नेशनल मेडिकल कलेजमा इमर्जेन्सी सेवाबाहेक सम्पूर्ण सेवा ठप्प

Posted on
  • Jan 27, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, १४ माघ/ विभिन्न २१ बुंदे माग राख्दै नेशनल मेडिकल कलेज वीरगंजका चिकित्सक, नर्स, कम्पाउन्डर, अहेब लगायत ९ सय जना कर्मचारीले सो अस्पतालको इमर्जेन्सी बाहेक सम्पर्ूण्ा सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका छन् ।
    आज नेशनल मेडिकल कलेजको हाताभित्र रिपोर्टस क्लब नेपाल पर्साको विशेष साक्षँत्कार कार्यक्रममा बोल्दै नेशनल मेडिकल कलेज अखिल नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष संजीवकुमार यादवले व्यवस्थापन पक्षले मान्छे लगाई ओपीडीमा कार्यरत रमेश भट्टराइ, राजकिशोर महतो र रुपकला महतोलाई कुटपिट गरेको आरोप लगाएका छन्।
    यादवले गत १० गते २१ बुंदे मागसहितको ज्ञापनपत्र व्यवस्थापनलाई बुझाइ ७ दिनको अल्टिमेटम दिएपछि व्यवस्थापन पक्षले विरामीको निहुं पारी कर्मचारीमाथि हातपात गरेको बताए।
    गीता श्रेष्ठले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेमाथि कारबाही नभए प्रहरीमा मुद्दा दर्ता गर्ने चेतावनी दिएकी छन् ।
    सोही साक्ष्ँात्कार कार्यक्रममा नेशनल मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्दिन अंसारीले कर्मचारीले अनाहकमा आन्दोलन गरी कलेजमा कार्यरत १६ सय कर्मचारीलाई बेरोजगार बनाउन खोजेको आरोप लगाएका छन् । उनले कर्मचारीमाथि हातपात गर्ने दोषीको पत्ता लगाएर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
    उनले केही राजनीतिक दलको बहकावमा आएर आन्दोलन गरे भोलि बेरोजगार भए त्यसको जिम्मेवार उनीहरु आफै हुने बताए । उनले अस्पतालमा उपचार गराउन आएका विरामीहरुको उचित उपचार नगरी आन्दोलनमा उत्रिएर मानवीय क्षति भएमा सोको जिम्मेवार आन्दोलनमा उत्रिएका कर्मचारी नै हुने बताए ।
    अंसारीले अस्पतालको आन्तरिक मामिलामा बाहिरी व्यक्तिलाई हस्तक्षेप नगर्न आग्रह गर्दै यो आन्दोलनलाई वार्ताबाट टुंगो लगाउन जोड दिएका छन् ।
    नेकपा माओवादी मजदुर संगठनका नेता हरि मण्डलले स्वास्थ्यकर्मीहरुको माग जायज रहेको भन्दै यथाशीघ्र पूरा गर्न व्यवस्थापन पक्षलाई आग्रह गरेका छन् ।
    अखिल नेपाल स्वास्थ्यकर्मी संघले राखेको २१ बुंदे मागहरुमा श्रम ऐन अनुसार २४० दिनभन्दा बढी काम गरिसकेका कर्मचारीलाई स्थायी नियुक्ति, माघ १ गतेदेखि लगू हुनेगरी सम्पर्ूण्ा कर्मचारीको योग्यता र पदअनुसार नेपाल सरकारले तोके बमोजिमको न्यूनतम तलब स्केल, सम्पर्ूण्ा मेडिकल कर्मचारीहरुको जीवन बीमा कम्तिमा ५ लाखसम्मको व्यवस्था हुनुपर्ने, प्रत्येक वर्ष१ महिना बराबरको तलब, दशैं खर्च, अस्पतालमा कार्यरत कर्मचारीका छोराछोरीमध्येबाट प्रत्येक वर्ष२-२ जनागरी एमबीबीएस, बिएससी नर्सिङ तथा स्टाफ नर्स निशुल्क पढ्न पाउने व्यवस्थालगायत छन्
    रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न भएको थियो ।
    अस्पताल बन्द भएपछि ग्रामीण क्षेत्रलगायत शहर वरपर आएका विरामीहरु अलपत्रमा परेका छन् ।

    विराट शान्ति महायज्ञको तयारी

    वीरगंज, १४ माघ/ सडक दर्ुघटना र अन्य कारणबाट दिवंगत भएका आत्माहरुको चिरशान्तिको कामना गर्दै पथलैयामा राजमार्ग अस्प्ताल निर्माण गर्ने उद्देश्यले विराट शान्ति ज्ञान महायज्ञको तयारी भइरहेको छ ।
    यही माघ १६ गते विहीवारदेखि २२ गते बुधबारसम्म बाराको पिपरा, सिमरा-९ पथलैयामा महायज्ञको तयारी भइरहेको आयोजकले जनाएको छ ।
    माघ १६ गते विहीवार बिहान ९ बजे शोभा कलश यात्रा, बिहान १०ः०० पर्ूवाङ, ११ बजे महायज्ञको समुदघाटनपछि २२ गते बुधवारसम्म पूजा अर्चना र आरति बिहान ७ः०० बजेदेखि सुरु हुनेछ भने ज्ञानमय प्रवचनः विहान ८ बजेदेखि १० बजेसम्म, दिउंसो २ बजेदेखि ४ः३० बजेसम्म, विश्रामः मध्यान्ह १२ः०० बजेदेखि १ः०० बजेसम्म हुनेछ ।
    दान दातव्य सहयोग तथा सम्मान कार्यक्रम प्रत्येक दिन बिहान ८ बजेदेखि ज्ञानमय प्रवचन अवधिभर, आरति पुष्पाञ्जलि तथा प्रसाद वितरणः ६ बजेदेखि ६ बजेसम्म, भजन किर्तनः प्रत्येक सांझ आरती पश्चात समापन हुने आयोजकले जनाएको छ ।
    दान रकम अनुसारको सम्मान र मृत आत्माको अमरत्वकोलागि विभिन्न कार्यक्रम भएकोले आफन्तजनलाई गच्छेअनुसार दान गर्न हार्दिक अनुरोध गर्दै आयोजकले भूमिदान तथा जिन्सी दान गर्नुहुने दाताहरुको मूल्याकंन नगद दातासरह नै सम्मान गरिने जनाएको छ ।

    एकीकृत नेपाल राष्ट्रिय मोर्चाद्वारा ज्ञापन

    काठमाडौ“, १४ माघ/ एकीकृत नेपाल राष्ट्रिय मोर्चाले सीमा अतिक्रमण, तथा राष्ट्रिय अखण्डताविरुद्ध निर्माण भएको हिन्दी चलचित्र चांदनी चोक टु चाइनाको विरोध गर्दै भारतीय दूताबासमा सोमवार ज्ञापनपत्र बुझाएको छ ।
    भारतीय स्वतन्त्रता दिबसको दिन मोर्चाले भारतीय दूताबासमा जुलुस सहित पुगेर चारबु“दे ज्ञापनपत्र बुझाएको हो ।
    मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको टोलीले भारतीय हस्त्ाक्षेप विरुद्ध नाराबाजी समेत गरेको थियो । ज्ञापनपत्र बुझाउने क्रममा लैनचौरस्थित भारतीय दुताबासमा मोर्चा कार्यकर्ता र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो । तर, प्रहरीले हस्तक्षेप भने गरेन ।
    मोर्चाले बुझाएको ज्ञापनपत्रमा सिक्किम, दार्जिलिङ्, सिलिगुडी, उतराखण्ड तथा हिमाञ्चल प्रदेश देखि सतलजसम्मका भुमाग १९४७, अगस्ट १५ मा स्वतन्त्र भए लगत्तै स्वतन्त्र भएको र ती भूमाग नेपाली भएको समेत दाबी गरिएको छ ।
    ती भूभाग फिर्ता गर्न मोर्चाले गतबर्षभारतीय प्रधानमन्त्री डा मनमोहन सिंहलाई ज्ञापनपत्र नै बुझाएको अध्यक्ष फणीन्द्र नेपालले जानकारी दिए ।
    नेपालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मेचीदेखि महाकालीसम्म ८५ स्थानमा सीमा मिचिएको उल्लेख गर्दै यसलाई भारतको बदनीयत भनिएको छ । वृत्त चित्र ग्रेटर नेपाललाई नेपालमै पर््रदर्शन गर्न बन्देज लगाउन भारतले दबाब दिएको भन्दै त्यसप्रति मोर्चाले भत्र्सना समेत गरेको छ ।

    इन्द्रेणी एफएममा धर्ना

    वीरगंज, १४ माघ/ विभिन्न १३ सूत्रीय माग राखी इन्द्रेणी एफएम श्रमिक संघले प्रथम चरणको आन्दोलन अर्न्तर्गत एफएमको मूलगेट बन्द गरेर धर्ना दिइरहेका छन् ।
    आज उनीहरुले कलम बन्द गरी स्वर बन्द गरेको बताइएको छ ।
    प्रथम चरणको आन्दोलन अर्न्तर्गत एफएमका श्रमिक संघले विगतमा भएका सहमतिविरुद्ध व्यवस्थापन पक्षले मजदुरमाथि शोषण झन् तीब्र पारेपछि सो प्रथम चरणको आन्दोलनमा उत्रिएका हुन् । आन्दोलित कर्मचारीबाहेक अन्य कर्मचारीले सो एफएममा समाचार सम्प्रेषण गरिरहेका छन् ।

    विषादी सेवन गरी सिकिस्त


    वीरगंज, १४ माघ/ कान दुखेको औषधि खानुपर्नेमा भूलबस सर्ूर्ति खेतीमा प्रयोग गर्ने विषादी सेवन गरेपछि एकजना सिकिस्त भएका छन्।
    पर्सर्ााजल्ला निर्मलबस्ती गाविस-६ का पर्ूण्ाबहादुर श्रेष्ठले विषादी सेवनलगत्तै नारायणी उपक्ष्ँेत्रीय अस्पतालमा पुर्‍याइएपछि त्यहा उपचार हुन नसकेपछि नेशनल मेडिकल कलेजमा पुर्‍याइएको र त्यहां पनि उपचार नभएपछि डंकन अस्पताल रक्सौल लगिएको बुझिएको छ ।

    अवैध सामान बरामद

    वीरगंज, १४ माघ/ भंसार नतिरी अवैधरुपमा भारतबाट नेपाल भित्रयाउदै गरेको विभिन्न सामान सशस्त्र प्रहरी भंसार राजस्व गस्तीले पक्राउ गरेको छ ।
    गए राति ९ बजे भारतको रक्सौलबाट वीरगंजतर्फभंसार नतिरी पुरानो कपडाभित्र लुकाएर ल्याउदै गरेको २ थान सिलाइ मेशिन र ३ पोका कपडा सशस्त्र प्रहरीको गस्ती टोलीले बरामद गरेको छ ।
    त्यसैगरी १ लाख मूल्य बराबरको विभिन्न सामान आज विन्दवासिनीको जानकीटोलाबाट पक्राउ गरेको भंसार राजस्व गस्ती सशस्त्र प्रहरी नायब उपरीक्षक सीताशरण कण्ठले बताएका छन् ।

    0 comments: