मस्तिष्क विकासका लागि उपयुक्त माध्यम इन्टरनेट

Posted on
  • Oct 16, 2008
  • by
  • mukesh
  • in
  • क्यालिफोर्निया, १ कार्तिक/ छोराछोरी इन्टरनेट क्याफे जांदा तपाई कत्तिको रिसाउनुहुन्छ - यदि रिसाउनुहुन्छ भने आजैबाट बन्द गरे राम्रो ।
    अमेरिकाका वैज्ञानिकहरुले इन्टरनेटको प्रयोग मस्तिष्क विकासका लागि उपयुक्त माध्यम भएको पत्ता लगाएका छन् । यस सञ्चारमाध्यमले युवा पुस्तामा मात्र नभई वृद्धवृद्धालाई समेत फाइदा पुर्‍याउने ती वैज्ञानिकहरुले बताएका छन् । यसबाट मस्तिष्कको निर्ण्ँय तथा तर्क केन्द्रलाई सक्रिय पार्ने ती वैज्ञानिकहरुले बताएका छन् ।
    लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानविद्हरुले उक्त अध्ययन गरेको बेलायती समाचार संस्था बीबीसीको अनलाइन संस्करण्ँले जनाएको छ । निर्ण्ँय तथा तर्क क्षमता मात्र होइन इन्टरनेटको प्रयोगले मानिसको उमेर बढ्दै जांदा आइपर्ने शारीरिक समस्यालाई समेत र्टार्न सहयोग पुर्‍याउंछ । मानिस छिप्पिंदै गएपछि शरीरका कोष खुम्चिदै जान्छन् । कोषको खुम्च्याइसंगै मानिसको क्रियाकलपामा कमी आउंछ । इन्टरनेटको प्रयोगबाट यस्तो समस्या र्टार्न सहयोग पुग्छ ।
    कम्प्युटर तथा सूचना प्रविधिले मानिसको शारीरक अवस्था सुधारमा समेत लाभ पुर्‍याउने तथ्य पत्ता लागेकाले विश्वका लागि यो अनुसन्धान लाभदायक सावित भएको छ, अनुसन्धान दलका प्रमुख ग्यारी स्मलले भने, इन्टरनेटको र्सच इन्जिनले मानव मस्तिष्कमा हलचल उत्पन्न गराउंछ र स्नायु सक्रिय बन्छ ।
    उक्त अध्ययनका लागि ५५ देखि ७६ वर्ष उमेर समूहका २४ जना स्वयंसेवकको सहयोग लिइएको थियो । उनीहरुलाई समूहमा विभाजन गरी इन्टरनेटमा जानकारी खोज्न र पुस्तक पढ्न लगाई मस्तिष्कको स्क्यान गरी अध्ययन गरिएको थियो ।
    यो दुवै कार्यले स्वयंसेवकको मस्तिष्कमा भाषागत ज्ञान, पढेका जानकारीको स्मरण्ँ तथा दृश्य क्षमतालाई बढाएको थियो ।

    0 comments: