घुस मागेको आरोपमा चार सशस्त्र प्रहरीमाथि कारबाइ

Posted on
  • Oct 18, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २ कात्तिक/ वीरगंज भंसारमा खटेका चार सशस्त्र प्रहरी घुस लिएको अभियोगमा निलम्बित भएका छन् ।
    आज सशस्त्र प्रहरी बल रुद्रबाहिनी पथलैयाका बाहिनीपति नायब प्रहरी महानिरीक्ष्ँक शैलेन्द्र श्रेष्ठको आदेशमा चार सशस्त्र प्रहरीमाथि कारबाइ गरिएको हो ।
    बीरगंज भन्सारमा घुस लिएको खबर र दृश्य एभिन्यूज टेलिभिजनले खबर भित्रको खबरमा प्रशारण्ँ गरेपछि रुद्रबाहिनी गण्ँले कारबाइ गरेको हो ।
    श्रेष्ठले सशस्त्र प्रहरी बलमा भएका यस्ता कार्य रोक्न सबैतर्फनिर्देशन समेत गरिएको जानकारी पनि दिएका छन् ।
    वीरगंज भंसारमा खटिएका सशस्त्र प्रहरी र भंसार कर्मचारीले व्यापकरुपमा पोके तस्करलगायत अन्य र्सवसाधारणहरुसंग घुस रकम असूलेर मात्र छाडने गरेको एउटा परम्परा नैं बसिसकेको छ ।

    0 comments: