ट्वान्टी-ट्वान्टीमा पहिलो प्रतियोगितामा काठमाडौं विजयी

Posted on
  • Oct 17, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १ कार्तिक/ सिन्तेज एमएम ट्रफी राष्ट्रिय ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा क्षेत्र नम्बर ३ काठमाडौं ४ विकेटले विजयी भएको छ ।
    आज वीरगंजको नारायणी रंगशाला क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको वीरगंजले १९ ओभरमा १० विकेट गुमाइ ७४ रनको योगफल बनाएको थियो भने काठमाडौंले १८.२ ओभरमा ६ विकेट गुमाउदै ७६ रन बनाएर बिजयी भएको हो।
    काठमाडौंका खेलाडी शरद विश्वकर्मा १८ रन, दिपेन्द्र चौधरीले २ चौकासमेत १४ रन, ज्ञानेन्द्र मल्लले १६ रन, पारस खड्काले २ चौकासमेत ११ रन, संगम गौतम ४ रन, राजु वस्नेत ४, संजय श्रेष्ठले १ रन लिएका थिए भने रितु बास्कोटा ० रनमा आउट भएका थिए ।
    त्यसैगरी वीरगंजका तर्फबाट र्सवाधिक रन गर्ने कुमार प्रसुन्न २४ रन -नटआउट), संयोग कर्ण्र्ाा छक्का १ चौका मादै १९ रन, विनोद दास १ चौकासमेत ८ रन, अनिल मण्डल ६ रन, हासिम अंसारी ५ रन, संजम रेग्मी ३ रन, शोभाकान्त पाण्डे २ रन, सरोज तिमल्सिनाले १ रन बनाएका थिए भने प्रताप महर्जन, रामनरेश यादव र राजमहम्मद ० मा आउट भएका थिए ।
    प्रतियोगितामा वीरगंज क्षेत्र नं. २ का कुमार प्रसुन्नले २ छक्का र १ चौका बनाउदै म्यान अफ दि म्याच घोषित भएका छन् ।
    त्यस्तै आजको दोस्रो खेलमा भैरहवा र नेपालगंज क्षेत्र नं. ५ बीच भइरहेको छ ।
    पर्सर्ााक्रकेट संघ र गैरआवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र महतोकी आमा स्व. फूलकुमारी देवी सेवा ट्रस्टको आयोजनामा भएको प्रतियोगिताको विजेताले ५० हजार नगद र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी हात पार्ने छन् । प्रत्येक दिनको म्यान अफ दि म्याच विजेताले ३ हजार र म्यान अफ दि सिरिजले १५ हजार नगद जित्नेछन् । प्रतियोगिता कार्तिक १० गतेसम्म जारी रहनेछ ।

    0 comments: