ज्वाला सिंह वातर्ँमा बस्न तयार

Posted on
  • Oct 16, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १ कार्तिक/ तराइमा सशस्त्र सर्ंर्घषरत जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वालासिंह समूह वार्तामा बस्न तयार भएको छ ।
    आज एक प्रेस विज्ञप्ति जारी गरी मोर्चाले सरकारस“गको वार्ताका लागि ४ बुंदे र्सत अघि सारेको छ । चार वर्टर्ाार्तहरुमा सरकारले युद्ध विराम गर्नु पर्ने, जेलमा रहेका आफना नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता गरि रिहा गर्नु पर्ने, वार्ता टोलीको सुरक्षाको जिम्मा सरकारले लिनु पर्ने र तर्राईका विभिन्न क्षेत्रमा परिचालित सुरक्षाकर्मीलाई सदरमुकाम केन्द्रीत गर्नु पर्ने र शर्त पूरा भए तीस दिनभित्रमा वार्ता टोली गठन गरिने विज्ञप्तीमा उल्लेख छ ।

    लागू औषधसहित पक्राउ
    वीरगंज, १ कार्तिक/ रक्सौलबाट लुकाइछिपाइ नेपाल भित्र्याउ“दै गरेको प्रतिवन्धित लागू औषधसहित एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
    गए राति बाराको मुसहर्वा गाउंको बाटो हुंदै लागू औषध इन्पोज इन्जेक्सन ४९३ थान र नरफिन १५० थान सहित वीरगंज उपमहानगरपालिका वडा नम्बर १९ निवासी कृष्ण्ँ कुमार कापरलाई मुसहर्वा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ गरिएको कापरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    0 comments: