दुइजना नेपाली लुटिए

Posted on
  • Oct 17, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १ कार्तिक/भारतको देहरादुनबाट काम गरेर नेपाल फर्किरहेका दर्ुइ नेपाली लुटिएका छन् ।
    बिहीवार राति ८ः३० बजे पर्सर्ााे भेडिहारी-९ गदियानी बस्ने प्रमोद साह र करिमन साह भारतको सिक्टामा अठ लखा पुल नजिकै तीन जनाको संख्यामा आएका हतियारधारी लुटेरा समूहले बन्दुक देखाई उनीहरुको साथमा रहेको १६ हजार रुपैया“ नगद लुटेर लगेको पीडितहरुले बताएका छन् ।

    युथ फोर्सद्वारा छड्के चेकजांच

    वीरगंज, १ कार्तिक/ नेकपा एमालेको भातृ संगठन युथ फोर्सले यातायात व्यवस्था कार्यालय, पर्सर्ाा छड्के चेकजांच गर्दा कार्यालय प्रमुख सहित ११ जना कर्मचारी अनुपस्थित रहेको जनाएको छ ।
    आज पावरहाउसस्थित यातायात व्यवस्था कार्यालय पर्सर्ाा युथ फोर्सका कमान्डर अजय कुशवाहाको नेतृत्वमा गएको टोलीले छडके गर्दा सो कार्यालयका प्रमुख मदनसिंह महत, शाखा अधिकृत युवराज पौडेल, टंकप्रसाद उपाध्याय, रमेशप्रसाद दाहाल, गोपाल शर्मा, मेकानिकल इन्जिनियर दामोदर श्रेष्ठ, यमबहादुर क्षत्रीलगायत अन्य कर्मचारीहरु कार्यालयमा अनुपस्थित रहेको जनाएको छ । समयमा कार्यालयमा उपस्थित नहुने कर्मचारीहरुमाथि कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण्ँ गर्राईने फोर्सका कमान्डर कुशवाहाले बताए ।

    0 comments: