ट्वान्टी-ट्वान्टीमा काठमाडौं र बिराटनर विजयी

Posted on
  • Oct 16, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ३० असोज/ सिन्तेज एमएम ट्रफी राष्ट्रिय ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा क्षेत्र नम्बर ३ काठमाडौं ६६ रनले विजयी भएको छ ।
    आज वीरगंजको नारायणी रंगशाला क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको काठमाडौंले २० ओभरमा ७ विकेट गुमाइ १५३ रनको योगफल बनाएको थियो भने नेपालगंजले १९ ओभरमा सवै विकेट गुमाइ मात्र ८७ रनमा सीमित भएका थिए ।
    त्यस्तै आजको दोस्रो खेलमा क्ष्ँेत्र नं. १ विराटनगर १ विकेटले विजयी भएको छ । क्षेत्र नं. ६ बैतडी र विराटनगरबीच भएको खेलमा विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १३५ रन बनाएको छ भने भने बैतडीले १७.५ ओभरमा ८७ रन बनाइ अलआउट भएका थिए । आजको प्रतियोगितामा विराटनगरका क्याप्टेन मन्जित श्रेष्ठ म्यान अफ द म्याच घोषणा भएका छन् ।
    पर्सर्ााक्रकेट संघ र गैरआवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र महतोकी आमा स्व. फूलकुमारी देवी सेवा ट्रस्टको आयोजनामा भएको प्रतियोगिताको विजेताले ५० हजार नगद र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी हात पार्ने छन् । प्रत्येक दिनको म्यान अफ दि म्याच विजेताले ३ हजार र म्यान अफ दि सिरिजले १५ हजार नगद जित्नेछन्। प्रतियोगिता कार्तिक १० गतेसम्म जारी रहनेछ ।


    प्रहरी र पर््रदर्शनकारीबीच झडप, ८ घाइते

    वीरगंज, ३० असोज/ दर्ुइ पक्षबीच भएको झडपमा नेकपा माओवादीका एक कार्यकर्ताको मृत्यु भएको विरोधमा पीडित परिवारले हत्यारालाइ पक्राउ नगरेको भन्दै वीरगंज-सुख्खा बन्दरगाह सडकखण्ड अवरुद्ध गर्ने क्रममा प्रहरी र पर््रदर्शनकारीबीच झडप हुंदा ८ जना घाइते भएका छन् ।
    आज पर्सर्ााे रामगढवामा भएको झडपमा माओवादी कार्यकर्ता हफिज अन्सारी, दशरथ पटेल, विरभूषण्ँ पटेल, सुभाष पटेललगायत घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
    असोज २७ गते पर्सर्ााामगढवामा कांग्रेस र माओवादीबीच झडप हुंदा माओवादी कार्यकर्ता देवनारायण पटेलको मृत्यु भएको थियो भने हत्यारालाई कारबाइको माग गर्दै स्थानीय बासिन्दाले सो सडक अवरुद्ध गर्दा सुख्खा बन्दरगाहबाट आवतजावत गर्ने ढुवानीका ट्रकहरु र ग्रामीण भेगमा चल्ने सवारीका साधन अलपत्र परेका थिए ।
    अवरुद्ध सडक खुलाउन स्थानीय माओवादी नेता, सशस्त्र प्रहरी र पीडितपक्षबीच र्सवपक्षीय छलफल गर्ने तयारी भइरहदा अश्शेश्वरप्रसाद कर्ुर्मी पक्षका व्यक्तिहरु नआएपछि सो सडक खण्ड अवरुद्ध गरी पर््रदर्शन गर्न थालेपछि प्रहरी र पर््रदर्शनकारीवीच झडप भएको हो । पीडित पक्षले प्रहरी प्रशासनको पनि चर्को आलोचना गर्दै वीच सडकमा नै धर्ना दिइरहेका छन् । सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्सर्ाा जनाएको छ ।

    0 comments: