निःशुल्क उपचारका नाममा ठगी

Posted on
  • Oct 5, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १९ असोज/ नेपाल फेन्ड्स युथ सोसाइटी नामक संस्थाले निःशुल्क उपचारका नाममा ठगी गरेको खुलासा भएको छ। रौतहट, बारा, पर्सालगायतका आठ जिल्लामा रकम लिएर सदस्यता वितरण गरी विरामी भएकालाई काठमाडौं ल्याई निःशुल्क उपचार गर्ने नाममा ठगी गरेको खुलासा भएको हो ।
    उपचारका लागि ल्याइएकाहरुलाई सिधै नर्सिङ होममा पुर्‍याउने र निःशुल्क भन्दै रकम तिर्न लगाउने गरेको छ । निःशुल्क उपचार गर्ने भनी आएकी रौतहटकी सीतादेवी चौधरीको मृत्युपछि परिवारले शव बुझ्न जादा रोकेपछि उक्त संस्थाको कर्तुत पर्दाफास भएको हो । क्रिस्ट अस्पताल ग्वार्को हुदै सुन्धारास्थित लाइफ केयर अस्पतालमा पुर्‍याएकी उनको १४ असोजमा मृत्यु भएको हो । मृत्यु भएको पांच दिनपछि अस्पतालले कम्तिमा औषधीको पैसा तिरेमात्र छाड्ने जनाएको छ ।
    उक्त संस्थाका अध्यक्ष नरेश यादवसंग सर्म्पर्क गर्न खोज्दा उनको मोबाइल अफ थियो । उनका सहायक मिनबहादुरले यादव फरार रहेको पुष्टि गरे । उनले भने,'युएनमा पनि जागिर छु भन्थें । हामीले पनि तलब पाएका छैनौं । भेट्यौंकी कुट्छौं ।' सिराहा घर भएका यादवले धरैलाई अलपत्र पारेको र ठगी गरेका छन् ।

    0 comments: