वीरगंज १ माघ
नेपाल ज्योतिष परिषद पसा्रका अध्यक्ष एवं मध्यमााचल क्षेत्रिय सदस्य पुरुषोतम दुबेले वीरगंजस्थित महावीर मन्दिरमा आर्थिक प्रतिवेदन आजसम्म नआएको बताउदै मन्दिर संचालक समितिको लापरवाहीको कारण मन्दिरभित्र आर्थिक चलखेल भएको आरोप लगाएका छन् ।
आज रिपोर्टस क्लब नेपाल पसा्र शाखाले नेपाल पत्रकार महासंघ पसा्रको सभाकक्षमा आयॊजित आधुनिक युगमा ज्योतिषको महत्वबारे बिशेष साक्षात्कार कार्यक्रम बोल्दै उनले महावीर मन्दिरको कोषको रकम हिनामिना भएको दाबी गरे ।
उनले जनकपुरकी महिला पत्रकार उमा िसंहको हत्याको घोर भत्स्रना गर्दै सरकारसंग पत्रकारहरुको सुरक्षाको ग्यारेन्टीको माग गरेका छन ।
दुबेले हालैमात्र नेपाल सरकारले निर्णय गरेको २०६६ सालको चैत महिनालाई खारेज गर्ने निर्णयको घोर आपत्ति प्रकट गरेका छन।
उनले पशुपति मन्दिरमा राजनीतिककरणप्रति आपत्ति जनाउंदै जो सक्षम पूजारी छ उसलाइ नै पूजा गराउन आग्रह गरे ।
ज्योतिष रत्न पंडित राजकुमार मिश्राले हाम्रो धर्म सनातन धर्म हो र यसैलाई पश्चिमी देशहरुले मानेर आज आयुवेदिक र होमियोपैथिक पद्धति अपनाएको दाबी गरे ।
रिपोर्टस क्लब नेपाल पसा्र शाखाका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन अरुण विक्रम शाहले गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment