दिउंसै शोरुम लुटने प्रयास असफल, दुइ पक्राउ

Posted on
  • Jan 15, 2009
  • by
  • mukesh
  • in

  • आदर्शनगरस्थित महिन्द्रा एण्ड महिन्द्रा शोरुममा गोली लागेर प्वाल भएको शिशा नियाल्दै सर्वसाधारण ।

    वीरगंज, २ माघ/ वीरगंजको व्यस्त बजारमा दिउंसै लुटन आएका अपराधी समूहका दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ ।
    आज वीरगंज, आदर्शनगर-१३ स्थित रहेको अग्नी इनकर्पोरेड प्रालि महिन्द्रा एन्ड महिन्द्रा टयाक्टर एवं जीपको शोरुममा मोटरसाइकलमा तीन जना हतियारधारी समूहले गोली प्रहार गर्दा सोरुमको सिसामा क्षति पुगेको छ ।
    गोली प्रहारपछि भाग्न खोज्दा नजिकै रहेको प्रहरीले दुइजनालाई पक्राउ गरेका छन् भने एकजना भाग्न सफल भएका छन् ।
    पर्साको हरपतगंज-४ निवासी हरिदेव राम, हरपतगंज-३ का भुलन सहनीलाइ एक थान पेस्तोल, ५ राउन्ड गोली, १ थान खाली गोली सहित पक्राउ गरेको हो । दुबैको बयान अनुसार भाग्न सफल भएका हरपतगंज-२ का भरत साह रहेको जनाएका छन् ।
    सशस्त्र प्रहरी वीचीकाली गुल्मका एसपी प्रहलाद केसीले पक्राउ परेका दुवै भारतीय अपराधी मुन्ना शर्मा गिरोहको रहेको बताएका छन् ।
    पक्राउ परेका द्वय अपराधीले आफूहरुलाइ भरत साहले १० हजार रुपियांको प्रलोभन देखाइ सो सोरुममा गोली प्रहार गर्न लगाएको बताएका छन् ।

    आफ्नै श्रीमतिलाई आगो

    हरी शर्मा
    नवलपरासी, २ माघ । नवलपरासीको मुकुन्दपुर गाउं विकास समितिका एक व्यक्तिले आफ्नै श्रीमतिलाई आगो लगाईदिएकाछन्।
    मुकुन्दपुर गाउं विकास समिति वडानं ३ वस्ने टेक वहादुर कुमालले आफ्नै श्रीमति मिना कुम्हाललाई आज दिउसो घर भित्र थुनेर आगो लगाएको प्रहरिले जनाएकोछ ।
    सामान्य घरायशि विवादका कारण कुम्हालले श्रीमतिलाई आगो लगाएको र स्थानियवासीको सहयोगमा आगो नियन्त्रणमा लिई र्घाईते मिनालाइृ उपचारको लागि भरतपुर लगिएको वताईएकोछ ।
    आगलागि वाट र्घाईते भएकि मिनाको अवस्था गम्भीर रहेको र मिनाका श्रीमानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरि कार्यालय नवलपरासीले जनाएकोछ ।

    लडाइको लाहुरे पर््रदर्शनको तयारीमा

    काठमाडौं, २ माघ/ सामाजिक विषयवस्तुमा आधारित रहेर तयार पारिएको चलचित्र लर्डाईको लाहुरे पदर्शनको तयारीमा रहेकोछ । ग्रामिण भेगको सजिव चित्र उतार्ने गरि तयार पारिएको सो चलचित्रमा विदेशी सेनामा भर्ती हुने परम्परा, त्यसले पार्ने प्रभावलाई देखाउन खोजीएको छ ।
    झरना फिल्मसको ब्यानरमा निर्मित सो चलचित्र सन् १९९९ मा भारत र पाकिस्तानबिच भएको कारगिल युद्धस“ग सम्वन्धित छ । त्यसबेला लर्डाईको लाहुरे नामक गिती एल्वम ल्याएर र्सवाधिक चर्चा कमाउन सफल गायक रत्न वानिया“ले निर्देशन गर्नुभएको सो लाहुरेको दुखद जीवन गाथाको वर्ण्र्ाागरिएको छ ।
    सानैदेखीको संगीत र फिल्म बनाउने चाहाना भएकाले अहिले त्यो पुरा भएको छ निर्देशक वानिया“ले भन्नुभयो '' सकेसम्म छिट्टै प्रदशर्नीमा ल्याउने तयारी गर्दर्र्र्र्छु । जुना वानिया“को निर्माणमा तयार भएको उक्त चलचित्रमा बलबहादुरको चरित्रमा विनोद श्रेष्ठ,र शुसीलाको भुमिकामा रन्जु लामिछाने देखिने छन् । त्यस्तै रत्न वानिया“ , विद्या कार्की , भाइराम श्रेष्ठ, रेश्मा तिमिल्सिना , झरना बानिया“ र निरेन श्रेष्ठ लगायतका कलाकारले अभिनय गर्नु भएको छ ।

    0 comments: