वीरगंज, २ माघ/ महिला पत्रकार संजाल पर्साकी अध्यक्ष रसना ढकाललाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको घटनाप्रति रिपोर्टस क्लब नेपाल पर्साले घोर भर्त्सना गरेको छ ।
आज क्लबका अध्यक्ष्ँ कन्हैया गुप्ताले एक प्रेस विज्ञप्ति जारी गरी केही महिनादेखि अज्ञात समूहले मेरो मोबाइलबाट बारम्बार फोन गरी रसना ढकाललाई ज्यान मार्ने धम्की दिएको घटनाको घोर निन्दा गर्दै भूमिगत संगठनले यसबारेमा छानबिन गरी अबला संचारकर्मी महिलाको जीउधनको सुरक्ष्ँाको आग्रह गरेका छन् ।
विज्ञप्तिमा केही दिन अघि जनकपुरकी महिला पत्रकार उमा सिंहको हत्यालगत्तै पर्साको स्थानीय संचारकर्मीलाई ज्यान मार्ने धम्की आइरहेको घटनाप्रति सम्बन्धित निकायलाई गम्भीर हुन आग्रह गरेको उल्लेख छ ।
यसैगरी प्रगतिशील भोजपुरी साहित्य परिषद, पर्साले आज एक प्रेस विज्ञप्ति जारी गरी मधेशमा सक्रियरुपले पत्रकारिता क्षेत्र अपनाउदै आइरहेकी जनकपुर टुडे एफएममा कार्यरत महिला पत्रकार उमा सिंहको हत्याको घटनाको भर्त्सना गरेको छ ।
विज्ञप्तिमा पत्रकारको हत्यारालाई कारबाही गरी मधेशमा कलम चलाउदै आइरहेका पत्रकारहरुको सुरक्ष्ँा, स्व. उमा सिंहलाई शहीद घोषणा, आफन्तजनलाई क्षतिपर्ूर्ति दिन परिषद्का सचिव अजय यादव वियोगीले माग गरेका छन् ।
मधेशी शहीद दिवस
वीरगंज, २ माघ/ मधेशी जन अधिकार फोरम मधेशले मधेश आन्दोलनमा शहीद भएका मधेशी शहीदहरुको सम्मान गरेको छ ।
आज वीरगंजको घण्टाघरमा मधेशी शहीद दिवस कार्यक्रमको आयोजना गरी मधेशका केन्द्रीय कोषाध्यक्ष्ँ जयकरणप्रसाद यादवले शहीदहरुको तस्बिरमा दीप प्रज्वलित गरेका थिए ।
फोरम मधेशका नगर उपाध्यक्ष्ँ मुख्तार हुसैन समानीको अध्यक्ष्ँतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
श्री गढीमाइ कृषक समूह गठन
वीरगंज, २ माघ/ बारा जिल्लाको हर्दिया गाविसमा स्थानीय गाउंलेको एक भेलाले श्री गढीमाइ कृषक समूह गठन गरिएको छ ।
आज सो समूहको अध्यक्षमा अशोकप्रसाद यादव र्सवसम्मतिले चयन गरिएको हो । समयमा बिउविजन उपलब्ध नभए सम्बन्धित निकायलाई कृषकहरुले घचघचाउने उद्देश्यले सो समूह गठन गरिएको अजय यादव वियोगीले जानकारी गराएका छन् ।
मास्टर किंग प्रतियोगिताको तयारी
वीरगंज, २ माघ/ नटराज डान्स स्कूल विर्ता वीरगंजले यही माघ महिनामा वीरगंजको नगरसभागृहमा मास्टर किंग प्रतियोगिता गराउने भएको छ ।
सो प्रतियोगितामा १० वर्षेखि १४ वर्षम्मका १५ जना केटाहरु सहभागी हुने जनाएको छ । नटराज डान्स स्कूलका प्रशिक्ष्ँकहरुले डान्स, एकंरिङ पर्सनालिटी डेभलपमेन्ट, र्याम्प वाकिङलगायत प्रशिक्ष्ँण दिइरहेको छ ।
संचारकर्मीको साइकल चोरी
वीरगंज, २ माघ/ स्थानीय संचारकर्मी प्रणय कुमारको साइकल दिउंसै चोरहरुले चोरेर लगेका छन् ।
आज मध्यान्ह १२ बजे नेपाल पत्रकार महासंघ, पर्साको हाताभित्र पार्किङ गरी राखेको एटलस साइकल चोरहरुलेचोरेर लगेका हुन् ।
समाचार संकलन गर्ने उनको साइकल हराएको हो । स्थानीय गढीमाइ एफएमलगायत थुप्रै पत्रिकामा प्रणय कुमार कार्यरत छन् ।
महिला पत्रकार संजाल पर्साकी अध्यक्ष्ँलाइ ज्यान मार्ने धम्कीको भर्त्सना
Posted on Jan 15, 2009 by mukesh in
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment