ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा भैरहवा विजयी

Posted on
  • Oct 18, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, 2 कार्तिक/ सिन्तेज एमएम ट्रफी राष्ट्रिय ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा क्षेत्र नम्बर भैरहवा विजयी भएको छ ।
    आज वीरगंजको नारायणी रंगशाला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भैरहवाले १८ बल २० ओभरमा १३२ रन बनाएपछि १३३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको वीरगंजले ७ विकेटको क्षतिमा ११३ भन्दा बढि रन जोड्न नसकेपछि भैरहवा विजयी भएको हो ।
    खेलमा भैरहवाका आकाश गुप्ताले अहिले सम्मकै सवार्ँधिक २५ बलमा २९ रन बनाएर उत्कृष्ट खेल पर््रदर्शन गरे । उनले ३ चौका र ३ छक्का समेत हानेका थिए । उनि नै आजको खेलमा म्यान अफ दि म्याच घोषित भएका छन् । भैरहवाकै सागर पुनले ४६ बलमा ३६ रन बनाएका थिए ।
    त्यसैगरी वीरगंको तर्फाट कुमार प्रसुनले १८ बलमा २६ रन बनाएका थिए भने हासिन अन्सारी र अनिल मण्डलले एक्काईस एक्काईस रन जोडेका थिए ।
    दोस्रो खेल वीराटनगर र नेपालगंज विच हुदैछ ।

    अवैध दाल पक्राउ

    वीरगंज, २ कात्तिक/ भंसार छलि भारतबाट नेपाल भित्र्याएको पांच लाख मूल्य बराबरको एक ट्रक अवैध दाल प्रहरी चौकी पथलैयाले बरामद गरेको छ ।
    गए राति १२ बजे नेपालको सप्तरी नाका हुंदै काठमाडौं जांदै गरेको ना.३ ख ८२८३ नं. को ट्रकसहित दाल प्रहरीले पक्राउ गरेको हो ।
    आज बिहान १० बजे सो दाल वीरगंज भन्सार कार्यालयमा चलान गरेको छ भने पक्राउ परेको दालको कुनै पनि प्रज्ञापन तथा वैधानिकताको प्रमाण्ँ हाल सम्म पेश हुन नसकेको स्रोतले जनाएको छ ।

    थारुहरुको अन्तराष्ट्रिय सम्मेलन

    वीरगंज, २ कात्तिक/ कात्तिक दर्ुइ गते श्ानिबार देखि भगवान गौतम बुद्धको जन्मस्थाल लुम्बिनीमा बुद्धका सन्तति थारू समुदायले अन्तराष्टिय थारू सम्मेलन आयोजना गर्दैछन् ।
    सो सम्मेलनको उद्घाटन दिउँसो ११ बजे उपप्रधानमन्त्री एवं गृहमन्त्री बामदेव गौतमले गरेका छन् । थारू समुदायको जातिय, भाषिक, सांस्कृतिक, राजनीतिक तथा रितिरिवाज संकटमा पारिएको अवस्थामा हुन लागेको यो सम्मेलनले थारूको स्वतन्त्र पहिचानको पक्षमा घोषणा गर्दै एक मधेश एक प्रदेशको विरोधमा अभिमत पारित गर्ने भएको छ ।
    सम्मेलनमा भारतका साथै विभिन्न मुलुकमा बसोबास गर्ने थारू समुदायको उपस्थिति रहने भएको छ । सम्मेलनमा कुल ६ सय प्रतिनिधि र करिब दर्ुइ हजार पर्यवेक्षकको उपस्थिति रहने छ । लुम्बिनीमा हुने उद्घटान समारोहमा थारू समुदायको संस्कृति झल्कने विभिन्न जिल्लाका ११ वटा सांस्कृतिक झाँकीका साथै सांस्कृतिक कार्यक्रम पनि पर््रदर्शन गरिनेछ । उद्घाटन समारोहमा थारू समुदायका साथै अन्य विभिन्न समुदायका गरि तीस हजार मानिसको उपस्थिति रहेने छ ।
    सम्मेलनका लागि आवश्यक सम्पर्ूण्ा तयारी पूरा भएको छ । तीन दिन चल्ने सम्मेलनका लागि थारू युवा दस्ताका पाँच सय स्वयंसेवक खटिएको कल्याणकारीणीका महामन्त्री राजकुमार लेखीले जनाएकाछन् ।

    दोहोरो सुरक्ष्ँाको लागि कण्डमको पहुंच बढाऔं

    वीरगंज, २ कात्तिक/ एचआइभी एडस नियन्त्रण्ँ एवम जन्मअन्तरसम्बन्धी दोहोरो सुरक्षाका लागि कन्डममा पहुंच बढाऔं भन्ने नाराका साथ १४औं राष्ट्रिय कन्डम दिवस देशव्यापी मनाइंदैछ ।
    आज घण्टाघरबाट विभिन्न संघसंस्थाको सहभागितामा निस्किएको जुलुसले वीरगंज नगर परिक्रमा गरेको हो । नेपाल रेडक्रस सोसाइटी पर्सर्ाा संयोजकत्वमा निस्किएको सो जुलुसमा सहयोगी संस्था जिल्ला जनस्वास्थ्य कार्यालय पर्सर्ााविद्यार्थी जागरण मंच, जिडब्लुपी, माइती नेपाल, मेरी स्टोप्स क्लिनिक, सामाजिक संस्था, जिल्ला समन्वय समिति, पर्सर्ााअरुणोदय युवा क्लब, हिमालयन सोसियल वेलफेयर अर्गनाइजेशन, दिव्य युवा क्लब, पर्सर्ााक्रिय समूह, आशा मिलन समूह, करुणा भवन, केयर नेपाल, निलहीरा समाज, महिला विकास कार्यालय पर्सर्ाासानो पाइला र प्लान नेपालका प्रतिनिधिहरु पनि सरिक थिए ।
    घण्टाघरमा कण्डम र यौनरोग सम्बन्धी सडक नाटक पनि प्रस्तुत गरिएको थियो ।
    नेरेसो धोरे उपशाखाले पनि र्‍यालीको आयोजना गरी एक कोणसभामा रेडक्रसका विनोद मेहता, शिव यादव, त्रिलोकी द्विवेदी, जानकी टोलालगायतले कण्डमको महत्वबारेमा प्रकाश पारेका थिए ।

    0 comments: