सिन्तेज टि २० को पहिलो खेलमा भैरहवा विजयी

Posted on
  • Oct 15, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २९ असोज/ सिन्तेज एमएम टि २० क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा क्षेत्र नम्बर ४ भैरहवा र क्षेत्र नम्बर ६ बैतडीबीच भएको प्रतिस्पर्धामा भैरहवा ८ विकेटले विजयी भएको छ ।
    आज वीरगंजको नारायणी रंगशाला क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको बैतडीले १८ ओभर ३ बलमा सवै विकेट गुमाएर ५० रन जोडेको थियो भने भैरहवाले १२ ओभर ४ बलमा दर्ुइ विकेटको क्षतिमा विजय चुम्न सफल भएको हो ।
    खेलमा भैरहवाका लालबहादुर अधिकारी म्यान अफ दि म्याच घोषित भएका छन् भने व्याट्सम्यान दिपेन लामगाडेले दर्ुइ चौकासहित २० रन, सागर पुनले २ चौकासहित १५ रन जोडेका थिए ।
    पर्सर्ााक्रकेट संघ र गैरआवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र महतोकी आमा स्व. फूलकुमारी देवी सेवा ट्रस्टको आयोजनामा भएको प्रतियोगिताको विजेताले ५० हजार नगद र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी हात पार्ने छन् । प्रत्येक दिनको म्यान अफ दि म्याच विजेताले ३ हजार र म्यान अफ दि सिरिजले १५ हजार नगद जित्नेछन्।

    नारायणी यातायात व्यवसायी संघका पदाधिकारी थुनिए

    वीरगंज, २९ असोज/ दर्ुघटनामा मृत्यु भएकालाई क्षतिपर्ूर्ति नदिएको र कुनै पनि समस्या समाधानतर्फचासो नदिएको आरोप लगाउदै नारायणी यातायात व्यवसायी संघको वीरगंज समितिका व्यवसायीले संघका सहसचिवसहित तीन पदाधिकारीहरुलाई कार्यालयमा थुनेका छन् ।
    आज दिउंसो पौने २ बजेदेखि नारायण्ँी यातायात व्यवसायी संघ प्रधान कार्यालयका सहसचिव बद्री चौलागाइ, उपसमितीका संयोजक नारायण्ँ श्रेष्ठ र कार्यालय प्रमुख कौशल दाहाललाइ वीरगंज समितीमा व्यवसायीले थुनेर राखेका हुन।
    भदौ २२ गते बस दर्ुघटना हुंदा एकजनाको मृत्यु भएको सर्न्दर्भमा संघले क्षतिपर्ूर्तिबारेमा कुनै ठोस पहल नगरेको, पीडित पक्ष र भूमिगत संगठनबाट बस मालिकलाइ धम्की आइरहेकोमा संघले जिम्मेवारी बहन नगरेको आरोप लगाउदै व्यवसायीले पदाधिकारीलाइ थुनेको जनाएका छन्।

    0 comments: