बबन सिंहको रिहाइको माग गर्दै प्रदर्शन

Posted on
  • Jan 18, 2009
  • by
  • mukesh
  • in


  • माओवादीले प्रतिशोधको भावना राखी फसाएको सभासद बबन सिंहको आरोप

    वीरगंज, ५ माघ/ सभासद बबन सिंह पक्राउ परेको विरोधमा आज नेपाल स्वतन्त्र मधेशी युथ फोर्सको आह्वान गरेको बजार बन्दको कारण वीरगंजको घण्टाघर क्ष्ँेत्र तनावग्रस्त भएको छ ।
    आज वीरगंजको मुख्य बजार घण्टाघरमा फोर्सका कार्यकर्ताहरुले टायर बालेर सभासद बबन सिंहलाई रिहाइको माग गरेका थिए भने केही सवारीसाधनमा तोडफोड भएको छ ।
    प्रहरी र पर््रदर्शनकारीबीच घण्टाघरमा दोहोरो झडप भएको थियो । झडपमा फोर्सका महताज आलमलगायत ७ जनालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।
    फोरमको महाधिवेशन प्रतिनिधि ओसार्दै गरेको जे ए ०५एन४४३ नंंको भारतीय गाडी स्वतन्त्र मधेशी युवा फोर्सले होटल हीरा प्लाजाअगाडि तोडफोड गरेका थिए ।
    केही दिन अघि वीरगंजका व्यापारी राजेश क्यालको हत्यामा पक्राउ परेका फूलहसन भन्ने विवेक सिंहको बयानको आधारमा सभासद सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
    बाराका प्रअ निर्मला थसिनेकु र कात्तिक २२ गते रानीघाटमा जटाशंकरको हत्या बबन सिंहले गर्न लगाएको बयान पक्राउ परेका विवेकले प्रहरीलाई दिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
    यता जटाशंकरका परिवारजनले पनि बबन सिंहविरुद्ध किटानी जाहेरी दिएको बुझिन आएको छ ।
    आज सभासद सिंहलाई जिल्ला अदालतमा लैजाने क्रममा उपस्थित संचारकर्मीहरुसंग आफूलाई माओवादी नेतृत्वको सरकारले प्रतिशोधको भावना राखी झूटो मुद्दामा फसाउन खोजेको आरोप लगाएका छन् ।
    बबन सिंहले क्याल र जटाशंकरको हत्यामा आफनो संलग्नता नरहेको दाबी गरेका छन् ।
    मधेशी टे्रड युनियन महासंघले हिजो वीरगंजको नगर सभागृहमा आयोजना गरेको एक कार्यक्रम लगत्तै सभासद बबन सिंह पक्राउ परेका थिए ।
    पर्सा प्रहरीले सानोभन्दा सानो घटना र्सार्वजनिक गर्दै आइरहेको भए पनि सभासद सिंहलाई पक्राउ गरेपछि हालसम्म प्रहरीले कुनै जानकारी दिएको छैन ।
    सभासद सिंहगौर नरसंहारपछि जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा मोस्ट वान्टेडको सूचीमा राखिएलगत्तै भूमिगत भइ संविधान सभा सदस्यको निर्वाचनमा रौतहट क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए ।

    बर्डफलु नियन्त्रण गर्न सीमा नाकामा विशेष सुरक्ष्ँा टोली

    वीरगंज, ५ माघ/ कृषि तथा सहकारी मन्त्री जयप्रकाशप्रसाद गुप्ताले नेपालमा देखिएको बर्डफलुलाइ नियन्त्रण गर्न विशेष सुरक्ष्ँाटोली गठन गरी सीमा नाकाहरुमा परिचालन गर्ने बताएका छन् ।
    आज रिपोर्टस क्लब नेपाल पर्सा शाखाले होटल सम्झनामा गरेको विशेष साक्षँत्कार कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले झापामा देखिएको बर्डफलु नियन्त्रण गर्न प्राविधिक टोली र प्रहरी टोली खटाएर पशुपंक्षी एवं सोको दाना नष्ट गर्ने कार्य सुरु गरेको बताए ।
    कृषि तथा सहकारीमन्त्री जयप्रकाशप्रसाद गुप्ताले बर्डफ्लु नियन्त्रणका लागि राष्ट्रिय अन्तराष्ट्रिय सहयोगको आग्रह गरेका छन् । उनले रोगविरुद्ध लड्न रकम आवश्यक परेकाले दातृ निकायलाई सहयोगका लागि आग्रह गरेका हुन् ।
    र् बर्डफ्लु डरलाग्दो अन्तराष्ट्रिय समस्या हो, यसको नियन्त्रणका लागि सरकारले चालेको अभियानमा सबैको सहयोग आवश्यक छ, मन्त्री गुप्ताले भने । संकटग्रस्त घोषित क्षेत्रका बासिन्दालाई पंक्षी नष्ट गर्ने अभियानमा अवरोध नगर्न समेत भने । उनले भने,र्'बर्डफ्लुविरुद्धको अभियानमा अवरोध खडा गर्न खोजिए कारबाही हुन्छ, चारदिनभित्र काडकभिट्टा क्षेत्रको तीन किलोमिटर वरपरका पंक्षीलाई नष्ट गरिने समेत बताए । नष्ट गरिएका कुखुरा, हांसलगायत पंक्षीवापत् सरकारले उचित क्षतिपर्ूर्ति दिने समेत बताए ।
    र् बर्डफ्लु विश्वकै समस्या भएको उल्लेख गर्दै रोग देखिने मुलुकहरुमा नेपाल ६६ औं भएको बताए । यूरोपमा जाडोका कारण बर्साईं सरेर नेपाल आएका पंक्षीहरुबाट या खुला सीमानाबाट ओसारपसार हुने पंक्षीबाट रोग भित्रिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको बताए । उनले बर्डफुलु भित्रिन नदिन सीमाक्षेत्रमा कर्डाईका साथ अनुगमन र नियन्त्रणका लागि निर्देशन दिइसकिएको बताए ।
    सेना समायोजन विशेष समितिका सदस्यसमेत रहेका गुप्ताले समायोजनका लागि आवश्यक मापदण्ड छिट्टै बनाइने बताए । उनले भने,ँकुनैपनि छापामार सेनामा प्रवेश गराउनुहुन्न पनि भन्नुहुदैन, सबैलाई प्रवेश गराउनर्ुपर्छ पनि भन्न मिल्दैन ।’ मापदण्ड पुगेकाहरुले सेनामा प्रवेश पाउने स्पष्ट पारे । छापामारलाई औद्योगिक सुरक्षा बल, सीमाबलमा समायोजन गर्ने पक्षमा आफू नरहेको बताए ।
    मधेशी जनअधिकार फोरमका वरिष्ठ नेतासमेत रहेका गुप्ताले फोरमको दोस्रो महाधिवेशन एकताको महाधिवेशन हुने बताए । महाधिवेशनले पार्टर्ीीई सामूहिक नेतृत्व प्रणालीमा लाने बताए । उनले भने,'महाधिवेशनले पार्टर्ीीई सामूहिक नेतृत्वमा लान्छ ।' पार्टर्ीीे अध्यक्षमा वर्तमान अध्यक्ष उपेन्द्र यादवलाई र्सवसम्मत चयन गर्ने सम्भावना रहेको बताए ।
    मन्त्री गुप्ताले झापा र कोशी नाका क्ष्ँेत्रमा रोग नियन्त्रण गर्न विशेष टोली खटिसकेको बताउंदै नेपालमा बर्डफलु रोकथामका लागि गठन गरिएको टोलीलाई राजनीतिक दलका नेता,समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा र्सवसाधारणसमेतले सहयोग पुर्‍याइ दिन आग्रह गरे ।
    उनले संचारकर्मीहरुमाथि कुनै पनि राजनीति पार्टर्ीी कार्यकर्ता एवं अपराधीहरुले जोखिम पुर्‍याएको नेपाल सरकारले कडाभन्दा कडा कारबाही गर्नेछ । एक अर्को प्रसंगमा गुप्ताले पत्रकार उमा सिंहको हत्यामा संलग्नहरु केही दिनभित्रै पक्राउ पर्ने बताए । प्रहरी अपराधिको निकै नजिक पुगिसकेको बताउदै २-३ दिनभित्रै परिणाम आउने बताए । उनले भने,'हत्यारा उम्कन पाउनेछैन । पत्रकारहरु सशस्त्र र निसशस्त्र समूहहरुबाट असुरक्षित भएको भन्दै सरकारले विशेष कार्यक्रम ल्याएर भएपनि पत्रकारको सुरक्षा गर्ने नीति बनाएको बताए । प्रेस स्वतन्त्रतामाथि प्रहार गर्न खोज्ने जोकोहीलाई नछाडिने स्पष्ट पारे । माओवादीबाट प्रेसमाथि नकारात्मक व्यवहार हुनेगरेको उल्लेख गर्दै त्यसो नगर्न चेतावनी दिए ।
    रिपोर्टस क्लब नेपालका केन्द्रीय अध्यक्ष ऋषि धमलाले निहत्था संचारकर्मीमाथि बारम्बार भइरहेको आक्रमणप्रति सरकारले नियन्त्रण नगरे सरकारविरुद्ध सम्पर्ूण्ा संचारकर्मीहरु आन्दोलित हुने चेतावनी दिएका छन् ।
    यसअघि कार्यक्रममा पत्रकार स्व. उमा सिंह, पत्रकार इन्द्र लोहनी र नेपाल पत्रकारमहासंघपर्सा शाखाका सदस्य स्व. प्रमानाथ शर्माप्रति १ मिनेट मौनधारण गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको थियो ।
    रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष्ँ कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन अरुण विक्रम शाहले गरेका थिए ।

    भोजपुरी कवि गोष्ठी सम्पन्न

    वीरगंज, ५ माघ/ प्रगतिशील भोजपुरी साहित्य परिषदले ११ औं कवि गोष्ठी सम्पन्न गरेको छ ।
    आज पीस जोन एकेडेमी बोर्डिङ स्कूल भिस्वा-१८ को प्रा·णमा सम्पन्न गोष्ठीमा कलाकार अजयकुमार साहले भोजपुरी गीत गाएका थिए भने अजय यादव बियोगी, मनोज कुशवाहा, रविशंकर यादव, सुशील वाग्ले, आकान्तकुमार यादवले रचना वाचन गरेका थिए ।
    परिषदका अध्यक्ष्ँ धु्रवलाल प्रसाद सहनी -सास्ती)ले सभापतित्व सम्पन्न सो गोष्ठीको प्रमुख अतिथि अरुण विक्रम शाह रहेका थिए ।
    कार्यक्रमको संचालन परिषदका सचिव अजय यादवले गर्नुभएको थियो ।
    हरेक महिनाको पहिलो शनिवार हुने सो कवि गोष्ठी भोजपुरी भाषा, रीति, संस्कृति जोगाउनको लागि आयोजना गरिएको आयोजकले जनाएको छ ।

    रासायनिक मल बरामद

    हरी शर्मा
    नवलपरासी माघ ५ । अवैधरुपमा भंसार छलि लुकाई राखेको अवस्थामा शसस्त्र प्रहरि वेस क्याम्प गुठ्रि्रसौनि नवलपरासीले ७० हजार वराबरको रासायनिक मल पक्राउ गरेकोछ ।
    भारत वाट भंसार छलि बैदौलि गाउं विकास समितिको एक घरमा लुकाई राखेको अवस्थामा शस्त्र प्रहरिले छापामारि ४४ वोरा रासायिक मल पक्राउ गरेको शसस्त्र प्रहरि सिमा सुरक्षा बल परासीका प्रहरि उपरिक्षक गुनाखर खनालले बताउनु भएकोछ ।
    पक्राउ परेका रासायनिक मल आवश्यक कारावाहिका लागि भैरहवा भंसार कार्यालय पर्ठाईएको शसस्त्र प्रहरि सिमा सुरक्षा बल परासीले जनाएकोछ ।
    विगत केहि दिन देखि नवलपरासीका सिमावर्ति क्षेत्रवाट रासायनिक मल संग संगै कपडा, चिनि लगाएतका सामाग्रिको चोरि निकासी बढ्दै गएकोछ ।

    पत्रकार हत्याविरुद्ध देशभर पर््रदर्शन

    वीरगंज, ५ माघ/ पत्रकार उमा सिंह हत्याको विरोधमा वीरगंजलगायत देशभर पर््रदर्शन भएको छ ।
    आज नेपाल पत्रकार महासंघ, पर्साको नेतृत्वमा निस्केको विरोध र्‍यालीले नगर परिक्रमा गरेको थियो । पत्रकार हत्याको विरोध गर्दै स्थानीय संचारकर्मीहरूले निकम्मा सरकार मर्ुदावाद, पत्रकार सिंहको हत्यारालाई कारबाही गर, गृहमन्त्री राजीनामा दे, प्रेस स्वतन्त्रता कायम गर, पत्रकार एकता जिन्दावादलगायतका नारा लगाइएको थियो ।
    नगर परिक्रमापछि माईस्थानमा आयोजित विरोध सभा तथा धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दास, महासंघ पर्साका सचिव केसी लामिछाने, सभासद् ओमप्रकाश शर्मा, मेची महाकाली मिडिया सोसाइटीका अध्यक्ष श्रीराम रायमाझी, महासंघ, पर्साका उपाध्यक्ष अशोक तिवारी, रेडियो वीरगंज शाखाका अध्यक्ष्ँ राजेन्द्र आचार्य, स्वतन्त्र महिला पत्रकार संजाल पर्साकी अध्यक्ष्ँ विभा लुइटेलले प्रेस स्वतन्त्रताको रक्षाको लागि अबको आन्दोलन अल्पकालीन नभएर दर्ीघकालीन हुनुपर्नेमा जोड दिएका थिए ।
    उनीहरुले हत्यारालाई कारबाही नभएसम्म पत्रकारहरुको आन्दोलन जारी रहने चेतावनी दिएका थिए ।

    बाराका सम्पर्ूण्ा शिक्षण संस्था बन्द

    वीरगंज, ५ माघ/ नेपाल राहत शिक्ष्ँक युनियनद्वारा तीनदिनको लागि बाराका सम्पर्ूण्ा शिक्ष्ँण संस्थाहरु बन्द गराउदै जिल्ला प्रहरी कार्यालय कार्यालय, बारामा तालाबन्दी गरेका छन् ।
    युनियनले विभिन्न ११ सूत्रीय माग राख्दै शिक्ष्ँण संस्थाहरु बन्द गरिएको जनाएको छ ।

    वीरगंज संचारविहिन हुंदै

    वीरगंज, ५ माघ/ वीरगंज उपमहानगरपालिकाका विभिन्न वडाहरु यतिबेला संचारविहिन भएका छन् ।
    नेपाल दूर संचार संस्थानद्वारा जडित टेलिफोन तार चोरहरुले अधिकांश भागमा चोरेका छन् । वीरगंजको त्रिमूतिचोक, पावरहाउस, अलखियामठ, नगवा, जेलरोड, पानीटंकी, श्रीपुरका बासिन्दाहरु संचारविहिन भइ बसेका छन् ।
    चोरले ठाउ“-ठाउ“मा रहेका टेलिफोनका केवल चार चोरेर लगेको जानकारी दूरसंचार संस्थान -टेलिकम)लाई बारम्बार पीडित पक्षले कुनै सुनुवाइ नभएको पीडित पक्षले गुनासो गरेका छन् ।

    0 comments: