पत्रकारको उमा सिंहको विभत्स हत्या
Posted on Jan 12, 2009 by mukesh in
देशभर विरोध पर््रदर्शन, विभिन्न संघसंस्थाको भत्र्सना
सन्तोष सिंह
जनकपुर, २८ पुस/ पत्रकार उमा सिंहको अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको छ ।
रेडियो टुडेमा कार्यरत पत्रकार सिंह सिरहाको मिर्चैया घर भइ जनकपुरको रजोलस्थित कार्की निवासमा डेरा गरी बस्दै आएकी थिइन् ।
डेरामै बसिरहेका बेला १०-१५ जनाको समूहले बढी लेख्छस् भन्दै पत्रकार सिंहलाई खुकुरी हानेको थियो । उनको जीउभरी नै खुकुरी प्रहार गरिएको छ ।
उपचारका लागि काठमाडौं लैजांदै गर्दा बर्दिबासमै उनको ज्यान गएको प्रहरीले जनाएको छ । रेडियो टुडेको स्थापना कालदेखि नै कार्यरत पत्रकार सिंहका बुबा रजित सिंह र दाजुको पनि तीन वर्ष अघि हत्या भएको थियो ।
बुबा र दाजुको हत्यापछि पत्रकार सिंह विस्थापित भई विधवा आमा र भाउजु सहित जनकपुरमा बस्दै आउनुभएको थियो ।
पत्रकार सिंहको हत्याको विरोध र शोकमा धनुषाका एफ रेडियोले समाचार बाहेक अरु सबै कार्यक्रम बन्द गरेका छन् ।
यसैबीच नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आकस्मिक बैठक संचारग्राममा बस्दैछ ।
यस दुखद घडीमा जनकपुरका सबै रेडियोले सोमबार बिहानदेखि शोक धुन प्रसारण्ँ गरिरहेका छन् । जनकपुरका संचारकर्मीहरू बैठक समेत गरिरहेका छन् । शबयात्रा निकाल्ने तयारी र सीडीओ कार्यालयमा धर्ना दिने कार्यक्रम छ ।
प्रमुख जिल्ला अधिकारी शम्मु कोइरालाले ४-५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
यसैवीच जनकपुरकी कान्तिपुर संवाददाता मोनिका झामाथि समेत धम्की आएको जानकारी दिए । उनको घरको ढोकामा कसैले क्रस लेखेर गएको छ छ । राति ११ ः३० बजे कसैले आएर झयाल तोडेको र ढोकामा हानेको थियो । अब तेरो पालो भनी धम्की दिएको स्रोतले जनाएको छ ।
संचारकर्मीले गृहमन्त्री र संचामन्त्रीको राजीनामा समेत मांगेका पत्रकार महासंघ धनुषा शाखाका सचिव अजित तिवारीले जनाए । उनीहरुले पत्रकार उमा सिंहलाई सहिद घोषण्ँा गर्नु पर्ने, अपराधीलाई तत्काल पक्रिनु पर्ने, संचारकर्मीको सुरक्षालाई ध्यान दिनु पर्ने लगायतको उनीहरूको माग छ ।
त्यस्तै यहा“ रहेका ६ एफएमहरुले सिंहको समाचार बाहेक अरु समाचार नबजाउने भएका छन् ।
नेपाल पत्रकार महासंघद्वारा विरोध पर््रदर्शन
गुरु गौतम
बारा, २८ पुस/ नेपाल पत्रकार महासंघ, बाराले आज जनकपुरमा सञ्चारकर्मी हत्याको विरोधमा कालो पट्टी बांधेर काम गर्ने निर्ण्र्ाागरेको छ ।
हिजो जनकपुर टुडे रेडियोमा काम गर्ने महिला सञ्चारकर्मी उमा सिहलाई एक दर्जनको समूहमा आएकाले खुकुरी प्रहार गरी घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
महासंघ बाराका अध्यक्ष गुरुप्रसाद गौतमले एक बिज्ञप्ति जारी गर्दै भर्त्सना गर्दै कालोपटटी बाधेर काम गर्ने निर्ण्र्ाागरेको हो ।
रिपोर्टस क्लब नेपालको प्रेस विज्ञप्ति
काठमाडौं, २८ पुस/नेपाली पत्रकारिता क्षेत्रमा निडर भई सामाजिक विकृति र विसंगतिविरुद्ध समाचार लेख्दै आउनुभएकी साहसी महिला पत्रकार उमा सिंहको हत्याको रिपोर्र्टर्स क्लब नेपाल घोरभर्त्सना एवं निन्दा गर्दछ । समाचार लेखेकै आधारमा गृहजिल्ला सप्तरीबाट विस्थापित हुनुभएकी उहांको जनकपुरस्थित डेरामै पुगेर अपराधिक समूहले आक्रमण गरी हत्या गरिनुलाई क्लबले मानवताविरुद्धको जघन्य अपराध ठहर गरेको छ ।
क्लब घटनाका दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गरी दण्डहीनताको अन्त गर्न जोडदार माग गर्दछ । रेडियो टुमेमा कार्यरत सिंहको हत्याप्रति शोक व्यक्त गर्दै क्लबले आज गर्न लागेको साक्षात्कार कार्यक्रम स्थगित गर्दै आम पत्रकारलाई हत्याविरुद्ध सशक्त रुपमा प्रस्तुत हुन आव्हान समेत गर्दछ । समाचार लेखेकै आधारमा पत्रकारको हत्या हुनुले देशमा प्रेस जगत असुरक्षित छ भन्ने स्पष्ट हुन्छ । क्लब प्रेस र पत्रकारको सुरक्षा गर्न नसकेको भन्दै सुरक्षाको जिम्मेवारी लिने सरकारका जिम्मेवार अधिकारीहरुको क्षमतामाथि प्रश्न उठाउन वाध्य भएको छ । पछिल्लो समयमा मोफसलमा प्रेस जगत थप चुनौती व्यहोरिरहेको छ । पत्रकारको शृंखलावद्ध हत्या, आक्रमण, धम्की, अपहरण देखि प्रेससम्वद्ध संस्थामै पुगेर आक्रमण गर्ने शृंखलालाई सरकारले निरुत्साहित गर्न ठोस कदम चाल्न सकेको छैन । यसले पत्रकारमाथि आक्रमण गर्नेहरुलाई उत्साही बनाएको देखिन्छ । सिंहको हत्या भएकै समयमा एक समूहले जनकपुरकै अर्की पत्रकार मोनिका झाको घरमा आक्रमण गरेको छ । उनको घरमा पुगी समाचार नलेख्न धम्की दिएको छ । क्लब घटनाको भर्त्सना एवं निन्दा गर्दै पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि जोडदार माग गर्दछ । पत्रकारको हत्याको शृंखला कायमै रहनु, प्रेस जगतलाई असुरक्षित बनाउनुले क्लब गम्भीर भएको छ । पत्रकारमाथिको आक्रमण यथावत् रहे आम पत्रकारहरु आफ्नो सुरक्षाका लागि कडा कदम उठाउन वाध्य हुनेछौं । सरकारले अबिलम्ब स्वर्गीय पत्रकार सिंहको परिवारलाई राहत व्यवस्था गरी दोषीलाई उम्कन नदिने कडा कदम चालोस् । दोषी उम्कने अवस्थाले निरन्तरता पाए सडक संर्घष्ाको विकल्प नरहने स्पष्ट पार्न चाहन्छ । पत्रकारमाथि एकपछि अर्को गरी भइरहेको आक्रमणलाई निस्तेज पार्न ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औल्याउदै सरकारसँग शान्तिसुरक्षा सुनिश्चित हुने वातावरण निर्माण गर्न जोडदार माग गर्दछ । पत्रकारमाथि आक्रमण जारी रहे आम पत्रकार एकजुट भई कडा संर्घष्ामा उत्रने चेतावनी दिदै प्रेस स्वतन्त्रताको पक्षमा सशक्त रुपमा अगाडि बढ्न आम जनसमुदायलाई क्लबका अध्यक्ष्ँ ऋषि धमलाले आह्वान गरेको छ ।
महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको प्रेस विज्ञप्ती
काठमाडौं, २८ पुस/महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले आज एक प्रेस विज्ञप्ति जारी गरी संविधानसभाकेा निर्वाचन पश्चात लोकतान्त्रिक गणतन्त्र स्थापना र राज्य पर्ुनसंरचनामार्फ सामाजिक न्याय प्राप्त गर्ने प्रक्रियामा हामी अग्रसर छौ । लोकतान्त्रिक राज्यब्यवस्थाले महिला अधिकारको सुनिश्चितता गर्दै हिंसामुक्त समाज निर्माण विना दीगो शान्ति स्थापना हुन सक्दैन भन्ने हामै दृढविस्वास रहेको छ ।
तर देश संघिय लोकतन्त्र उन्मुख भईरहेकेा र नयां संविधान निर्माण हुन लागिरहेकेा महत्वपर्ूण्ा समयमा मध्यमाञ्चल विकासक्षेत्र जनकपुर अञ्चल धनुषा जिल्लाका महिला मानवअधिकार रक्षक उमा सिंहको शशस्त्र अज्ञात समूहद्धारा गरिएकेा कारयरतापर्ूण्ा विभत्स हत्याले महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाललाई स्तब्ध तुल्याएकेा छ ।
यस घट्नाले शान्ति प्रक्रियामा देश प्रवेश गरिसकेतापनि महिला अधिकार र महिला हिंसारहित जीवन बाच्ने वातवरणकेा सुनिश्चितता हुन नसकेकेा प्रष्ट हुन्छ । नेपाली महिला मानवअधिकार रक्षकहरुले सुरक्षित वातवरणमा आफ्नो काम गर्न पाउने अधिकारमाथि ठाडै हस्ताक्षेप भएकेा छ । महिला मानवअधिकार रक्षक अभियानका अभियानकर्ता तथा विधागत रुपमा पत्रकारिता गर्दै विकट जिल्ला धनुषामा रहेर समग्र मानव अधिकार र मानव अभिरुचिका विषयहरुलाई कलममार्फ उठान गरिरहेकी उमा सिंहको हत्या गरिनु राज्यकेा सुरक्षा संयन्त्रको असक्षमताको ज्वलन्त प्रमाण र लोकतान्त्रिक गणतन्त्रको उपहास हो । महिला मानवअधिकार रक्षकको हत्या हुनुले समग्र देशको शान्तिप्रक्रियालाई नै चुनौति दिएकेा हाम्रो ठहर छ ।
नेपालमा संक्रमणकालकेा फाईदा उठाउदै आपराधिक तत्वहरुले महिला मानवअधिकार रक्षककेा हत्या गरेर अन्य महिला मानवअधिकार रक्षकहरुलाई समेत हत्तोत्साहित पार्ने कुचेष्टा गरेको छन । यस घट्नाले हामी देशभरका महिला मानवअधिकार रक्षकहरु चिन्तित बनेका छौ । यस र्सर्न्दभमा उमा सिंहका हत्यारा अपराधीहरुलाई खोजी गरी तत्काल कडाभन्दा कडा कारबाही गरियोस् । दण्डहीनताकेा अन्त्य गरियो।स उमा सिंहका परिवारलाई उचित क्षतिपर्ुर्तिकेा ब्यवस्था गरियोस ,महिला मानवअधिकार रक्षकहरुलाई शान्तिपर्ूण्ा वातवरणमा स्वतन्त्रपर्ूवक काम गर्ने वातवरण र सुरक्षाकेा सुनिश्चितता गरियोस भनी सरकारसंग्ा जोडदार रुपमा माग गर्दछौ । यदि सरकारसमक्षले हाम्रा मागहरु प्रति वेवास्ता गरेमा हामी राष्ट्रब्यापी रुपमा आन्दोलनमा उत्रने महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका अध्यक्ष्ँ डा. रेणु राजभण्डारीले चेतावनी दिनुभएको छ ।
लोडसेडिङको समयमा तार चोरहरूको बिगबिगी
वीरगंज, २७ पुस/ बारा जिल्लाको गाविस हर्दियामा तार चोरहरूको बिगबिगी छ । लोडसेडिङको मौका छोपेर चोरहरूले विद्युतको तार काटेर लैजाने क्रम तीव्र रूपमा बढेको छ । स्थानीय बासिन्दा वीरेन्द्रप्रसाद यादवका अनुसार ३-४ महिना यतादेखि धेरै पटक तार चोरी भइरहेको छ । १०० मिटर भन्दा बढी तार चोरहरूले कटेर लगेको उनले बताए ।
लोडसेडिङका कारण जनताहरूले ज्यादै कष्ट भोग्नुपरेको गुनासो पनि उठेको छ । दैनिक १६ घण्टा लोडसेडिङले तार चोरहरूको फलिफाप भएको अजय यादव वियोगीले जानकारी गराएका छन् ।
यानकुमारी चौलागाइ यूएस ओपन च्याम्पीयनसीपमा छनोट
-गुरु गौतम
बारा, २८ पुस/ बारा जिल्लाको निजगढ निबासी यानकुमारी चौलागाई अमेरिकामा आउंदो फागुनको पहिलो हप्ता हुन गई रहेको युएस ओपन च्याम्पीयनसिप तेक्वान्दो प्रतियोगिताका लागि नेपालबाट छनौट भएकी छन् ।
काठमाण्डौमा हिजो सांझ भएको राष्ट्रीय छनौट प्रतियोगितामा फलाई बेट तौल समूहमा चौलागाई प्रथम भएकी हुन् ।
बाग्देब तेक्बान्दो डोजागकी चौलागाईले धेरै राष्ट्रीय अन्तराष्ट्रीय प्रतियोगिता खेलीसकेको डोजाङग प्रमुख तथा बारा जिल्ला तेक्वान्दो सघका अध्यक्ष गुरुप्रसाद गौतमले बताउनु भयो ।
दश ट्रक वाइसिएलको नियन्त्रणमा
हरी शर्मा
नवलपरासी २८ पुस । अवैधरुपमा भंसार छलि लैजांदै गरेको सिमेन्ट वोकेको ट्रक र गोरु लोड गरि लैजांदै गरेको अवस्थामा वाईसिएल नवलपरासीलेे दशवटा सवारी साधनलाई पक्राउ गरेको छ ।
आज भारतवाट भंसार छलि अवैधरुपमा लैजांदै गरेको सिमेन्ट वोकेका ५ वटा ट्रक , ४ वटा गोरु वोकेका ट्रक र ट्रकहरुलाई स्कटिङ गर्दै हिंडेको एउटा भेनलाई अरुणखोलावाट पक्राउ गरेको वाइसिएल नगलपरासीका सचिव सुवासले वताउनु भएको छ ।
अवैधरुपमा सिमेन्ट वोकेका ट्रकहरु ना २ ख ७७२७, लु १ ख २६५७, ना२ ख ९३०८, ना १ ख २०१३ र ट्रक स्कटिङ गरेको लु १ प १७१७ नम्वरको जिप र अन्य गोरु बेाकेका चार ट्रक रहेको वाईसिएलले जनाएको छ ।
पक्राउ परेका सवै सवारि साधनलाई भैरहवा भंसार कार्यालयमा खवर गरि भंसार कार्यालयमा पर्ठाईएको समेत वाईसिएल नगलपरासीले जनाएको छ ।
खिचडी महोत्सव सुरु
हरी शर्मा
नवलपरासी, २८ पुस । थारु संस्कृतिको जर्गेना गर्ने उद्धेश्य अनुरुप आजदेखि नवलपरासीको जमुनियामा खिचडी महोत्सव भएको छ ।
आजदेखि माघ १ गते सम्म संचालन हुने खिचडी महोत्सवमा थारु संस्कृतिको खानाका परिकार, भेषभुषा, सांस्कृतिक कार्यक्रम, थारु साहित्य लगाएतका स्टलहरु रहने मुल आयोजक समितिले जनाएकोछ ।
महोत्सवमा थारुका मुख्य खानाका परिकारहरु खिचडी, घांेघि, भुजा, चेचर, चोखा, पिठ्ठा, माछा लगाएतका खाना र थारु सस्कृतिमा झमडा, झुमडा, झर्रर्ाालाठी नाचलेे महोत्सवलाइ थप आर्कषण गर्ने बताईएको छ ।
त्यस्तै पर््रदशनीमा थारुका विभिन्न पोशाकहरु र घरायसी सामग्रीहरुको समेत पर््रदर्शन हुने खिचडी महोत्सव मूल समितिले जनाएको छ ।
माघे संक्रातिका अवसरमा आयोजित खिचडी महोत्सव नवलपरासीमा गत वर्षेखि आयोजना गरिएको हो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment