काठमाडौं, २९ पौष । जलस्रोतमन्त्रालयका सहसचिव अनुप उपाध्यायले फागुनको दोस्रो हप्ताभित्र हप्तको ७० घण्टा लोडसेडिङ घट्ने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले अपुग विद्युत आयातका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएकाले लोडसेडिङ व्यापक घट्ने दाबी गरे ।
'फागुनको दोस्रो साताबाट हप्ताको ७० घण्टा लोडसेडिङ घट्छ,' उपाध्यायले भने,'भारतबाट थप विद्युत आयात गरिदैछ ।' मध्यमर्स्याङदीबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा प्रसार गर्ने काम अगाडि बढाइएको उनको भनाई थियो ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै उपाध्यायले दुइ महिनाभित्र दुहवी कटैया प्रसारण लाइनको मर्मत पूरा हुने भएकाले थप विद्युत आयात गरिने बताए । कोशीले भत्काएका प्रसारण लाइनको मर्मत फागुनमा पूरा भई ९० मेगावाट विद्युत आयात गर्न सकिने बताए । भारतको अन्य क्षेत्रबाट पनि विद्युत आयात गर्न कुरा अगाडि बढाइएको बताए । दर्ीघकालिन रुपमा लोडसेडिङ घटाउन तामाकोशी, त्रिशुली, चमेलिया, कुलेखानी-३, काभेलीलगायतका जलविद्युत आयोजना निर्माणाधिन रहेको बताए ।
नेपाल विद्युत प्राधिकरण भार नियन्त्रण महाशाखाका प्रमुख शेरसिंह भाटले दैनिक १६ घण्टाको लोडसेडिङ नघट्ने बताए । मध्यमर्स्याङदीबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा प्रसार शुरु भइसकेकाले लोडसेडिङ नघट्ने बताए । फागुनको पहिलो हप्ता दैनिक ६ घण्टा लोडसेडिङ घटाएर १० घण्टामा पुग्ने उनको भनाई थियो । विद्युत प्राधिकरणले प्रसारण लाइनको मर्मत शुरु गरिसकेकाले फागुनमा भारतबाट थप विद्युत आयात हुने बताए । हिऊ पग्लन थालेपछि चैत्रबाट लोडसेडिङ व्यापक घट्ने बताए । विद्युतको माग अत्याधिक बढ्दै गएको र उत्पादन त्यसअनुरुप बढाउन नसक्दा समस्या आएको बताए । हाल भारतबाट ३० मेगावाट, कुलेखानीबाट ४६, डिजेलबाट २० र अन्य जलविद्युत आयोजनाबाट २६० मेगावाट माग पर्ूर्ति गरिरहेको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले सरकारले लोडसेडिङ घटाउन गम्भीरता नदेखाएको आरोप लगाए । तत्काल लोडसेडिङ घटाउन भारतबाट विद्युत आयात बढाउन प्रक्रिया थाल्नुपर्ने बताए । डिजेल प्लान्ट महंगो भएको भन्दै अन्य विकल्पको खोजी गर्नु उपयुक्त हुने बताए ।
र् अर्थविद डा.भोला चालिसे सरकारले ठूलो जलविद्युत आयोजना निर्माणका लागि काम थाल्नुपर्ने बताए । ४-५ वर्षलोडसेडिङ अन्त नहुने स्पष्ट भइसकेकाले आगामी दिनका लागि काम थाल्नुपर्ने बताउदै भने,'जलस्रोतमन्त्री माथिल्लो कर्ण्ााली र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तामाकोशीमा आफै पुगी जलविद्युत आयोजना निर्माणमा लाग्नर्ुपर्छ ।' जलमाफियाको अनियमितताका कारण पनि विद्युत आयोजनाहरु अगाडि बढ्न नसकेको भन्दै त्यस्तालाई निरुत्साहित पार्नुपर्नेमा जोड दिए ।
जलस्रोतविद रत्नसंसार श्रेष्ठले अहिलैकै शैलीमा काम गरे पांच वर्षा लोडसेडिङ अन्त नहुने ठोकुवा गरे । उनले जलविद्युत आयोजना निर्माण युद्धस्तरमा भएमात्र पांच वर्षा लोडसेडिङ अन्त हुने भन्दै तत्काल काम थाल्न आग्रह गरे । लोडसेडिङको मार देशले खेपिरहदा पनि आवश्यक गम्भीरता नदेखिइरहेको भन्दै सरकारको आलोचना गरे ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले लोडसेडिङ तत्काल अन्त गर्न सरकार जिम्मेवार हुनुपर्ने बताए । उनले लोडसेडिङरहित नेपाल बनाउन आवश्यक सहमति बनाएर जलविद्युत आयोजना निर्माणमा लाग्न आग्रह गरे ।
राप्रपाद्वारा विद्युत प्राधिकरणमा तालाबन्दी गर्ने चेतावनी
वीरगंज, २९ पुस/ राप्रपा, पर्सर्ाा लोडसेडिङको विरोधमा जिल्ला प्रशासन कार्यालय, पर्सर्ाा प्रजिअलाई ज्ञापनपत्र बुझाउदै माघ ५ गते विद्युत प्राधिकरणको इमर्जेन्सी शाखाबाहेक सम्पर्ूण्ा शाखामा तालाबन्दी गर्ने चेतावनी दिएको छ ।
आज गोकुलप्रसाद कर्ुर्मी, रामबहादुर थापा, राजेशमान सिंह, कन्हैया झा, शशि विचित्र, सुमेश्वरनाथ उपाध्याय, पुरुषोत्तम लाल झालगायतको नेतृत्वमा गएको टोलीले दिनहुं १६ घण्टा लोडसेडिङ गर्ने भनेर २० घण्टा पुर्याएकोमा यथाशीघ्र लोडसेडिङ कटौति गर्न आग्रह गरेका छन् ।
ज्ञापनपत्रमा लोडसेडिङ नगरिए माघ ५ गतेदेखि इमर्जेन्सी सेवाबाहेक सम्पर्ूण्ा कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिंदै नियमित विद्युतको आपर्ूर्ति नभएसम्म विद्युत प्राधिकरणले न्यूनतम महसुल, दण्ड, जरिवाना नलिन आग्रह गरेको छ ।
नेपाल जनता पार्टर्ीीरा घोर भर्त्सना
वीरगंज, २९ पुस/ नेपाल जनता पार्टर्ीीजल्ला कार्यसमिति पर्सर्ाा वर्तमान सरकार तथा गृहमन्त्री असक्षम भएको हुंदा देशमा शान्ति सुरक्ष्ँाको प्रत्याभूति गराउन नसकेपछि महिला पत्रकार उमा सिंहको हत्या भएको र कायरतापर्ूण्ा हत्याको घोर भर्त्सना गरेको छ ।
आज नेपाल पत्रकार महासंघ पर्सर्ााे सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा पुस २९ गते नेपाल जनता पार्टर्ीी केन्द्रीय सचिव विनयप्रसाद यादवको रोहबरमा बसेको जिल्ला कार्यसमिति पर्सर्ााे बैठकले मधेशी जन अधिकार फोरम मधेश परित्याग गरी पार्टर्ीी प्रवेश गरेका विनोद चौरसियालाई र्सवसम्मतिले अध्यक्ष्ँ चयन गर्दै जिल्ला तदर्थ समिति गठन गरेको छ ।
प्रेस विज्ञप्तिमा माओवादी सरकार संविधान विरोधीसरकार भएको,हिन्दू संस्कृति, सभ्यता र राष्ट्रियतालाई आघात पुर्याउदै नेपाली राष्ट्रियतालाई समाप्त पार्न खोजेको उल्लेख छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment