अन्तर्रर्ााट्रय महासम्मेलनमा भाग लिन नेपाली टोली प्रस्थान

Posted on
  • Oct 2, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १६ असोज/ ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको अन्तर्रर्ााट्रय मुख्यालय माउण्ट आबु -राजस्थान) भारतमा यही असोज १८ गतेदेखि २१ गतेसम्म परमात्मा शक्तिको अनुभूति विषयक अन्तर्रर्ााट्रय महासम्मेलनमा भाग लिन नेपालबाट १२५ जनाको टोली त्यर्सतर्फ प्रस्थान गरेको छ ।
    सो सम्मेलनमा पाटन पुनरावेदन अदालतका मुख्य न्यायाधीश रामबहादुर बम, ललितपुरका जिल्ला न्यायाधीश दीपक न्यौपाने, राजविराज पुनरावेदन अदालतका न्यायाधीश निर्मल ढुंगाना, बाराका मा. जिल्ला न्यायाधीश गिरिशकुमार शर्मा, धनुषाका प्रजिअ रामशरण चिमोरिया, चितवनका प्रजिअ रतनराज पाण्डे, विभिन्न विभागका प्रमुखहरु, मानव अधिकारवादी, संचारकर्मी, चिकित्सिक, इन्जिनियर्स, जिल्ला शिक्षा अधिकारी, प्राध्यापक, वकिल तथा युवा समूहका प्रमुखको टोलीको नेतृत्व ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौंका राजयोगी ब्रह्माकुमार रामसिंहजीले गर्नुभएको छ भने काठमाडौं, नारायणगढ, वीरगंज, जनकपुर र विराटनगरका राजयोग सेवा केन्द्रका प्रतिनिधिले भाग लिनु भएको छ । चार दिनसम्म चल्ने उक्त सम्मेलनबाट आध्यात्मिक ज्ञान मिल्ने र सोबाट परमात्मा अनुभूति भइ जीवन र जगतमा सच्चा सुख, शान्तिको वातावरण सिर्जना हुने उक्त सम्मेलनमा १३३ राष्ट्रका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।

    कादम्बरी एकेडेमीको वाषिर्कोत्सव सम्पन्न
    वीरगंज, १६ असोज/ कादम्बरी एकेडेमी स्कूल, वीरगंजले आफनो वाषिर्कोत्सव सांगितीक कार्यक्रमका साथ मनाएको छ ।
    आज बिहान वीरगंज नगरसभागृहमा वाषिर्कोत्सव र दशैं उत्सव एकैसाथ मनाउन सांगितीक कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा पिजी क्लासदेखि ८ कक्षासम्मका छात्रछात्राहरूले विभिन्न सांगितीक कार्यक्रम प्रस्तुत गरेका थिए ।
    स्कूलका डाइरेक्टर सुशील भट्टराइको सभापतित्वमा सुरू भएको सो वाषिर्कोत्सव कार्यक्रममा मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूलाई सिखाएको कुरा अभिभावकसमक्ष पेश गर्न सो कार्यक्रम आयोजना गरेको बताए ।
    नगरसभागृहमा अभिभावकहरूको ठूलो भिड लागेको थियो । आप\mनो नानीहरूलेगरेको प्रस्तुती देखेर अभिभावकहरू निकै उत्साहित भएका थिए ।

    शुभकामना आदानप्रदान कार्यक्रम
    वीरगंज, १६ असोज/ नेपाल खेलकूद पत्रकार मंच, पर्सर्ाा बडा दशैं, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्‍यो ।
    आज नेपाल पत्रकार महासंघ, पर्सर्ााे सभाकक्षमा आयोजित सो कार्यक्रममा प्रेस युनियनका सदस्य दीपेन्द्र चौहान, पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दास, ज्रि्रका, पर्सर्ाा प्रशासकीय अधिकृत दर्ुगादत्त ढकाल, राष्ट्रिय फोटोपत्रकार संगठनका अध्यक्ष राजु श्रेष्ठ, गणतान्त्रिक खेलकूद संघका केन्द्रीय सदस्य सुरेन्द्र श्रेष्ठ, पौडी संघका अध्यक्ष निमा लामा, मध्यमाञ्चल खेलकूदका कोषाध्यक्ष अनिरुद्ध राव, ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल थापा, पत्रकार महासंघ, पर्सर्ाा उपाध्यक्ष अशोक तिवारी, वीरगंज जेसीजका अध्यक्ष गंगासागर श्रेष्ठलगायतले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।
    संचालन मंचका उपसचिव विभा लर्ुइटेल, स्वागत मन्तव्य सचिव उज्जवल घिमिरेले गरेको सो कार्यक्रम मंचका अध्यक्ष विवेक खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    0 comments: