वीरगंजको नवरात्रि मेला

Posted on
  • Oct 5, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १९ असोज/ बडा दशैंको आरम्भसंगै वीरगंज नगर बेहुलीझैं सजिसजाउ भएको छ । विजया दशमीको नवरात्रिदेखि आरम्भ भएको वीरगंजको मेला दशमीसम्म लाग्ने गर्दछ । फूलपाती, अष्टमी, नवमीको दिन विशेष भिड माइस्थान मन्दिरमा दिन र रातभरि नै लाग्ने गर्दछ । वीरगंज नगरको मुख्य बजार माइस्थान, आदर्शनगरका मुख्य सडकको बीचमा खुद्रा व्यापारीहरुले पसल थापेर विभिन्न सामग्रीहरु बेचिरहेका छन् ।
    भारत तथा नेपालको पर्सर्ााबारा, रौतहटका खुद्रा व्यापारीले नवमीसम्म वीरगंजको मेनरोड कब्जामा लिई तर्राईको संस्कृति झल्किने मौलिक सामग्रीहरुलगायत नूनदेखि सुनसम्म सडकमा बिक्री भइरहेको छ ।
    मुख्य सडकमा तातो तातो जुलेबी -जेरी), पकौडी, आलु चप, पुचका, भाजा, घुगुनीलगायतका खाद्यान्न सामग्रीहरु सडकमै बसेर तराइबासीले खाइरहेका छन् । सडकमै विभिन्नखाले खेलौना, चुरी, सेनुर लगायतका श्रंृगारका सामानहरु बेचिरहेका छन् ।
    वीरगंजको १९ वटै वडामा माता दर्ुगाको माटोको विशालकाल, आकर्ष मर्ुर्ति बनाइ पूजाआजा गर्ने चलन पराम्परादेखि नै चलिआएको छ ।
    वीरगंजको लक्ष्मणवा, मर्ुर्ली, पानीटंकी, माइस्थान, विर्तालगायतका स्थानमा दर्ुगा माताको प्रतिमा बनाउने होडबाजी नै चलेको छ ।
    परम्परागत रुपमा वीरगंजमा लाग्दै आएको नवरात्रि मेला प्रसिद्ध छ । वर्षदिनभरिको कामपछि स्थानीयबासी सपरिवार मेला घुम्ने गर्दछन् ।

    0 comments: