सय केजी चरेशसहित दुइ भारतीय नागरिक पक्राउ

Posted on
  • Oct 14, 2008
  • by
  • mukesh
  • in

  • वीरगंज, २८ असोज/ डाबर नेपालले भारतमा रियल जुस ओसार्ने एक भारतीय ट्रकबाट एक सय केजी चरेशसहित दुइ भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।
    गए राति ११ः३० बजे एचआर ३८ ५३२५ नं.को भारतीय ट्रकमा लुकाइ राखेको १०० किलो चरेशलाई कागती दाना बराबरको गोटी बनाइ प्लाष्टिकले बेरी रियल जुससंग २ वटा बोराभित्र चरेश राखी लैजांदै गर्दा ट्रक चालक भारत यूपी साहेबवाद गाजियाबाद थाना साहेबबाद बस्ने वर्ष४२ को हरि सिंह र गाडीका साहु वर्ष३५ का सत्यपाल सिंहलाई विशेष सुराकीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्सर्ाा जनाएको छ ।
    पक्राउ परेको सो ट्रक बाराको नितनपुरस्थित बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले भारतको मेवडामा रियल जुस ढुवानी गर्दै आइरहेको छ ।
    भारतको गाजियाबाद हुंदै दिल्ली लैजान लागेको नेपालमा प्रतिबन्धित लागूऔषध चरेश प्रतिकिलो ३०० सय नेरु, भारतमा यसको मूल्य भारु ५ हजार र अन्तर्रर्ााट्रय मूल्य ५ लाख भएको अनुसन्धानबाट खुल्न आएको छ । डाबर नेपालको रियल जुस ओसार्ने ट्रकमा फेला परेको यो चरेश दोस्रो पटक भएको प्रहरीका समक्ष पक्राउ परेकाहरुले बयान दिएका छन् । उनीहरुले सो चरेश हरदेव भन्ने एक व्यक्तिले ट्रयाक्टरमा राखी वीरगंजको बाइपासमा पुगाइ त्यहांबाट लोड गरी भारत लैजान लागेको बताएका छन् ।


    तमयुप|mन्टको आमसभा सम्पन्न

    वीरगंज, २८ असोज/ तर्राई मधेश युवा प|mन्टको जगरनाथपुर-हरपुरमा आमसभा सम्पन्न भयो ।
    आज सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि तमलोपाका केन्द्रीय उपाध्यक्ष रामचन्द्र कुशवाहा, केस शेख चांदतारा, जिल्ला अध्यक्ष गोबर्द्धन मेहता, मोहनलालप्रसाद चौधरी, जिल्ला सचिव रमेश पटेल, विपीन यादव, राजेश मिश्राको उपस्थिति रहेको थियो ।
    सो आमसभाले २५ सदस्यीय गाविस कमिटी गठन गरेको छ । सो कमिटीमा अध्यक्ष उदयबाबूप्रसाद, उपाध्यक्ष प्रदीप चौधरी, सचिव अनिल साह, कोषाध्यक्ष राजेश्वर महतो, सदस्यहरु रामलाल रामलगायत रहेका छन् ।
    आमसभाले चार्डपर्वको अवसरमा नीलाम्बरी स्टोरमा भएको हमला, विभिन्न स्थानमा भएको गुटीय संर्घष्ा र प्रहरीको लापरवाही कारण रहेको भन्दै आर्थिक नगरीको सुरक्ष्र्ँार्थ गर्न प्रतिबद्ध रहेको प|mन्टका सहमहासचिव सिपु तिवारीले प्रेस विज्ञप्ति जारी गरी जनाएका छन् ।

    0 comments: