नारायणी रंगशाला र क्रिकेट मैदान भग्नावशेषमा परिणत

Posted on
  • Jan 11, 2009
  • by
  • mukesh
  • in

  • -मुकेश बस्नेत

    वीरगंज, २७ पुस/ पर्सा जिल्लाको एक मात्र सुविधासम्पन्न राष्ट्रियस्तरको नारायणी रंगशाला र क्रिकेट मैदान अहिले जिर्ण भइ भग्नावशेषमा परिणत भएको छ ।
    लाखौंको लागतमा निर्माण गरिएको वीरगंज-१६ स्थित नारायणी रंगशालाको क्रिकेट खेल मैदानका जाली बारहरु भत्किएर चुंडिएर असरल्ल परेका छन् ।
    क्रिकेट मैदान घेरिएको तार जाली भत्किएको, चंुडिएको तथा प्वाल पारिएको अवस्था देख्दा यहां खेलकूदको भविष्य अनिश्चित नै हुने खेलकूदप्रेमीले अडकल गर्दैछन् ।
    विभिन्न उच्छृखंल केटा, तथा लागूऔषध दूव्र्यसनी, चोरहरुले तार जाली काटेर, फलामहरु चोरेर लगेर अहिले कुरुप भएको नारायणी रंगशालामा कार्यरत एक कर्मचारीले बताए । उनले भने- मधेश आन्दोलनमा पनि यसले केही क्षति बेहोर्नुपरेको थियो ।
    रंगशालाको पनि त्यस्तै जिर्ण्र्ाावस्था छ । दर्शक बस्ने प्याराफिट भत्किएर प्वाल परेको छ । चैनल गेटहरु जाम भइ अडकिएर अर्धखुल्ला अवस्थामा छ । रंगशालाको चारै कुनाका बारहरु भत्किएका छन् । इंटाहरु निकालि वरपरका गाउंलेहरुले आफनो घरमा थुपार्दैछन् । छडहरु भाचेर चोरहरुले बेचिरहेका छन् । रंगशालाको पर्ूव रहेको माछा पालन पोखरीमा माछाहरु छैन । चउरभरि भैंसी, बाख्रा, गाइ, गोरुहरु चरिरहेको देखिन्छ । दुव्यसनीहरुको अखडा भएको छ ।
    पर्सा खेलकूद विकासले कुनै चासो नदिएपछि यस रंगशालाको यस्तो दुरावस्था भएको खेलकुद बुद्धिजीवीले बताए । समयमै ध्यान नपुर्याए भग्नावशेषमात्र बांकी रहनेमा चेतावनी समेत दिदै पर्सा जिल्लाका खेलाडीहरुलाई यसको संरक्षणको लागि आवाज उठाइदिनसमेत आग्रह गरेका छन् ।

    निजी विद्यालयमा देखिएको समस्या साझारुपमा समाधान हुनुपर्ने

    वीरगंज, २७ पुस/ निजी विद्यालयमा देखिएको समस्या साझा रुपमा समाधान हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।
    आज रिपोर्टस क्बल नेपाल पर्साले स्थानीय होटल मकालुमा आयोजित साक्ष्ँात्कार कार्यक्रमका सहभागी वक्ताहरुले सो धारणा राखेका हुन् ।
    साक्ष्ँात्कार कार्यक्रममा पर्सा जिल्ला शिक्ष्ँा अधिकारी रामविनय सिंह, विद्यालय शिक्ष्ँक युनियनका रविनन्दन सिंह, नेपाल शिक्ष्ँक युनियनका रामचन्द्र पंडित, प्याब्सन पर्साका अध्यक्ष श्याम केसी, एन प्याब्सनका प्रेम यादव, रवि कोइरालालगायतले तत्काल निजी शिक्षण संस्थाहरुमा उत्पन्न भएका समस्याहरुको समाधान हुनुपर्ने जोड दिएका थिए ।
    नेपाल संस्थागत विद्यालय शिक्ष्ँक युनियन जिल्ला समिति वीरगंजद्वारा साक्ष्ँात्कार कार्यक्रममा वितरित प्रेस विज्ञप्तिमा पुस २९ गतेसम्म सम्पर्ूण्ा निजी विद्यालय बन्द गर्ने कुरा उल्लेख छ ।
    कार्यक्रम रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताले सभापतित्व सम्पन्न भएको थियो ।

    सडक दर्ुघटनामा २४ घाइते

    वीरगंज, २७ पुस/ वीरगंज हेटौडा सडकखण्डमा आज दिउसो भएको बस दर्ुघटनामा २४ जना घाइते भएका छन् ।
    नारायणघाटबाट वीरगंजतर्फ आउदै गरेको ना ३ ख २४५२ नं. यात्रुवाहक बस चुरियामाइ नजिक ब्रेक फेल भएर दिउंसो साढे २ बजे दर्ुघटना भएको थियो ।
    घाइतेमध्ये १७ जनालाई हेटौडा अस्पतालमा उपचार भइरहेको छ भने अन्य ८ जनाको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    वीउमनपा ठप्प

    वीरगंज, २७ पुस/ वीरगंज उपमहानगरपालिका कार्यालयका कर्मचारीहरुले समयमा तलब नपाएको विरोधमा आज सम्पर्ूण्ा काम ठप्प पारेका छन् ।
    मंसिर र पुस महिनाको तलब यथाशीघ्र माग गर्दै आजको कामकाज ठप्प पारिएको कर्मचारीले बताएक ा छन् ।


    हतियारसहित दुइ पक्राउ

    वीरगंज, २७ पुस/ हतियारसहित पर्सा प्रहरीले दुइजनालाई पक्राउ गरेको छ ।
    गए राति ११ बजे जैतापुर प्रहरी टोलीले र्सचको क्रममा भेडाहा-३ निवासी दिपककुमार सिंह र कनपा- २ बस्ने बृजकिशोर पटेललाई १ थान थ्री फिप्टीको कटुवा पेस्तोल, ७ राउन्ड गोली, एउटा पल्सर र १ हिरोहोण्डा मोटरसाइकलसहित पक्राउ गरेको हो ।

    ट्रकको ठक्करबाट महिलाको मृत्यु

    वीरगंज, २७ पुस/पर्सर्ााे विन्दवासिनीबाट वीरगंजतर्फआउदै गरेको ट्रकको ठक्करबाट दुइ साइकल यात्रीलाई ठक्कर दिंदा साइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।
    आज बिहान तिलावे पुल नजिक ना १ ख ३९७३ नं.को ट्रकले साइकलमा सवार पर्सर्ााे कौवावन कटैया- ८ निवासी ४५ वषर्ीय हृदय देवी राउत अहिरलाई ठक्कर दिंदा उनी गम्भीर घाइते भएका थिइन् ।
    घाइतेको उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल ल्याउंदै गर्दा बाटोमै मृत्यु भएको छ ।
    त्यसैगरी गरी साइकल चालक हृदय देवीकी पति ५० वषर्ीय बालकन्हैया राउत अहिर सामान्य घाइते भएका छन् ।
    पति र पत्नि वैंकबाट पैसा निकाल्न वीरगंज आउने क्रममा उनीहरुलाई ठक्कर दिएको थियो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    पढ्न नपाएपछि विद्यार्थीहरु सडकमा

    वीरगंज, २७ पुस/ नेपाल संस्थागत शिक्ष्ँक युनियनले पुस २३ मूनलाइट माविमा लगाइएको ताला खोल्नुपर्ने माग गर्दै सो विद्यालयका विद्यार्थीहरु सडकमा उत्रिएका थिए ।
    आज वीरगंजको घण्टाघरको सडकमा टायर बालेर सो विद्यालयका विद्यार्थीहरुले पर््रदर्शन गरेका थिए ।
    सो विद्यालयका कक्षा १० का विद्यार्थीहरुले टेस्ट परीक्षा नजिकिदै गर्दा विद्यालय बन्द भइ अध्ययनमा समस्या उत्पन्न भएको गुनासो गरेका छन् ।
    अनुमतिविना नै मूनलाइट मावि वीरगंज-६ ले संचालन गर्दै आएको नगवा शाखा र भगवती टोल शाखा विद्यार्थीहरूको अनुकूल शैक्ष्ँिक वातावरण नभएकोले तत्काल खारेजी गरी विद्यालयको पठनपाठन तथा शिक्ष्ँकको अध्यापनको व्यवस्थापन मूल विद्यालयमा नै गरिनुपर्ने, मूनलाइट माविका प्रअ एवं प्याब्सन अध्यक्षद्वारा शिक्ष्ँकलाई ज्यान मार्ने धम्की तथा निष्काशन गर्ने कार्य तुरून्त रोक्नुपर्ने लगायत ५ सूत्रीय मांग राखी नेपाल संस्थागत विद्यालय शिक्षक युनियनका कार्यवाहक अध्यक्ष नारायण सिंहले चरणबद्ध आन्दोलनको घोषणा गर्दै सो माविमा अनिश्चितकाल तालाबन्दी गरेका थिए ।

    लालबहादुर चौधरीको छोराको अपहरण

    वीरगंज, २७ पुस/ बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न लालबहादुर चौधरीको ११ वषर्ीय छोराको अपहरण भएको छ ।
    हिजो दिउंसो २ बजे कलैया-६ स्थित घरमा खेलिरहेको अवस्थामा विकास चौधरीको अपहरण भएको प्राप्त जानकारीमा उल्लेख छ । बालकको अवस्था हालसम्म पनि अज्ञात रहेको प्रहरीले जनाएको छ।

    आगलागीमा ६० हजार धनमाल नष्ट

    वीरगंज, २७ पुस/ बारा जिल्लाको बरैनिया भरवलिया-२ निवासी प्रभु साह सोनारको घरमा आगलागी हुंदा हजारौंको धनमाल जलेर नष्ट भएको छ ।
    गए राति गोठमा घुर बालेर सुतिरहेको अवस्थामा आगलागी हुदा ६०-७० हजार बराबरको धनमाल जलेर नष्ट भएको युवा फोरम पर्साका नगर कोषाध्यक्ष संतोष कुमार नेपालीलले बताएका छन् ।

    गाविस मोतीसरमा तालाबन्दी

    वीरगंज, २७ पुस/ साक्षरता अभियानको लागि छनोट गर्ने व्यक्तिहरुको नाम मनोमानी ढंगले छनोट गरेको विरोधमा नेपाली कांग्रेस, नेपाल किसान मजदुर पार्टर्ीीराप्रपालगायत स्थानीय क्लबका प्रतिनिधिहरुले आज गाविस भवन मोतीसरमा तालाबन्दी गरेका छन् ।
    पुस २३ गते गाविस सचिव कमलेश चौधरीले केही दलका प्रतिनिधिहरुको मिलोमतोमा साक्षरता अभियानको प्रतिनिधि छनोटको लागि कलैयाको एक लजमा गुपचुप ढंगले नै निर्ण्र्ाागरेको विरोधमा मोतीसर गाविसका प्रतिनिधिहरुले सो तालाबन्दी गरेका हुन् ।
    प्रतिनिधिहरुले गाविस भवनमै बैठक बसेर निर्ण्र्ाागर्न माग गर्दै अनिश्चितकाल तालाबन्दी गरेको राप्रपाका लक्ष्मण साहले जानकारी गराएका छन् ।

    निःशुल्क आंखा शिविर सम्पन्न

    वीरगंज, २७ पुस/ लायन्स क्लब अफ वीरगंजको आयोजनामा परवानीपुरमा निःशुल्क आंखा शिविर सम्पन्न भएको छ ।
    हिजो क्लबका अध्यक्ष्ँ मनोहर टिवडेवाल र सदस्यहरु अनिल तुलस्यान, पवन मित्तलको उपस्थितिमा सम्पन्न शिविरमा ६५० जना महिला तथा पुरुषहरुको आंखा परीक्षण गरिएको थियो ।
    सोमध्ये २२५ जनामा मोतियाविन्दुको लक्षण देखापरेकोलेउनीहरुलाई केडिया आंखा अस्पतालमा निशुल्क मोतियाविन्दुको शल्यक्रियामा गरी चश्मासमेत वितरण गरिने जानकारी क्लबका अध्यक्ष मनोहर टिवडेवालले दिनुभएको छ । मोतियाविन्दुको शल्यक्रिया गरेवापत अस्पतालमा जनही रु २५०० लाग्ने गरेकोमा सो शुल्क लायन्स क्लब अफ वीरगंजले बेहोर्ने जानकारीसमेत दिएका छन् ।
    उक्त शिविरमा एचआइभी एडसविरुद्ध जनचेतना जगाउने उद्देश्यले युवा सरोकार समाज नेपालका कलाकारहरुको सहयोगमा नाटक पनि प्रस्तुत गरिएको थियो ।
    शिविरमा केडिया आंखा अस्पतालका डाक्टरहरुले आंखा परीक्षण गरेका थिए ।

    अपदस्थ राजाको र्समर्थनमा र्‍याली

    वीरगंज, २७ पुस/ पर्ूव राजाको र्समर्थनमा राजावादीले वीरगंजमा जुलुस निकालेका छन् ।
    आज नेपाल राष्ट्रवाद संघ पर्साले राष्ट्रिय एकता दिवस तथा बडा महाराजाधिराज श्री ५ पृथ्वीनारायण शाह सरकारको २७९ औं जन्मजयन्तीको अवसरमा जुलुस निकाली नगर परिक्रमा गरेको थियो ।
    राष्ट्रिय झन्डा र अपदस्थ राजा ज्ञानेन्द्रको फोटो श्री ५ पृथ्वीनारायणको फोटो बोकेर बाजागाजासहित सेना र प्रहरी अघिपछि लगाएर निस्किएको जुलुसले राजा ज्ञानेन्द्र जिन्दावाद, पृथ्वीनारायण शाह अमर रहुन्, राजा आउ देश बचाउलगायत नारा लगाएका थिए ।
    राष्ट्रवाद संघ पर्साका अध्यक्ष जनकलाल साह, नन्दकिशोर गोयल, शम्भुप्रसाद चौरसिया, गोपाल रिमाल, मोहनचन्द्र लाखे, पशुपति रौनियार, हंशलाल चन्द्रवंशी, डा. मुरलीदत्त लोहनीलगायतले राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदान, राष्ट्रियताकेा सर्म्बर्द्धनमा राजसंस्थाको भूमिकाबारे विचार प्रकट गरेका थिए ।
    यसैगरी नेपाल विद्धत परिषद्, पर्साका अध्यक्ष एवं नेपाल टेलिकमका कर्मचारी नरेश गिरीले एकता दिवसको जुलुसमा भाग लिने विद्यार्थीलाई सिम कार्ड दिने भनेर जुलुसमा सरिक गराएका थिए ।
    जुलुसमा सरिक भएका विद्यार्थीहरूले आफनो माग अनुसार मोवाइल सिमकार्ड नपाएकोमा आक्रोशित भइ नेपाल टेलिकमका सिसा तोडफोड गरेका छन् ।

    क्ष्ँेत्रीय परामर्श कार्यक्रम प्रारम्भ

    वीरगंज, २७ पुस/प्रोटेक्सन डेस्क नेपालको तत्वावधानमा ६ दिने मध्यमाञ्चल क्षेत्रीय परामर्श कार्यक्रम प्रारम्भ भएको छ ।
    आज स्थानीय होटल मकालुमा प्रारम्भ भएको कार्यक्रम मानव अधिकारसंग सरोकार राख्ने सरोकारवालालाई सुरक्ष्ँाका लागि सिफारिस तयार गर्ने उद्देश्यले राखिएको हो ।
    क्षेत्रीय परामर्श कार्यक्रमका सहभागीहरूलाई प्रोटेक्सन डेस्क नेपालका मध्यमाञ्चल क्षेत्रीय संयोजक युवराज काप\mले र पर्ूवाञ्चल संयोजक इन्दिरा घलेले आवश्यक जानकारी गराए ।
    पहिलो दिन घरेलु हिंसा, द्वन्द्व र सशस्त्र समूहलगायत सबैखाले पीडितको प्रतिनिधित्व गर्दै सहभागी भएका २० जनाका बीचमा सहजकर्ताहरूले पीडित सरोकारवालाका विषयमा परामर्श गरिएको थियो ।

    नारायणी आइडलको प्रथम चरणको अडीसन सम्पन्न

    वीरगंज, २७ पुस/ नारायणी आइडलको प्रथम चरणको अडिसन कार्यक्रम सम्पन्न भएको छ ।
    वीरगंज, आदर्शनगर स्वीमीङ पोखरीको सभाकक्षमा स्व. स्वर सम्राट नारायण गोपालको सम्झनामा लायन्स क्लब अफ वीरगंज वेस्ट र वीरगंज सांस्कृतिक परिषद्को संयुक्त आयोजनामा उक्त कार्यक्रम भइरहेको हो ।
    हिजो भएको अडिसन -छनोट) मा पर्सा जिल्लाका विभिन्न स्थानबाट १५० जना महिला तथा पुरूषहरूको सहभागिता रहेका थिए ।
    नारायणी अंचलभित्र लुकेका प्रतिभालाई अगाडि ल्याउने प्रयासमा लागेको आयोजकले बताए ।
    यसैगरी मधेश डेभलोपमेन्ट सामाजिक संस्थाको आयोजनामा महिला नृत्य प्रतियोगिता हिजो वीरगंज नगरसभा गृहमा सम्पन्न भयो ।
    प्रतियोगितामा महिलाहरूलाई मात्र समावेश गराइएको थियो । महिलाहरूको उत्साह, उमंग बढाउने उद्देश्यले यसप्रकारको प्रतियोगिता गराइएको आयोजकले जनाएको छ।
    फेमिन होम एन्ड ब्यूटि टे्रनिङ सेन्टर, वीरगंजको सहयोगमा उक्त प्रतियोगिता गरिएको हो ।
    वीरगंजका तीन दर्जन भन्दाबढी महिलाहरूले प्रतियोगितामा सहभागी भएका थिए । निर्ण्ाायहरूमा गौतम खड्गीलगायत रहेका थिए भने विजेताहरूलाई फेमिन ब्यूटि पार्लरकी ब्यूटिसियन गुडी जोशीले प्रमाणपत्र पुरस्कार वितरण गरेकी थिइन ।

    त्रिविले षड्यन्त्रको ढाकछोप गर्न खोजेको किर्तिपुरवासीको आरोप

    काठमाडौं, २७ पुस/ किर्तिपुरवासीले त्रिभुवन विश्वविद्यालयले आफूहरूको जग्गा अधिकरण गरेर पिडित बनाएको भन्दै पछिल्लो समयमा षड्यन्त्र ढाकछोप गर्न चालहरू चालिरहेको आरोप लगाएका छन् । उनीहरूले आफूहरूको माग पूरा नभएसम्म संघर्षबाट पछि नहट्ने बताए ।
    रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी त्रिवि पिडित संघर्ष समितिले थप संघर्षको चेतावनी दिएको छ । समितिका संयोजक प्रणयसिंह मुन्नाले मुआब्जा दिने, पिडितका लागि उचित रोजगारीको व्यवस्था गर्ने आश्वास दिएपनि लागू नगरेको भन्दै आलोचना गरे । प्रधानमन्त्री प्रचण्डले चुनावी भाषणमा मुआब्जा उपलब्ध गराउने आश्वासन मात्र दिएर बेवास्ता गरेको बताए । संघर्ष समितिका पदाधिकारीहरूले त्रिविका उपकुलपतिले आफूहरूमाथि षड्यन्त्र गरिरहेको आरोप लगाए । उनीहरूले उपकुलपतिले कुलपति रहेका प्रधानमन्त्रीको टाउकोमा दोष थोपरिरहेको अरोप लगाए ।


    आफ्नै देशको "सिमानाको खोजिमा" रोक
    -सागर घिमिरे
    पाल्पा
    तपाईलाई सुस्ता र कालापानी दुख्छ कि दुख्दैन - टिष्टा र नालापानी तपाई भुल्न सक्नुहुन्छ कि हुँदैन - तपाईको एक इन्च पनि जमिन छिमेकीले मिच्यो भने तपाई सहन सक्नुहुन्छ - अवस्य कसैले पनि सहदैन । तर राष्टको ५४ भन्दा बढी ठाँउमा सिमाना अतिक्रमण भएर ६०० वर्ग कि मी राष्टिय भुभाग गुमाउदा पनि हामी मौन छौ र हाम्रो सरकार मौन छ । किन - के हामीलाई नेपालको माया छैन - किन हामी र हाम्रो सरकार सच्चालन गर्नेहरु आफ्नो व्यत्तिगत स्वार्थ भन्दा माथी उठेर राष्टिय स्वार्थको लागि एकजुट हुन सकिरहेका छैनौं । अहिलेको कठिन र संकटपर्ुण्ा घडीमा तँ तँ र म म त्यागेर हामी नेपाली भन्ने भावना सहित नेपाललाई स्वतन्त्र र आर्थिक रुपले समुन्नत वनाउन पाइला अगाडि बढाएनौं भने संभवत आउने पुस्ताले नेपाल भन्ने स्वतन्त्र राष्ट इतिहासको पानामा मात्र पाउनेछन् । के तपाईले अनुमान गर्नु भएको छ -
    त्यहि नेपालको पुरानो सिमाना र हाल भारतले अतिक्रमण गरिरहेको सुस्ता लगाएतका क्षेत्रको बिषयमा तयार पारिएको "सिमानाको खोजि" नामक डकुमेन्टि्र पर््रदर्शनमा रोक लगाईएको कुरा सुन्दा अति नै दुःख लागेको छ । वास्तवमा सिमा अतिक्रमणको बारेमा सरकार समेत मौन रहदा पनि ग्रेटर नेपालको सिमा बचाउँ यो अभियानले देशको कुना काप्चामा पुगेर आफ्नो बृतचित्र मार्फ देशको सिमा बचाउने अभियानमा लागिरहेको थियो र जनतालाई जुर्टाईरहेको थियो । पर््रदर्शनको क्रममा आज त्यहि अभियानलाई भारतिय राजदुतावासको पहलमा रोक लगाईएको छ । त्यो अभियान र त्यो बृतचित्र साच्चिकै नेपालिको मन जित्ने अभियान थियो त्यस्तो अभियानमा सरकारले समेत अझ प्रोत्साहन र बढाबा दिने बेलामा सरकार आज मौन रहेको छ । देशको सिमा बचाउन खटनुपर्ने नेपाल सरकाले उल्टो भारतिय राजदुताबासको पक्षमा बृतचित्र पर््रदर्शनमा रोक लगाउनु साच्चिकै लाजमर्दो कुरा हो । नेपालको सिमाना केवल एक धर्को मात्र होइन, हामी नेपालीको अस्तित्व हो । यदी सिमाना मिचिन्छन् भने हाम्रो अस्तित्व माथी गरिएको ठाडो हस्तक्षेप हो । त्यसकारण हालसम्म भएका र भईरहेको सिमाना अतिक्रमणको हामी सवै नेपालीले एक आवाजमा विरोध गर्नु पर्दछ । र जुन बृतचित्र पर््रदर्शनमा रोक लगाईएको छ त्यसको बिरुद्धमा समेत एकजुट भएर लाग्नुपर्ने जरुरी रहेको छ ।
    इतिहासमा पर्ुव टिष्टादेखी पश्चिम सतलजसम्मको विशाल नेपाल अंग्रेज साम्राज्यवादको हस्तक्षेपको कारण पर्ुवमा मेची र पश्चिममा महाकाली विचको सानो नेपालका खुम्चिन वाध्य पारियो । अव भारतियहरुकोे कारण त्यही मेची महाकालीको नेपाल पनि खुम्चिदै छ । कति चुप लागेर बस्ने - कति तँ र म भनिरहने - कहिलेसम्म खोस्रो राजनीति मात्र गरिरहने - राष्टियताको राजनीति गर्ने दिन कहिले आउला -
    सुगौलीमा व्रिटिशलाई गुमाएका भुभाग जुन हाल भारतमा छन्, जसमाथी अन्तर्रर्ााटय कानुनका आधारमा नेपालको कानुनी अधिकार छ । तर हामी मौन छौं, सरकार अनभिज्ञ छ, इतिहासको पुनर्मुल्यांकन गर्न । जहाँ सुगौली पछि बाँकी रहेको भुभाग र्-वर्तमान नेपालको भुभाग) समेत हामी जोगाउन सकिरहेका छैनौ । कस्तो विडम्वना । कति कमजोर र लाचार भएका छौ हामी नेपाली, आफ्नो मातृभुमी जोगाउन नसक्ने । आफ्नी आमाको छातीमा विदेशी सेनाले परेड खेल्दा समेत मुकदर्शक वनेर गुलामी गर्ने सरकार र नेताले राष्टियताका वारेका सोच्ने दिन कहिले आउला -
    एक पछि आर्को सिमाना माथी भएको अतिक्रमणलाई सम्झदै टुलुटुलु हेरेर बस्ने की जन्मभुमी प्रतिको आफ्नो कर्तव्य पनि पुरा गर्ने - देशमा तरल राजनीतिक अवस्था र संक्रमणकाल भएका बेला फेरी पनि नेपाली आमाका अंगहरुमा अतिक्रमण हुन सक्छ । सारा नेपाली र्सतर्क बनौ । अतिक्रमणकारीलाई खवरदारी गरौं ।
    जित्नका लागि एक पाइला अगाडि बढ्दै पर्छ । निदाएर नयाँ नेपाल बन्दैन । सुतेकाहरु जाग । सुतेका वहाना गर्नेहरु पनि यथार्थतालाई हेर । गाँउ गाँउबाट उठ, बस्ती बस्तीबाट उठ । नेपाली आमाको मुहार हसाउ । नेपाली आमाको सन्तती भएकामा गर्व गर । देशलाई माया गर ।
    तपार्इ, म अनी हामी, जो नेपाललाई माया गर्र्छौ । नेपाली आमाको गर्भबाट जन्मन पाएकोमा गौरव गर्र्छौ । जसको शरीरमा नेपाली रगत वगेको छ । जसले कहिल्यै दासता स्विकारेन र स्विकार्दैन ।
    भ्-ःबष्स्-ि ष्तककबनबचन२gmबष्।अिom

    0 comments: