३० लाख रूपैया“ फिरौती मांग गरेको भए पनि चलाख दुइ बालकले बुद्धि पुर्‍याइ भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
    अपहरणकारीले भिडियो क्यामेरा किनिदिने लोभमा मोटरसाइकलमा बसाएर अपहरण गरेका थिए । अपहरित बालकलाई तीन दिनसम्म खाना नदिएर खुट्टामा सिक्री बांधेर राखिएको बताए । अपहरणकारीले कर्ण्र्ााई लठ्याउने इन्जेक्सन दिइएको बताए ।
    अपहरितमध्ये आकाश श्रेष्ठ -सिजन) नेपाल पत्रकार महासंघ पर्सर्ाा सदस्य सुमन श्रेष्ठका छोरा हुन भने सोनु कर्ण्र्ााोमियोप्याथिकका डाक्टर कृपाशंकरप्रसाद कर्ण्र्ाा छोरा हुन ।
    उनीहरूलाई डा.कृपा शंकर प्रसाद कर्ण्र्ाा ससुरालीमा विगत १ महिनादेखि डेरा गरि बस्दै आएका ठाकुर राम बहुमुखी क्याम्पसमा बीएडमा अध्ययनरत भन्ने सुरेन्द्र यादव र राजु यादवले पुष २६ गते शनिबार अपहरण गरेका थिए ।
    यसैगरी प्रहरीले बच्चा राखेको ठाउ“मा छापामारी गरी ४ जना महिलाहरु सविताकुमारी, पविता, आरती, पिंकी र १ जना पुरूषलाई अनुसन्धानका लागि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारा ल्याएको र छानबीन भइरहेको अंचल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक टोपेन्द्र ध्वज हमालले बताएका छन् । अपहरणकाण्डमा नेविसंघकी एक महिला कार्यकर्ता पनि संलग्न रहेको बुझिएको छ ।
    अपहरणमुक्त हुने बालक सिजन श्रेष्ठ कादम्बरी स्कूल कक्षा ४ मा अध्ययनरत छन् भने आकृतराज कर्ण्र्ाानकामना बोर्डिङ स्कूल कक्षा ४ मा अध्ययनरत छन् ।


    तमलोपाकाद्वारा विरोध जुलुस प्रदर्शन

    वीरगंज, २८ पुस/ वीरगंज र तराइका २२ जिल्लामा तमलोपा र्समर्थकहरुले सरकारसंग भएको ८ सूत्रीय संझौता पर्ूण्ा कार्यान्वयन गराउन दबाबमूलक शक्ति पर््रदर्शन गरेका छन् ।
    आज वीरगंजको मर्ुर्लीस्थित तराइ मधेश लोकतान्त्रिक पार्टर्ीी कार्यालयबाट जिल्ला आन्दोलन परिचालन समिति पर्सर्ााे ब्यानरमा निस्किएको मधेशीहरुको एक जुलुस घण्टाघरमा आइ कोणसभामा परिणत भयो ।
    पहिचान, स्वाभिमान र सम्मानको नारासहित तमलोपाले मधेशी समुदायको अधिकार प्राप्त हेतु प्रथम चरणको कार्यक्रम अर्न्तर्गत पुस २८ गते शान्तिपर्ूण्ा विरोध पर््रदर्शन गरेका हुन् भने माघ ३ गते जिल्ला प्रशासन कार्यालय पर्सर्ाा दुइ घण्टा धर्ना, माघ ५ गते शहीदहरुको सम्मानमा सामूहिक संकल्प, माघ ७ गते विद्युत् लोडसेडिङको विरोधमा विद्युत प्राधिकरण वीरगंजमा दुइ घण्टा धर्ना दिने भएका छन् ।
    हिन्दी भाषालाई राष्ट्रिय मान्यताको मांग गर्दै मधेश अपने आप मे एक राष्ट्र है, समग्र मधेश एक प्रदेश, न हो तो एक नेपालभि नही, हमे सरकार नही अधिकार चाहिए जस्ता नारा अघि सार्दै नेकपा माओवादीले नेतृत्व गरेको सरकारलाई दिएको र्समर्थन समेत फिर्ता लिएको छ ।
    पर््रदर्शनकारी तमलोपा र्समर्थकहरुले बांडेको अपील पत्रमा राणाकालदेखि गणतन्त्रवादी यात्रासम्म खस शासकहरुले मधेशी समुदायप्रति संस्थागत विभेद नीतिमा कुनै परिवर्तन ल्याएको छैन । २०६४ फागुन १६ गते सम्पन्न ८ सूत्रीय संझौताको पर्ूण्ा कायर्ँन्वयन,राज्य पुनर्संरचना पर्ूव तटस्थ एवं निष्पक्ष जनगणना, सेनामा मधेशीहरुको सामूहिक प्रवेश, राज्यको हरेक अंगमा तराइ मधेशका समानुपातिक प्रतिनिधित्व, राज्य पुनर्सर्ंंरचना मन्त्रालयको विघटन, कृषि मल, विजबिजनको सहज उपलब्धता, शिक्ष्ँामा लाइसेन्स प्रथा खारेजी, माओवादीद्वारा कब्जा घर जग्गा तथा सम्पत्ति अविलम्ब फिर्ता, मुक्त कमैयामा गैर थारुहरुकोघुसपैठमाथि रोक, साझेदारी वनको अवधारणा कार्यान्वयन आदि माघ अघि तर्ेसाएको छ ।

    वीर शहीदको सम्झनामा महायज्ञ

    वीरगंज, २८ पुस/ माघ ४ गते देश तथा मधेशको लागि प्राणको आहूति दिने वीर शहीदहरुको आत्माको चीर शान्तिका लागि वैदिक महायज्ञ हुने भएको छ ।
    मधेशी टे्रड युनियनको आयोजनामा उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्य र मानव सशक्तिकरण समाज नेपालको संयोजकत्वमा वीरगंजस्थित नगरसभागृहमा आगामी शनिवारका दिन श्रद्धाञ्जलि सभा र वैदिक कार्यक्रम हुदैछ ।

    रिहाइ गर्न अपील

    काठमाडौं, २८ पुस/ लागूऔषध ओसारपसाको आरोपमा नेपाली नागरिक कुवेतको कारागारमा, परिवारद्वारा रिहाईका अपिल लागूऔषध ओसारपसारको आरोपमा हेटौंडा स्थायी घर भएका बिनोद लामा कुवेतको कारागारमा छन् । उनको परिवारले रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी रिहाईका लागि पहल गरिदिन सरकार, मानवअधिकारवादी, पत्रकारसमक्ष आग्रह गरेका छन् ।
    कुवेतस्थित अबसव अल डिराइष्ट कम्पनिमा ड्राइभरका रुपमा काम गर्दै आएका उनले चलाएको गाडीमा लागूऔषध भेटिएको थियो । उनकी श्रीमती बुद्धकुमारी लामाका अनुसार संगै काम गर्ने इजिप्सियनले गाडीमा लागूऔषध लुकाएको भन्दै आफ्ना श्रीमान् निर्दोष रहेको बताइन् । हाल कुवेतको केन्द्रीय कारागार सुलेबिया खतमा राखिएका उनको फिंगर प्रिन्ट लागूऔषको पोकामा नभेटिएकाले रिहाइका लागि पहल गर्न सकिने आधारहरु रहेको श्रीमती लामाको भनाई छ ।
    लामाका अनुसार बिनोद झण्डै तीन वर्ष अघि कुवेत गएका थिए । उनलाई एक वर्ष अगाडि कुवेत प्रहरीले पक्राउ गरेको हो ।

    स्वामा नेपालद्वारा आन्दोलनको चेतावनी

    काठमाडौं, २८ पुस/ फोहोर व्यवस्थापनमा सक्रिय संस्थाहरुको छाता संगठन स्वामा नेपालले आन्दोलनको चेतावनी दिएको छ । २८ पौषमा रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी स्वामाले ओखरपौवाको सिस्डोल ल्याडफिल्ड साइटको तत्काल विकल्प खोज्नुपर्ने, फोहोरमा राजनीतिकरण अन्त गर्नुपर्नेलगायतका ६ बुंदे माग अगाडि सारेको छ ।
    स्वमा नेपालका अध्यक्ष मानध्वज मोक्तानले फोहोरमैला व्यवस्थापनमा दर्ीघकालिन राजनीतिकरण हुदा समस्या आएको बताए । काठमाडौंमा फोहोरको डुंगुर बढ्दैजादा पनि राज्य जिम्मेवार नभएको आरोप लगाए । उनले फोहोरमैला व्यवस्थापमा निजी क्षेत्रको भूमिका स्पष्ट पार्न आग्रह समेत गरेको छ ।

    0 comments: