महिलालाई प्रहरीले कुटपिट

Posted on
  • Oct 5, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १९ असोज/ नवरात्रिको अवसरमा माईस्थानमा पूजा गर्न गएकी एक महिलालाई प्रहरीले कुटपिट गरी सख्त घाइते बनाएको छ ।
    आज बिहान वीरगंजको माइस्थान मन्दिरमा पूजा गर्न गाविस रामगढवा निवासी प्रतिमा चौधरीले लाइन विपरित जबरजस्ती मन्दिरभित्र प्रवेश गर्न खोज्दा त्यहा“ उपस्थित ड्युटीमा रहेकी महिला प्रहरीले लाममा लाग्न धक्का दिदा दुवै पक्षबीचमा निकै बेर घम्साघम्सी भएको थियो ।
    सो घटनालगत्तै मन्दिरमा परिसरमा ड्युटीमा रहेका अन्य महिला प्रहरीले आप\mनो साथीको प्रतिरक्ष्ँा गर्ने उद्देश्यअनुरुप प्रतिमा चौधरीलाई कुटपिट गरेपश्चात मन्दिर परिसरमा रानीघाटका युवाहरुले महिला प्रहरीलाई कुट्ने प्रयास समेत गरेका थिए । तत्काल वडा प्रहरी कार्यालय, विर्ता एवं मन्दिर परिसर नजिक रहेका अन्य प्रहरीले मन्दिरलाई घेरा हाली घाइते चौधरी र महिला प्रहरीलाई मन्दिरमाथि लगी महिला प्रहरीद्वारा माफी माग्न लगाएपश्चात घटना साम्य भएको थियो । घाइते महिलालाई नारायणी उपक्षेत्रीय अस्पताल पुर्‍याइएको थियो ।

    0 comments: