गोलिया काठ बरामद

Posted on
  • Oct 17, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १ कार्तिक/ वन फडानी गरी अवैधरुपमा ल्याउदै गरेको काठको गोलिया प्रहरीले बरामद गरेको छ ।
    आज बिहान पर्सर्ााजल्लाको डोकैला बहुअरीस्थित प्रहरी चौकीको टोलीले बहुअरी पिंडारी जंगलबाट चोरी गरी ल्याउंदै गरेको ७ थान गोलिया काठ बरामद गरेको हो ।
    प्रहरी गस्ती टोली देखेपछि तस्करहरु गोलिया छाडेर फरार भएका थिए ।

    माओवादी वडा कमिटी गठन
    वीरगंज, १ कार्तिक/ वीरगंज वडा नं. २ छपकैयामा नेपाल कम्युनिष्ट पार्टर्ीीाओवादीको वडा कमिटी गठन भएको छ ।
    आज वडा कमिटी गठनका लागि आयोजित भेलामा माओवादीका स्थानीय नेता राजदेव पासवान, अच्छेलाल ठाकुर, सुरेश मण्डल, विजय रौनियार, अयुब खांको उपस्थिति रहेको थियो ।
    सो भेलाले वडा इन्चार्ज ग्यासु मियां देवानको अध्यक्षतामा गठन गरेको कमिटीमा सचिव रहमद आलम, कोषाध्यक्ष धीरज शर्मा, सदस्य मोमिला खातुन, सगिर मियां, सुहैब मियां, प्रकाश साह, मुस्तफा अंसारी, रहीद मियां, योगेन्द्र शर्मा, मन्सुर आलम, सहाबुद्धिन सिद्धिकी रहेका छन् ।

    नेवा खलले नयां वर्षमनाउने
    वीरगंज, १ कार्तिक/ नेवा खल वीरगंज न्हु दया मूल समारोहसमिति वीरगंजले यस वर्षकार्तिक १३ गते बुधवार नेपाल सम्वत ११२९ न्हूदया धुमधामका साथ मनाउने निर्ण्र्ाागरेको छ ।
    आज वीरगंजको अलखियामठमा नेवार समुदायको एक भेलाले कार्तिक १३ गते बिहान ७ः३० बजे जनसमुहको पैदल र्‍याली, मोटरसाइकल र्‍याली, नव वर्षो शुभकामना आदानप्रदान, चियापान कार्यक्रम, ५ बजे सांझ वीर गणेशमान सिंह, शहीद भाजु तेजबहादुर अमात्य तथा शिक्ष्ँाविद मयजु दर्ुगा देवी श्रेष्ठको सालिकमा दीप प्रज्वलित गर्ने, विजयवस्ती, ठोरी हुंदै पुन सुवर्ण्र्ाार गाविसमा मोटरसाइकल र्‍याली गरी शुभकामनाआदानप्रदानगर्ने, कार्तिक २३ गते ३ नं. वडा एकाइबाट सत्य साइरामको कवड हलमा ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाइ सम्मान गर्ने, कार्तिक २४ गते घडीअर्वा कवर्ड हलमा पुरुष तथा महिला व्याडमिन्टन प्रतियोगिताको आयोजना गरिने संयोजक अर्थ हेरम्बप्रसाद जोशीले जनाएका छन् ।

    तरुण दलले प्याली गर्ने
    काठमाडौं, १ कार्तिक/ नेपाल तरुण दलले स्थापना दिवस विभिन्न कार्यक्रम गरि भव्य रुपले मनाउने भएको छ । राजधानीमा उपलब्ध केन्द्रीय पदाधिकारीहरुको राजधानीमा विहीवार बसेको अनौपचारिक बैठकले दल स्थापना दिवस कार्तिक १० मा भ्रष्ट्राचार, विकृती र विसंगतीका तथा शान्ति र लोकतन्त्रको लागि विशाल प्याली गर्ने निर्ण्र्ाागरेको दलका सचिव जन्मजय तिमल्सिनाले जानकारी दिनुभएको हो ।
    यसअघि दलले भ्रष्ट्राचार नियन्त्रण गर्ने उद्देश्यले तिमल्सिनाको संयोजकत्वमा समिति समेत बनाएको थियो । १० गतेको कार्यक्रमलाई भव्य रुपले सम्पन्न्ा गर्न महासचिव यम गुरुङको संयोजकत्वमा ११ सदस्यीय प्याली आयोजक कमिटि समेत बनाएको छ ।
    त्यसैगरि निर्धारित समयमै लोकतान्त्रिक संविधान निर्माणका लागि दलले तरुण दबाब अभियान १७ गते काठमाडौंमा गर्ने निर्ण्र्ाासमेत गरेको छ । एक दिवसिय उक्त कार्यक्रमको प्रमुख आतिथ्यताको लागि पार्टर्ीीभापति गिरिजाप्रसाद कोइराललाई आग्रह गर्ने निर्ण्र्ााभएकेा सचिव तिमल्सिनाले जानकारी दिनुभयो । यसैबीच दलका पर्ूव केन्द्रीय सदस्य संन्जय यादवलाई नवलपरासी प्रहरीले विनाकारण नियन्त्रणमा लिएको प्रति दलले आपत्ति प्रकट गर्दै स सम्मान रिहाइको माग गरेको उपसचिव जन्मजय तिमल्सिनाले जनाएका छन् ।

    0 comments: