नारायणी उपक्षत्रीय अस्पतालमा चरम लापरवाही

Posted on
  • Jan 18, 2009
  • by
  • mukesh
  • in

  • -मुकेश वस्नेत

    वीरगंज, ५ माघ/ नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजको अवस्था दिनदिनै खस्किदै गइरहेको छ । अस्पताल पूरै राजनीतिक क्षेत्रमा परिणत भएको छ भने डाक्टर, कर्मचारी, चिकित्सक र अस्पताल व्यवस्थापन समितिको चरम लापरवाहीका कारण सो अस्पतालले विरामीहरुको विश्वास गुमाउंदै गइरहेको छ।
    अस्पतालमा कुनै पनि डाक्टर, चिकित्सकहरु समयमा नआउने, आए पनि काम नगर्ने, हाजिरी गरेर निजी क्लिनिकमा बसेर रकम कमाउन तल्लिन छन्।
    प्रसूति शाखामा रहेका केही डाक्टरहरुले कमिशनको आधारमा प्रेसकिप्सनमा औषधि लेख्ने गरेका छन् । एउटा डाक्टरले लेखेको औषधि अन्य कुनै डाक्टरले बुझ्दैनन्।
    उनीहरुले भनेकै स्थानबाट औषधि नलिए अन्य ठाउंमा हतपति नपाइने र मेडिकलले समेत के औषधि लेखेको सो पनि बुझ्न नसक्ने गरी कोड अक्षरमा लेखेका हुन्छन्- वीरगंज, मर्ुर्ली - १५ निवासी अशोक साहले भने- नाउक्ष्ँे अस्पतालमा भिडियो एक्सरे सेवा भए पनि त्यहां रहेका डाक्टरहरुले कमिशनका लागि निजी स्थानमा बढी महंगोमा भिडियो एक्सरे गर्न लगाउंछन्।
    महिलाहरुको प्रसूति उपचारमा चरम लापरवाही भइरहेको छ । पहिले नेपाल र भारतको रक्सौल लगायत बिहारको विभिन्न गाउंबाट प्रसूति सेवाको लागि महिला आउने गर्दथे भने हाल वीरगंजलगायत नेपालका अन्य स्थानबाट आएका बिरामीहरु भारत, रक्सौलस्थित डंकन अस्पतालमा जानर्ुपर्छ- वीरगंज-१४ निवासी सनम लामाले भन्छन्- अस्पतालमा दक्ष डा., चिकित्सकहरुको अभाव छ।
    सुडेनीहरुलाइ छोरा जन्मिए २ सय रुपियां र छोरी जन्मिए १ सय रुपियां नदिए बच्चाको मुखै हर्ेर्नै दिदैनन्- एक गरिब महिलाले भनिन् -हुनेखानेले पो देला, हामीजस्तो गरिब मान्छेले कहांबाट ल्याउने।
    बिरामीको हेरचाह गर्ने कुरुवा बस्ने ब्रेन्च कतै छैन। औषधि राख्ने टेबलको पनि त्यस्तै अवस्था छ । वार्डहरुमा रहेको मरकरी, ट्युवलाइट, चीमहरु ब्रि्रेर अस्पताल नै मलिन भएको छ।
    अस्पतालमा सरसफाइमा लापरवाही भएको छ। अस्पतालमा रहेको शौचालयमा कतै चुकुल छैन, फोहोर त यति हुन्छ कि त्यसको दर्ुगन्ध वार्डहरुमा फैलिएर बसि नसक्नु भएको एक बिरामी कुरुवा पर्सा, इनरुवा मनियारी निवासी नरेश सिंहले भने- अस्पतालमा यति लामखुट्टे छन् राति सुत्ने बेला मच्छरधुप, म्याट प्रयोग गर्नुपर्छ तर त्यसले पनि काम गर्दैन।
    ब्लड, युरिनलगायत अन्य टेस्ट गर्न दिइयो भने समयमै गर्दैनन्, २-३ दिन लगाउने गर्छन्- बारा, निजगढ, बागदेव निवासी एक शिक्ष्ँकले भन्छन्- यसबाट हामी बाहिरको मान्छेलाई गाह्रो पर्ने गरेको छ ।
    अस्पतालको पश्चिममा रहेको दुइ कोठे लाशघरको अवस्था पनि त्यस्तै छ । भुइंमै लाश फालिएको हुन्छ । रगत, मासुको टुक्राहरु वरिपरि छरिएको छ, कुकुरहरु त्यहां झुन्ड बनाएर बस्ने गर्दछन् ।
    लाशको पोस्टमार्टम डाक्टरले हैन आफूले नै गर्ने गरेको त्यहां कार्यरत एक परिचरले नाम उल्लेख नगर्ने शर्तमा बताए। त्यसैगरी वाताअनुकूल कोठाको व्यवस्था नहुंदा लाशघरको दर्ुगन्ध वरिपरि वस्ने गाउं, टोलमा फैलिरहेकोसमेत बेलाबखत आवाज उठ्ने गरेको पाइन्छ।
    वीरगंजमा हुनेखाने वर्गले सो अस्पतालमा उपचार गराउनै नआएको अस्पतालमा कार्यरत एक कर्मचारीले भने- वीरगंजमा निजी क्लिनिक र अस्पतालमा राम्रो उपचार हुन्छ । तर नाउक्ष्ँे अस्पतालमा बिरामीको स्वास्थ्यमाथि चरम लापरवाही भइरहेको छ।
    आज बिहान ३ बजे यस दैनिकका संवाददाता बिरामी भेट्न अस्पताल जांदा अस्पतालमा खटिएका तीनजना सुरक्षागार्ड, चौकिदारहरु हिटर बालेर काउन्टरभित्र सुतेका थिए । को आए-गए कुनै मतलब छैन । सोधपुछ काउन्टरमा सुतेका चौकिदारलाइ सोध्दा झर्किएर कुरा गर्छन् । ती गार्डहरुले दिनभरि गरिब बिरामीहरुसंग १०-२० रुपियां असुल्ने गर्छन् ।
    अस्पताल वरिपरि चोर, पाकेटमार, दर्ुर्व्यसनी र दलालहरुको बिगबिगी छ। काउन्टरबाट दिनहंु बिरामी जंचाउन आउने व्यक्तिहरुको पाकेटमारले पैसा चोरि हुने गरेको वडा प्रहरी कार्यालय, विर्तामा उजुरी परेको स्थानीय एक पीडित व्यक्तिले बताए।
    अस्पताल हाताभित्र पार्किङ गरिएको साइकलहरु चोरिने क्रम पनि बढीरहेको छ । केही दिन अघि मध्यरातमा एक चोरले सो अस्पतालमा पसेर बिरामीहरुको सरसामान र मोबाइल चोरी लगेका थिए । अस्पतालको पश्चिमपट्ट िरहेको चापाकल कतिऔ पटक चोरी भइसकेको छ । पानीटंकीमाथि बसेर दर्ुर्व्यसनीहरुले लागूऔषध सेवन गरिरहेका देखिन्छन् ।
    यसरी दिनपरदिन सो अस्पतालको ब्रि्रदो अवस्था हु“दासमेत अस्पताल प्रशासन एवं विकास समितिसमेतले कुनै चासो दिएको पाइदैन।

    0 comments: