मार्टिनद्वारा सेना समायोजनका लागि दलहरुलाई सहमति बनाउन आग्रह

Posted on
  • Oct 16, 2008
  • by
  • mukesh
  • in
  • काठमाडौं, ३० असोज । नेपालस्थित संयुक्तराष्ट्रसंघीय मिसन अन्मिन प्रमुख इयान मार्टिनले सेना समायोजनका लागि दलहरुलाई सहमति निर्माण गर्न आग्रह गरेका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले सेना समायोजनका लागि गठन हुने विशेष समितिको मापदण्ड अनुरुप आवश्यक सहयोगका लागि आफूहरु तयार रहेको बताए ।
    ' दलहरुले सहमतिबाट सेना समायोजनको मापदण्ड निर्धारण गर्नेमा हामी विश्वस्त छौं,' सेना कसरी समायोजन हुन्छ भन्ने प्रश्नमा मार्टिनले भने,'सेना समायोजनका लागि विशेष समिति बन्दैछ भनिएको छ, त्यसले तय गर्ने मापदण्डबाटै काम अगाडि बढ्नेछ ।' अन्मिन शान्ति प्रक्रियामा नेपाल सरकारले सहयोग मागेबमोजिमको सहयोग गर्न तयार रहेको समेत बताए । राष्ट्रसंघसंग सेना समायोजनको धेरै अनुभव भएपनि कुन मापदण्ड अपनाउने भन्नेबारे नेपालका राजनीतिक दलहरुलेनै निर्ण्र्ाागर्नुपर्नेमा उनको जोड थियो । उनले भने,'दलहरुले सेना समायोजनका लागि सहमतिका साथ मापदण्ड बनाउन् भन्ने हाम्रो आग्रह हो ।'
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मार्टिनले सेना समायोजनबारे विभिन्न राजनीतिक दल र बुद्धिजीवीबाट आएका धारणालाई स्वाभाविक भने । अन्मिन त्यस्ता बहसमा सहभागी हुन नचाहेको स्पष्ट पार्दै दलहरुको सहमतिबाट आग्रह गरेअनुरुपको सहयोग गर्न सकिने बताए । अन्मिनबारे विभिन्न दलका नेताहरुबाट भएको आलोचनाबारे सोधिएको प्रश्नमा उनले भने,'काम गर्दा र्समर्थन र आलोचना भइहाल्छन् । तर अन्मिनले शान्ति प्रक्रियामा नेपाल सरकारले आग्रह गरेअनुरुपको भूमिका निभाइरहेको छ ।' अन्मिनले कुनै दल विशेषलाई सहयोग नगरिरहेको बताए । मानवअधिकार हननको विपक्षमा उभिएको बताउदै जुनसुकै पक्षबाट पिडित भएमा आफूहरुले निष्पक्ष ढंगले बोलेको र काम गरेको बताए ।
    तर्राईका सशस्त्र समूहलाई वार्तामा ल्याउन अन्मिनको भूमिका रहन्छ भन्ने प्रश्नमा उनले आफूहरु कुनैपनि सशस्त्र समूहसंग राजनीतिक रुपमा सर्म्पर्कमा नरहेको बताए । नेपाल सरकारले आवश्यक परेर भूमिका चाहे छलफल गर्न सकिने उनको भनाई थियो । उनले भने,'हामी सशस्त्र समूहसंग हुने भनिएको वार्तामा कुनै भूमिका खोजिरहेका छैनौं ।' शान्तिपर्ूण्ा माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने पक्षमा रहेको स्पष्ट पार्दै तर्राईका सशस्त्र समूहलाई सरकारले वार्ताको आव्हान गरेकोमा स्वागत गरे ।
    राष्ट्रसंघका महासचिव वाङ कि मुन कात्तिकको मध्यमा नेपाल आउने बताए । फिलिपिन्सबाट भारत हुदै नेपाल आएर मुनले राष्ट्रपति डा.रामवरण यादव, प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री उपेन्द्र यादव, संविधानसभाका सदस्यहरुलाई भेट्ने कार्यक्रम रहेको बताए । मुनले नेपालको शान्ति प्रक्रियाबारे जानकारी लिनुका साथै लुम्बिनीको पनि भ्रमण गर्ने बताए ।
    अन्मिन प्रमुख मार्टिनले रिपोर्र्टर्स क्लब नेपालको खुलेर प्रशंशा गरे । क्लबले नेपालको पत्रकारिता क्षेत्रमा उल्लेख्य भूमिका निभाइरहेको बताउदै भने,'म रिपोर्र्टर्स क्लबको भूमिका र क्लबका अध्यक्ष ऋषि धमलाको सक्रियताबाट निकै खुशी छु ।' क्लबले नेपालको शान्ति प्रक्रियामा सहयोग पुग्ने गरी आफ्नो भूमिका निभाइरहेको भन्दै प्रशंशा गरे ।
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेपालको शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुग्नेमा कुनै सन्देह नभएको बताए । राजनीतिक दलहरुले विभिन्न आरोह अवरोह पार गर्दै शान्ति प्रक्रियालाई निष्कर्षा पुर्‍याउनै लागेको बताउदै भने,'सहमतिबाटै सेना समायोजन गर्नुपर्छ ।' शान्ति प्रक्रियामा अन्मिनको भूमिका निकै सकारात्मक रहेको बताए ।

    0 comments: