कर्मचारीको पीडा समस्या र समाधान

Posted on
  • Jan 13, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २९ पुस/ गाविस हकहित संरक्षण मंचका मदनमोहन मालीले सचिवहरुलाइ भूमिगत लगायत केही उच्छृंखल तत्वहरुले मानसिक यातना दिएका कारण काम गर्न अवरोध भइरहेको बताएका छन् ।
    आज रिपोर्टस क्लब नेपाल पर्सर्ाा वीरगंजको एक स्थानीय होटलमा कर्मचारीको पीडा समस्या र समाधान विषयक विशेष साक्ष्ँात्कार कार्यक्रममा बोल्दै मालीले दबाबका कारण सचिवहरुले गलत काम गर्न बाध्य भएको बताए ।
    मधेशी टे्रड युनियनका अध्यक्ष्ँ उमेशचन्द्र झाले राजनीतिककर्मीहरुको अकर्मण्यताको कारण नै भूमिगत पार्टर्ीी जन्म लिएको दाबी गरेका छन् । उनले यस्ता समस्याहरुलाई राजनीतिक दलहरुले नै समाधान गर्नुपर्ने बताए ।
    नेपाल निजामती कर्मचारी युनियनका सचिदानन्द सिंहले जनकपुरकी पत्रकार उमा सिंहको हत्याको विरोध गर्दै सो घटना भर्त्सना गरेका छन् । उनले कर्मचारीको तलबमा सरकारले राखेको दोहोरो नीति गलत भएको ठहर गरेका थिए ।
    नेपाल निजामती कर्मचारी संगठनका रामदेवलाल दासले भने- नेपालको आर्थिक अवस्था अहिले इथियोपिया, युगान्डा, सोमालियाझैं भएको छ । अब गृहयुद्ध मात्र हुन बांकी छ ।
    रिपोर्टस क्लब नेपाल पर्सर्ाा अध्यक्ष्ँ कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन नेपाल आम संचार मंच पर्सर्ाा सचिव विजय भण्डारीले गरेका थिए ।

    महिला संचारकर्मीको सुरक्ष्ँा र राज्यको दायित्व

    वीरगंज, २९ पुस/ महिला पत्रकार संजाल पर्सर्ाा अध्यक्ष्ँ रसना ढकालले नेपाल सरकारको फितलो सुरक्ष्ँा व्यवस्थाको कारण जनकपुरकी संचारकर्मी उमा सिंहको निर्मम हत्या भएको आरोप लगाएकी छन् ।
    आज रिपोर्टस क्लब नेपाल पर्सर्ाााखाले वीरगंजको सिजन रेस्टुरेन्टमा आयोजित महिला संचारकर्मीको सुरक्ष्ँा र राज्यको दायित्व विषयक साक्ष्ँात्कार कार्यक्रममा बोल्दै उनले महिला र पुरुष पत्रकारहरु एकजुट भएर अगाडि बढ्न आग्रह गरेकी थिइन् ।
    कार्यक्रममा सरस्वती अधिकारी, विम्मी शर्मा र अमृता मैनालीले सरकारले तुरुन्त पत्रकार सिंहको हत्यारालाई खोजी गरी कारबाही अगाडि नबढाए सबै संचारकर्मी आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
    रिपोर्टस क्लब नेपाल पर्सर्ाा अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन अरुण विक्रम शाहले गरेका थिए ।

    दिउंसै ६ लाख ७० हजार लुटियो

    वीरगंज, २९ पुस/ नेपाल बंगलादेश बैंक वीरगंजबाट दिउंसै चोरहरुले ६ लाख ७० हजार लुटेर भागेका छन् ।
    आज दिउंसो १२ बजे वीरगंजको अलखियामठस्थित नेपाल बंगलादेश बैंकमा मनिषकुमार राजपालको खातामा पैसा जम्मा गर्न आएका रवीन्द्र अर्यालको ब्यागबाट दुइ अपरिचित व्यक्तिले बैंकभित्रै ६ लाख ७० हजार चोरेर भाग्न सफल भएको बताइएको छ ।
    घटनापश्चात प्रहरीले अर्याललाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    0 comments: