पत्रकार हत्याको विरोधमा देशभर र्‍याली

Posted on
  • Jan 13, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, २९ पुस/ पत्रकार उमा सिंह हत्याको विरोधमा देशभर पर््रदर्शन भएका छन् । नेपाल पत्रकार महासंघको आव्हानमा भएको पर््रदर्शनमा पत्रकार, मानवअधिकारवादी एवं नागरिक समाजका प्रतिनिधिले सहभागिता जनाएर घटनाको भर्त्सना गरेका छन् ।
    आज नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष शत्रुघन नेपालको नेतृत्वमा वीरगंजको घण्टाघरबाट निस्केको विरोध र्‍यालीले नगर परिक्रमा गरेको थियो । पत्रकार हत्याको विरोध गर्दै स्थानीय संचारकर्मीहरुले निकम्मा सरकार मर्ुदावाद, पत्रकार सिंहको हत्यारालाई कारबाइ गर, गृहमन्त्री राजीनामा दे, प्रेस स्वतन्त्रता कायम गर, पत्रकार एकता जिन्दावादलगायतका नारा लगाइएको थियो ।
    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दासले गृह प्रशासनको निकम्मापनको कारणले गर्दा संचारसंस्था र संचारकर्मीहरुमाथि सांघातिक हमलाहरु बारम्बार भइरहेकोमा त्यसको ज्वलन्त उदाहरण जनकपुर टुडे एफएमकी पत्रकार उमा सिंह रहेको बताए ।
    उनले शान्ति चाहने नागरिक एवं पत्रकार मित्रहरुलाई एक भएर अब आन्दोलनमा उत्रन आग्रह गर्नुभयो ।
    नेपाल पत्रकार महासंघले राजधानीमा विरोध र्‍याली निकालेको छ । रत्नपार्कबाट शुरु गरिएको र्‍याली बागबजार, पुतलीसडक हुदै भृकुटीमण्डपमा कोणसभामा परिणत भएको थियो ।
    कोणसभालाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष गोविन्द आचार्यले पत्रकारहरु असुरक्षित भएको भन्दै सरकारले सुरक्षामा उदासिनता देखाएको बताए । उनले उमा सिंहलाई उपचारका लागि काठमाडौं ल्याउन सरकारले सहयोग नगरेको भन्दै गृहमन्त्री वामदेव गौतमको आलोचना गरे ।
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले पत्रकारहरु असुरक्षित भएको भन्दै कलम र बन्दुक एकसाथ बोकेर हिड्ने चेतावनी दिए । उनले उमा सिंहको हत्याबारे सुृरक्षाको जिम्मेवारी लिएर बसेका प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री वामदेव गौतम र सुरक्षा प्रमुखहरुले जवाफ दिनुपर्ने बताए । पत्रकारहरुले सुरक्षाका लागि आन्दोलनमा उत्रनुपर्ने बताए ।
    मानवअधिकारवादी पुरुषोत्तम दाहालले देशमा दण्डहीनता बढेकाले हत्याको घटना बढेको बताए । पत्रकारहरु असुरक्षित हुनुले सरकारको कामकारबाहीमा प्रश्न उठेको बताए । महासंघका महासचिव पोषण केसीले पत्रकार हत्याको विरोधमा देशव्यापी आन्दोलनको चेतावनी दिए । उनले दोषीमाथ कडा कारबाहीको माग गरे । महासंघका पर्ूव सभापतिहरु तारानाथ दाहाल र विष्णु निष्ठुरीले अपराधिलाई कारबाही गर्न नसके वर्तमान सरकारमाथि अपराधिलाई संरक्षण दिएको आरोप लाग्ने बताए । महासंघका सचिव रामजी दाहालले संचालन गरेको कार्यक्रमलाई प्रेस चौतारीका उपाध्यक्ष गणेश बस्नेत, संचारिका समूहकी अध्यक्ष बबिता बस्नेतलगायतले सम्बोधन गरेका थिए । यसैगरी पत्रकार हत्याको विरोधमा सुनसरी, पर्सा, धनुषालगायतका स्थानमा पनि पर््रदर्शन भएको छ । धनुषामा स्थानीय एफएमहरुले शोकधुनमात्र बजाएका छन् । जनकपुरस्थित धनुषा जिल्ला प्रशासन कार्यालयमा उमा सिंहको शव राखी धर्ना दिइएको थियो ।

    उमा सिंह साहसिक पत्रकारिता पुरस्कार

    काठमाडौं, २९ पुस/ रिपोर्र्टर्स क्लब नेपालद्वारा उमा सिंह साहसिक महिला पत्रकारिता पुरस्कार स्थापना रिपोर्र्टर्स क्लब नेपालले जनकपुरमा हत्या गरिएकी पत्रकार उमा सिंहको स्मृतिमा उमा सिंह साहसिक पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।
    आज क्लबका अध्यक्ष ऋषि धमलाले २५ हजार राशी र ताम्रपत्रसहितको पुरस्कार घोषणा गरेका हुन् ।
    क्लबका अध्यक्ष धमलाको अनुसार मधेशमा सक्रिय पत्रकारहरुलाई उनीहरुको योगदानका आधारमा प्रत्येकवर्ष पुरस्कार प्रदान गरिनेछ । यसवर्ष क्लबको चैत्र १७ गते हुने वार्षिकोत्सवमा पुरस्कार वितरण गरिनेछ ।
    यसैगरी पत्रकार सिंहको स्मृतिमा शोकसभा आयोजना भएको छ । राजधानीमा पनि मधेशी पत्रकारहरुले विरोध र्‍यालीसहित शोकसभा आयोजना गरे । शोकसभामा बोल्दै रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सामाजिक परिवर्तनका पक्षमा कलम चलाउदै आएकी सिंहको हत्यारालाई तत्काल कारबाही गर्न माग गरे । उनले सिंहलाई सहिद घोषणा गर्नुपर्ने माग गरे । राजनीतिक विश्लेषक सीकेलाले हत्यालाई पाशविक घटना भने । उनले मधेशमा पत्रकारहरु असुरक्षित हुनुले राज्यको सुरक्षाव्यवस्थामा गम्भीर प्रश्न तर्ेर्सिएको बताए । गोरखापत्रका कार्यकारी सम्पादक सीताराम अग्रहरी, मधेशी पत्रकारहरु राजकुमार रायलगायतले घटनाको भर्त्सना गरेका थिए ।

    मानव अधिकार उच्चायुक्तको भर्त्सना

    काठमाडौं, २९ पुस/ संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपालले एक प्रेस विज्ञप्ति जारी गरी महिला पत्रकार उमा सिंहको हत्याको भर्त्सना गरेको छ ।
    उच्चायुक्तको कार्यालय-नेपालद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ- खुकुरीधारी मानिसहरूद्वारा आप\mनै घरमा आक्रमण गर्दा मृत्यु भएकी जनकपुरकी पत्रकार उमा सिंहको पुस २७ गते भएको हत्याको निन्दा गर्दछ । कसैले पनि अहिलेसम्म जिम्मेवारी लिएको छैन । जिम्मेवारहरूलाई पहिचान गर्न र उनीहरूलाई न्यायको कठघरामा ल्याउनका लागि उनको मृत्युको तत्काल र पर्ूण्ा अनुसन्धान गर्न यो कार्यालय नेपाल प्रहरीलाई आहृवान गर्दछ ।
    सिंह रेडियो टुडे एफएमकी समाचारदाता तथा महिला मानवअधिकार रक्षक सञ्जाल, धनुषाकी सदस्य हुनुहुन्थ्यो ।
    उच्चायुक्तको कार्यालय-नेपाल जनकपुरमा अर्की महिला पत्रकारमाथिको हत्याको धम्की तथा सोही रात भएको आक्रमणको प्रयास जस्तो देखिने घटनाको चाँडो अनुसन्धान गरी अभियोजन गर्न सरकारी अधिकारीहरूलाई आग्रह पनि गर्दछ । त्यसो गर्नाले सञ्चारविरुद्धको आक्रमणमा वा अन्य कुनै पनि गम्भीर अपराधमा दण्डहीनता हुने छैन भन्ने कडा सन्देश जानेछ । उच्चायुक्तको कार्यालय-नेपाल नेपाली समाजको सबै क्षेत्रलाई मत व्यक्त गर्न पाउने स्वतन्त्रता तथा पत्रकारहरूको अधिकारको सम्मान गर्न आहृवान गर्दछ ।
    "नेपालभर पत्रकारहरूमाथि लक्ष्यित घटनाहरूको बढ्दो सङ्ख्याका समाचारहरूबीच भएको यो दुःखद घटनाले सञ्चार स्वतन्त्रताको संरक्षणका लागि जिम्मेवारहरूलाई पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्ने आवश्यक कार्य तत्काल गर्न घचघच्याउनु पर्छ", उच्चायुक्तको कार्यालय-नेपालका प्रमुख रिचर्ड बेनेटले भन्नुभयो ।

    र्सवपक्षीय वार्तामा सहमति भएपछि युनियनको आन्दोलन फिर्ता

    वीरगंज, २९ पुस/ नेपाल संस्थागत विद्यालय शिक्षक युनियनले ५ सूत्रीय माग राखी केही दिनदेखि गरेको आन्दोलनको सम्पर्ूण्ा कार्यक्रम फिर्ता लिएको छ ।
    आज आन्दोलन फिर्ता लिएपछि बन्द रहेको पर्सा जिल्लाको सम्पर्ूण्ा निजी विद्यालयहरुको पठनपाठन सुचारु भएको छ।
    युनियनले आज एक प्रेस विज्ञप्ति जारी गरी प्याब्सन र एन प्याब्सनबीच भएको वार्तामा सहमति भएपछि ९ बुंदे निर्ण्र्ाार्सार्वजनिक गरी आन्दोलनका सम्पर्ूण्ा कार्यक्रम फिर्ता लिएको हो ।
    गए राति गौतम माविमा सम्पन्न बैठकमा जिल्ला शिक्ष्ँा अधिकारी रामविनय सिंह, नेपाल संस्थागत विद्यालय शिक्ष्ँक युनियनका केन्द्रीय सहअध्यक्ष रविनन्दन सिंह, पर्सर्ाा कावा अध्यक्ष श्रीनारायण सिंह, प्याब्सन पर्सर्ाा अध्यक्ष्ँ श्याम केसी, गौतम माविका संस्थापक निमा लामा, एन प्याब्सन पर्सर्ाा प्रतिनिधि एवं होली एन्जलका प्रअ अरविन्द सिंह, नेपाल शिक्ष्ँक युनियन पर्सर्ाा अध्यक्ष्ँ रामचन्द्र पंडित, रिपोर्टस क्लब नेपाल पर्सर्ाा सभापति कन्हैया गुप्ताको उपस्थितिमा ९ बुंदे निर्ण्र्ााभएको थियो ।
    र् र्सवपक्षीय बैठकमा गरिएको निर्ण्र्ाारु माघ मसान्तभित्र सबै विद्यालयले अभिभावक र शिक्ष्ँकसहित विद्यालय व्यवस्थापन समिति गठन गर्ने, पियनदेखि शिक्ष्ँकसम्म माविले रु १ हजार को दरले महंगी भत्ता, निमाविको हकमा रु ७ सय र प्राविको हकमा रु ५ सय र माविसम्म चल्ने विद्यालयले रु १ हजारको दरले दिने, निमाविसम्म चल्ने रु ७ सय दिनैपर्ने गरी प्राविसम्म मात्र चल्ने विद्यालय रु ५ सयको दरले खाइपाइ आएको तलबपछि दिनैपर्ने, सबै छलफल, सेमिनार, गोष्ठीमा युनियनको प्रतिनिधित्व हुने, माघ मसान्तभित्र शिक्ष्ँक तथा कर्मचारीहरुलाई स्थायी, अस्थायी वा करार शिक्ष्ँा नियमावली अनुसार नियुक्ति पत्र दिनुपर्ने, कुनै पनिशैक्षिक कार्यक्रममा युनियनका पदाधिकारीहरुकोहैसियतले सहभागिता हुने, विना अनुमतिमा संचालन भएको विद्यालय माघ मसान्तभित्र अनुमति लिनुपर्ने, जिशिअको अध्यक्ष्ँतामा संस्थागत विद्यालय कार्यान्वयन तथा अनुगमन समिति गठन गर्ने, माघ १ देखि सवै विद्यालयमा अनुगमन गर्ने, कुनै पनि शिक्ष्ँक तथा कर्मचारीहरुलाई आन्दोलनको क्रममा निजको तलब नकाटिने र धाक धम्की तथा निष्काशन गर्न नपाउने, नेपाल संस्थागत विद्यालय शिक्ष्ँक युनयनले अहिलेसम्म घोषणा गरेको सम्पर्ूण्ा आन्दोलनका कार्यक्रम आजैदेखि फिर्ता लिने युनियनका अध्यक्ष श्रीनारायण सिंहले जनाएका छन् ।
    यसैगरी नेपाल संस्थागत विद्यालय शिक्ष्ँक युनियनका सहअध्यक्ष रविनन्दन सिंह र जिल्ला कावा अध्यक्ष श्रीनारायण सिंहको उपस्थितिमा गौतम माविका शिक्ष्ँक, शिक्ष्ँिका तथा कर्मचारीहरुको भेलाले रंजन आलेको अध्यक्षतामा १५ इकाइ समिति गठन भएको छ ।


    रिसको झोंकमा छोरा, पत्नि मारेर आत्महत्या

    वीरगंज, २९ पुस/ रिसको झोंकमा एक बाबुले आफनो छोरालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि सो दृश्य हेरेकी उनकी पत्नि मृत्यु भएको छ भने पिताले आत्महत्या गरेका छन् ।
    बारा पथलैया बस्ने ५० वषर्ीय मुकेश चौधरीले आठ वषर्ीय बालक निक्की चौधरीलाई हतियार प्रहार गरेर हत्या गरेको दृश्य देखेपछि आमाको घटनास्थलमै मृत्यु भएको भन्दै उनीहरुको १५ वषर्ीय छोरी नेहा चौधरी घरबाट भागेर बांच्न सफल भएकी बताइन् ।
    पिताले सो घटनापछि घरमै फांसी झुन्डीएर आत्महत्या गरेको बताउदै नेहालाइ सामुदायिक प्रहरी टोलीले उद्धार गरी जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाएको छ ।

    गीता मन्दिरमा श्रीमदभागवत

    वीरगंज, २९ पुस/ १०८ विराट महायज्ञकर्ता परिवारका तर्फाट गीता मन्दिर वीरगंजमा पुस २४ गतेदेखि माघ १ गतेसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म प्रत्येक दिन अध्यात्म प्रचारक रमेशप्रसाद सुवेदीको मुखारविन्दबाट श्रीमदभागवत सविस्तार भइरहेको छ ।
    राष्ट्रमा शान्तिको कामना गर्दै नेपाल अधिराज्यका ७५ जिल्लामा १०८ विराट महायज्ञ ५७ औं श्रीमदभागवत वाचन भइरहेको छ । श्रीमद भागवद सप्ताहमा विशेषगरी वृद्ध महिला श्रद्धालु भक्तजनहरुको घुंइचो लागेको छ ।
    जीवन धन्य बनाउन सबै श्रद्धालु भक्तजनहरुलाई आयोजकले आमन्त्रण गरेका छन् ।

    0 comments: