तार चोरी गर्ने प्रयास असफल

Posted on
  • Oct 16, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ३० असोज/नेपाल टेलिकमले टेलिफोन तारमा लगाएको साइरनका कारण चोरहरूले टेलिफोनको तार चोरी गर्न असफल भएका छन् ।
    गए राति आदर्शनगरस्थित होटल कैलाश र घडीअर्वा पोखरीबीच त्रिवेणी समूहको अफिस अगाडि चोरहरूले टेलिफोनको तार काट्न खोज्दा तारमा जडान गरिएको साइरन बजेपछि चोरहरू भागेका थिए । साइरन बज्दा स्थानीय युवाहरूले चोरलाई लखेटदै जांदा चोरहरू महावीरस्थानको गल्ली हुंदै फरार भएका हुन ।
    चोरहरूले टेलिफोन तार काट्दा २५० लाइन टेलिफोन अवरूद्ध भएको छ । विगत एकहप्तादेखि तार चोरहरूले सो क्षेत्रमा पटकपटक चोरीको प्रयास गर्दै आइरहेका थिए । टेलिकम र प्रहरीको निष्त्रिmयताको कारण चोरले तार काट्न सफल भएको स्थानीय जीतेन्द्र पटेलले गुनासो पोखेका छन् ।

    निषाद संघले ज्ञापन पत्र बुझाए

    वीरगंज, ३० असोज/ निषाद संघ केन्द्रीय समिति, पर्सर्ााीरगंजले जिल्ला प्रशासन कार्यालय, पर्सर्ाा ज्ञापन पत्र बुझाएका छन् ।
    आज संघका केन्द्रीय अध्यक्ष मेघराज सहनी निषादको नेतृत्वमा रहेका टोलीले ३ बुंदे मागसहित सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार निरौलालाई ज्ञापन पत्र बुझाएका हुन् ।
    ज्ञापन पत्रमा व्यक्तिगत स्वामित्वबाहेकका नदीनाला, जलकर, पोखरीमाथि निषाद जातिको पर्ूण्ा स्वामित्वको संवैधानिक व्यवस्था हुनुपर्ने, मत्इस मन्त्रालयको स्थापना हुनुपर्ने, निषाद जातिलाई जनजातिको सूचीमा राख्नु लगायतका मागहरु उल्लेख छ ।

    हत्यारालाइ कारबाइ नगरेको भन्दै सडक अवरुद्ध

    वीरगंज, ३० असोज/ दर्ुइ पक्षबीच भएको झडपमा नेकपा माओवादीका एक कार्यकर्ताको मृत्यु भएको विरोधमा पीडित परिवारले हत्यारालाइ पक्राउ नगरेको भन्दै वीरगंज-सुख्खा बन्दरगाह सडकखण्ड अवरुद्ध गरेका छन् ।
    आज भएको सडक अवरुद्धका कारण सुख्खा बन्दरगाहबाट आवतजावत गर्ने ढुवानीका ट्रकहरु र ग्रामीण भेगमा चल्ने सवारीका साधन अलपत्र परेका थिए । अवरुद्ध सडक खुलाउन स्थानीय माओवादी नेता, सशस्त्र प्रहरी र पीडितपक्षबीच वार्ता भइरहेको छ ।
    असोज २७ गते पर्सर्ााामगढवामा कांग्रेस र माओवादीबीच झडप हुंदा माओवादी कार्यकर्ता देवनारायण पटेलको मृत्यु भएको थियो ।

    सडक नाटक

    वीरगंज, ३० असोज/ दलित पर््रवर्द्धन नेपालले जनचेतनामूलक सडक नाटक पर््रदर्शन गरेको छ ।
    आज वीरगंजको घण्टाघरमा आयोजित सडक नाटकमा सांस्कृति मंच हेटौडाका कलाकारहरुले दाइजोविरोधी र छुवाछुतविरोधी सडक नाटक पर््रदर्शन गरेका हुन् । नाटकका फिल्ड संयोजक मुस्तकिम आलमको अध्यक्षतामा सो नाटक सम्पन्न भएको थियो ।
    सो नाटक पर्सर्ााे जानकीटोला, सेढवा, उदयपुर, घर्ुर्मी, सिर्सिया, नौतन, सखुवा प्रसौनी लगायतका स्थानमा पर््रदर्शन गरिएको र ७५ जिल्लामा जनचेतनामूलक नाटक पर््रदर्शन गरिने आयोजकले जनाएको छ ।

    दाउरा लोड गरेको आरोपमा बस पक्राउ

    वीरगंज, ३० असोज/ अवैध रुपमा वन फडानी गरि यात्रुवाहक बसमा ढुवानी गरेको आरोपमा दर्ुइ बसलाई जिल्ला वन कार्यालय, पर्सर्ाा नियन्त्रणमा लिएको छ ।
    आज वीरगंजको गण्डकबाट ना २ ख ३३९० र ना १ ख ९३३९ नं.को यात्रुवाहक बसमा सालको कांचो रुखको दाउरा रंगपुरबाट लोड गरेको आरोपमा वन कार्यालयले पक्राउ गरेको हो ।

    0 comments: